शनिबार, वैशाख ८, २०८१

फ्रान्सेली राष्ट्रपतीको चुनावी घोषणापत्र : संकटको समयमा बलियो फ्रान्सलगायत दर्जन बाचा

नेपालप्लस संवाददाता / फ्रान्स२०७८ चैत ४ गते १७:०४

दोस्रो कार्यकालकालागि राष्ट्रपतीय निर्वाचनमा आफ्नो उम्मेदवारी दिएका फ्रान्सेली राष्ट्रपतीले संकटको समयमा फ्रान्सलाई बलियो बनाउने लगायत करिब एक दर्जन बाचासहित चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् ।

उनले शुक्रवार चुनावी घोषणापत्र सार्वजनिक गर्दै फ्रान्सको सार्वभौमसत्तालाई बलियो बनाउने वाचा गरेका छन् । उनले निर्वाचन घोषणापत्र सार्वजनिक गर्दा हाल देशमा संकटको नयाँ युग भएको बताएका छन् ।

युक्रेनमा रुसले आक्रमण गरेपछि अर्को महिना हुने चुनावअघि माक्रोंको अग्रता बढेको छ । उनले अप्रिल १० मा हुने पहिलो चरणमा प्रतिद्वन्द्वीहरूलाई पछाडी पारेका छन् । अहिलेको दौडमा कुनै पनि विपक्षीलाई सहजै हराएको देखिन्छ ।

फ्रान्समा दुई चरणमा निर्वाचन हुन्छ । पहिलो चरणमा पहिलो र दोस्रो हुने दुई जनाकाबिच दोस्रो चरणको निर्वाचन हुन्छ । तर पहिलो चरणमै ५२ प्रतिशत मत ल्याउन सकेमा भने दोस्रो चरणमा जानु पर्दैन, त्यहि ब्यक्ति राष्ट्रपती चुनिन्छ ।

“हामी एउटा टिपिंग बिन्दुमा छौं जहाँ हामी वास्तविक परिवर्तन गर्न सक्छौं,” माख्रोंले पेरिसको उत्तरमा रहेको औबरभिलियमा आयोजित एक पत्रकार सम्मेलनमा युरोपेली संघको ढोकामा युद्ध र जलवायु परिवर्तनको विश्वव्यापी चुनौतीलाई विशेष जोड दिंदै बताए ।

संकटको घडीमा हामीले आज गर्नुपर्ने, आगामी महिना र वर्षहरूमा गर्नुपर्ने धेरै कुराहरू छन् । त्यसैले दीर्घकालीन रूपमा हाम्रो देशको जीवन संरचना बनाइनेछ” उनले थपे ।

आणविक उर्जा एक मात्र विकल्प हो जसले हामीलाई हाम्रो कार्बन उत्सर्जनलाई कुशल, द्रुत र सार्वभौम तरीकाले कम गर्न अनुमति दिन्छ” उनले भने “फ्रान्सेली राज्यले रणनीतिक ऊर्जा फर्महरूमा आफ्नो लगानी बढाउने छ ।”

माख्रोंले अमेरिकी प्रविधिका दिग्गजहरूसँग प्रतिस्पर्धा गर्न र त्यस मोर्चामा युरोपलाई अझ बढी आत्मनिर्भर बनाउन “युरोपियन मेटाभर्सन” निर्माण गर्न चाहकोपनि बताए ।

१५ अर्ब युरोको कर कटौती

“मैले बेरोजगारी कम गर्ने वाचा गरेको थिएँ । संकटको बावजुद हामीले त्यो गर्यौं” उनले भने “बेरोजगारीको दर १५ वर्षमै सबैभन्दा कम स्तरमा छ । युवा बेरोजगारी दर ४० वर्षमै सबैभन्दा कम स्तरमा छ । र हामीले मापन गरे अनुसार सहभागिता दर यसको उच्चतम स्तरमा छ ।”

“तर यी मध्ये कुनै पनि परिणाम पर्याप्त मान्न सकिँदैन” उनले थपे “हामी श्रम बजारमा सुधारहरू जारी राख्नेछौं । सामाजिक संवादलाई सरलीकृत गर्न जारी राख्नेछौं । रोजगारदाता र कर्मचारीहरूलाई आवश्यक स्थान प्रदान गर्न जारी राख्नेछौं । हामी बेरोजगारी बीमामा सुधारहरू जारी राख्नेछौं ताकि यसलाई आर्थिक परिस्थितिमा अनुकूल बनाउन सकिन्छ ।”

 संवन्धित : फ्रान्सेली राष्ट्रपतिलाई जर्मनी, युके र अमेरिका लगायत दर्जनौं देशका नेतालाईभन्दा किन असिमित अधिकार ?

मेडियामा पहिले नै चुहावट भइसकेका प्रस्तावहरूको पुष्टि गर्दै माख्रोंले आफूले सेवानिवृत्तिको उमेर ६२ बाट बढाएर ६५ बनाउन लागेको, पूर्खौली जायजेथा स्थानन्तरण गर्दा कर कम गर्ने, हरित ऊर्जा र नयाँ प्रविधिहरूमा सार्वजनिक लगानी बढाउने बताए ।

उनले घर सुधार र जलवायु परिवर्तनसँग लड्नका लागि अन्य उपायहरूका लागि अनुदान दिने वाचा गरे । उदाहरणका लागि- घर भाडामा दिने कार्यक्रमहरू लगायत किफायती विद्युतीय सवारी साधनहरूमा पहुँच सुनिश्चित गर्ने योजनापनि उनका एजेण्डामा छन् ।

