बिहीबार, चैत १५, २०८०

‘नेपाल लुकेर जानुपर्ने अवस्था आयो ‘

नेपालप्लस संवाददाता२०७८ चैत ६ गते १४:५०

चिरन्जिवी घिमिरे

आफ्नै मातृभूमी जाँदापनि लुकेर जानुपर्ने अवस्था स्रिजना भएको गैर आवाशीय नेपाली संघ (एनआरएनए) का एक अभियन्ताले बताएका छन् ।

एनआरएनए क्यानडाका निवर्तमान अध्यक्ष तथा आगामी नेतृत्वमा सचिव पदका उम्मेदवार चिन्जिवी घिमिरेले त्यस्तो दुख ब्यक्त गरेका हुन् ।

गैर आवाशीय नेपाली संघ एशिया तथा अफ्रिका क्षेत्रका अभियन्ताहरुले आइतवार आयोजना गरेको छलफल कार्यक्रममा अभियन्ता चिरन्जिवी घिमिरेले त्यस्तो दुख ब्यक्त गरेका हुन् ।

कार्यक्रममा मन्तब्य राख्दै घिमिरेले भने “आफ्नै मातृभूमी जाँदापनि लुकेर जानुपर्ने स्थिति स्रिजना भएको छ । कृपया मेरो फोटो नहालिदिनुस् सामाजिक सन्जालमा भन्नुपर्ने अवस्था भएको छ । म नेपाल आएको कुरा कसैलाईपनि थाह नदिनुहोला भन्नुपर्ने भएको छ, यो साह्रै दुखको कुरा हो ।”

आफ्नो मातृभूमी, आफ्नो देश जाँदा गौरवका साथ, हाँसेर, खबर गरेर, रमाएर जानुपर्नेमा एनआरएनएको विवाद र किचलोले गर्दा लुकिछिपी जानुपर्ने अवस्था आएको घिमिरेले बताएका हुन् ।

संस्थाका सूचना, परिपत्र र निर्देशनहरु संस्थाका अध्यक्ष र महासचिवबाट आ उनुपर्नेमा अहिले ति बाहेकका ब्यक्तिले संस्थाको लोगो, स्ट्याप र नाम दुरुपयोग गरेर सूचनाहरु बाहिरिने गरेको दुखेसोपनि गरे । त्यसरि संस्थाको पद्दती बाहिर गएर असंवन्धित ब्यक्तिबाट सार्वजनिक भएका सूचनाहरु अवैधानिक अ मान्य हुनेपनि उनले उल्लेख गरे ।

“संस्थाको पद्दती हुन्छ । संस्थाको नियम, पद्दती अनुसार अध्यक्ष र महासचिवबाट आएका सूचना मात्रै आधिकारिक हुन्छन् । अहिले त्यो भन्दा बाहिरका ब्यक्तिले संस्थाको लोगो, लेटरप्याड, नाम दुरुपयोग गरेर सूचना सार्वजनिक गर्ने गरिएको छ । यो अवैधनैक काम हो । यस्तो अवैधानिक कामलाई मान्यता दिन सकिन्न ।”

घिमिरेले संस्था विषम परिस्थितिमा पुग्दापनि एनआरएनएका पूर्व अध्यक्षहरुले नबोलेकोमापनि गुनासो गरे । आफूले संस्थाका पूर्व अध्यक्षहरु बोल्नैपर्ने अवस्था आएकाले त्यो अवस्था स्रिजना गर्न ‘बोल अभियान’ शुरु गरेकोपनि बताए ।

उनले भने “मैले संस्था अप्ठेरो स्थितिमा पुग्दापनि पूर्व अध्यक्षहरु नबोलेकोले ‘बोल अभियान’ शुरु गरेको छु । यो संस्थाको पूर्व अध्यक्ष भनेर तपाईहरुले गौरव त्यो बेला मात्रै गर्न् पाउनुहुन्छ जुन बेलासम्म संस्था रहन्छ । संस्था नरहे म पूर्व अध्यक्ष भनेर गौरव गर्न त पाउनुहुन्न, त्यसैले बोल्नुस् ।”

तपाइँको प्रतिक्रिया

फेसबुक