कुल मिलाएर गरिने सुधारहरूले सन् २०२७ सम्म वार्षिक ५० अरब यूरोको बजेट प्रयासलाई प्रतिनिधित्व गर्दछ” उनले थपे । खातामा कर कटौती १५ अर्ब यूरो (वार्षिक) र घरपरिवार र व्यवसायहरू बीच समान रूपमा विभाजन गरीएको उनले बताए ।

‘बिना अभियान’ पुनः निर्वाचित

माख्रों ढुक्क छन्, बिना अभियान जितिन्छ भन्नेमा । त्यसैले उनले चुनावी अभियान खासै चलाएका छैनन् । तर ४४ वर्षीय यि राष्ट्रपती चुनाव अघि मतदाता र प्रतिद्वन्द्वीहरूसँग संलग्न भएर आफ्नो अभियान, आगामी योजनाबारे बोल्नुपर्ने दबाबमा थिए ।

राजनीतिक मैदानमा उनका प्रतिद्वन्द्वीहरू जसले युक्रेन युद्धको बीच हालैका हप्ताहरूमा प्रभाव पार्न संघर्ष गरिरहेका छन्, चुनावी अभियानलाई माख्रोंले लत्याउने प्रयास गरेको आरोप लगाएका छन् ।

सिनेटका कन्जरभेटिभ प्रमुख जेरार्ड लार्चरले मंगलबार गुनासो गरे “राष्ट्रपति वास्तवमै उम्मेद्वार नभईकनै, प्रचार नगरी, बहस नगरी, विचारको प्रतिस्पर्धा बिना नै पुन: निर्वाचित हुन चाहन्छन् ।”

संवन्धित : फ्रान्सेली राष्ट्रपतीका आठ उम्मेदवारको एकैथलोमा बहस : मुद्दा युद्द र उर्जामा केन्द्रित

विपक्षी रिपब्लिकन पार्टीका लार्चरले ल फिगारो अखबारलाई भने “यदि उम्मेदवारले कुनै अभियान सन्चालन गर्दैन भने विजेताको वैधानिकतामा प्रश्नहरू उठ्नेछन् ।”

पछिल्लो पाँच हप्तामा रुसी नेता भ्लादिमिर पुटिनसँग करिब २० घण्टाको वार्तामा माख्रोंले युक्रेनमा युद्ध रोक्न पश्चिमी कूटनीतिक पहुँचमा अग्रणी भूमिका निर्वाह गरेका छन् ।

त्यो प्रयासले उनलाई आफ्नो देशमा व्यक्तिगत मूल्याङ्कन बढाएको छ । उनको चुनावी अभियानमा आफ्ना प्रतिद्वन्द्वीहरूलाई बेवास्ता गर्दै अगाडि बढेका छन् ।

प्रतिद्वन्द्वीमाथि बलियो अग्रता

सबैभन्दा पछिल्ला मतदाता सर्वेक्षणहरूले माख्रोंले गत महिनामा पाँच देखि ६ अंक बिन्दुको बिचमा लोकप्रियता हासिल गरेका छन् । लगभग ३० प्रतिशतको स्कोरले चुनावको पहिलो चरणमा जित्ने बाटो हुनसक्ने आँकलन गरिएको छ जुन सन् २०१७ मा भन्दा उल्लेखनीय रूपमा उच्च लोकप्रियताको संकेत हो ।

वर्तमान उम्मेदवार मध्ये माख्रोंका निकटतम प्रतिद्वन्द्वी, अनुभवी र अति दक्षिणपन्थी नेता मारिन ल पेन हुन् । औसतमा, उनको भन्दा माख्रोंको १० प्रतिशत भन्दा बढी मतदान भैरहेको छ । ल पेनले अग्रपंक्तिमा देखिएका अन्य तीन उम्मेद्वारहरूलाई लगभग ११-१२ प्रतिशतले पछि पारेकि छन् । रूढिवादी दलको प्रतिनिधित्व गर्ने उम्मेदवार भ्यालेरी पेक्रेस, अति दक्षिणपन्थी पूर्व मेडिया पण्डित एरिक जेम्मुर र वामपन्थी नेता जँ-लुक मेलँसों भन्दापनि लपेन अगाडि देखिएकि छन् ।

पहिलो चरणमा शीर्ष दुई उम्मेदवारहरू अप्रिल २४ मा हुने मतदानबाट चुनिने छन् । हाल भएका परिक्षणहरुले माख्रों ठूलो मतान्तरले जित्ने देखाएका छन् । त्यसैलेपनि उनी आफ्नो प्रतिद्वन्द्वीलाई ध्यान नदिई चुनावी अभियानमा धेरै लागेका छैनन् ।

यद्यपि, राज्यको प्रमुख पद भएकाले माख्रोंको लागिपनि अत्यधिक विभाजनकारी व्यक्तित्व बनेको छ । व्यापार समर्थक श्रम कानून सुधार र उनको अपमानजनक व्यक्तित्वको कारण त्यसो भएको हो । त्यसैका कारण सन् २०१८ मा तथाकथित पहेंलो भेस्ट (जिले जोन) प्रदर्शनकारीहरूद्वारा सरकार विरोधी हिंसात्मक प्रदर्शनहरू निम्त्यायो ।

बुधवार ल फिगारो दैनिकमा प्रकाशित ‘ओडेक्सा पोलिंग समूह’ द्वारा गरिएको सर्वेक्षणले चार मध्ये एक जनाले पहिलो चरणको चुनावमा भाग लिन नसक्ने सुझाव दियो जुन सन् १९६५ पछिको दोस्रो उच्च दर हो ।

तपाइँको प्रतिक्रिया

फेसबुक