शुक्रबार, चैत १६, २०८०

एनआरएनए मान्यता पाउने घले पक्षको दाबी, प्रमुख पदमा ककसको नाम प्रस्ताव ?

नेपालप्लस संवाददाता / काठमाडौं२०७८ चैत ६ गते १६:३४

गैर आवाशिय नेपाली संघ (एनआरएनए ) को विवाद समाधानका लागि छलफल र भेटघाट चलिरहँदा घले पक्षले आव्हान गरेको अहिवेशनका लागि पदाधिकारीहरुको लगभग टुङ्गो लगाएको छ । संघ भित्र प्रतिनिधि लगायतका विवादहरु सल्टिन नसकेपछी संस्थापन पक्षले घोषणा गरेको निर्वाचन र महाधिवेशनलाई बेवास्ता गर्दै शेष घलेले छुट्टै महाअधिवेशनको आव्हान गरेका छन ।

घले पक्षिय अधिवेश यहि मार्च २२ देखि २५ सम्म काठमाडौंमा घोषणा गरिएको छ । घले पक्षले सम्मेलनको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाबाट गराउने तयारी गरेको छ । त्यसैका लागि घले समुहुका नेताहरुले आइतवार प्रधानमन्त्री देउवासँग भेटघाट समेत गरेका छन ।

यस अघि उनिहरुले उद्घाटन कार्यक्रमका लागि विभिन्न पार्टीका नेताहरुलाई निमन्त्रणा दिइसकेका छन । प्रधानमन्त्रीबाट उद्घाटन गराउन सकेको खण्डमा आफुहरुले नेपाल सरकारको मान्यता पाउने बुझाई घले पक्षका ब्यक्तिहरुको छ । सहमतिका लागि भइरहेका वार्ता र छलफलहरुमा नेपाली कांग्रेसकै केही नेताहरुले पहल गरिरहेको भए पनि ब्यक्तिगत भेटघाटका क्रममा यदि एनआरएन टुक्रिएको अवस्थामा घले पक्षलाई नेपाल सरकारले मान्यता दिने उनिहरुले बताएका छन ।

नेपाली कांग्रेसका एक जना केन्द्रिय नेताका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवा स्वयं घले एनआरएनलाई मान्यता दिने पक्षमा छन् । देउवाबाट आस्वाशन पाएकालेपनि घले पक्षिय अभियान्ताहरु अझै उत्साहित भएका हुन ।

“एनआरएनए मान्यता हामीलाई दिने कुरा त पक्का भइसक्यो । मिल्छ भने मिलाएर एक हुने प्रयास गर्नुस, मिलेन भने पनि मान्यता तपाईंहरुले नै पाउनु हुन्छ । पेलिएर जाने कुरा हुँदैन भनेर हामीलाई नेताहरुले भनिसक्नुभएको छ” घले पक्षका एक जना अभियन्ता चिन्तामणी सापकोटाले भने ।

आफ्नो पक्षलाई मान्यता पाउन सक्ने भएपछी शनिवार साँझसम्म अधिकांश पदहरुमा पदाधिकारीको टुङो पनि लगाइसकेका छन । जसमा अध्यक्ष कुल आचार्य, उपाध्यक्षमा हिक्मत थापा, सुनिल शाह, त्रिलोक गुरुङ र नरेन्द्र भाट छन । त्यस्तै महासचिवमा केशव पौडेल, सचिवमा नारायण आचार्य, खगेन्द्र आचार्य र प्रविण गुरुङ छन ।

त्यस्तै, युवा उपाध्यक्षमा राज रेग्मीको नाम प्रस्ताव गरिएको छ ।

कोषाध्यक्षमा राजन त्रिपाठी र सोम सापकोटा मध्ये एक जना रहने गरी प्रस्ताव गरिएको छ । सह-कोषाध्यक्षमा विमला सापकोटा र योगिता थापा छन । यस अघि विमला सापकोटाले युवा संयोजकका आफ्नो उम्मेद्बारी घोषणा गरेकी थिइन । त्यो पदमा हिमाल गुरुङलाई राखिएको छ । विमला सापकोटाले आफु सह कोषाध्यक्षमा नबस्ने जनाएकी छन ।

त्यस्तै, महिला उपाध्यक्षमा जानकी गुरुङ र महिला सचिवमा भोमा लिम्बुलाई राखिएको छ । यस बाहेक अन्य बाँकी पदहरुको टुङ्गो सोमवारसम्म लगाइने एक जना अभियन्ताले बताए ।

शेष घले तथा कुल आचार्य दुबैले आफू पक्षिय प्रतिनिधिहरुलाई काठमाडौं आउनका लागि आव्हान गरेका छन ।

आचार्यले नेपालप्लससँगको कुराकानीमा प्रतिनिधिहरु काठमाडौं आउने क्रम जारी रहेको बताए । “विभिन्न देशबाट प्रतिनिधिहरु आइरहनु भएको छ, एनआरएन महाधिवेशन भब्य हुन्छ” उनले नेपालप्लससित भने ।

कसले गर्छ त अधिवेशनको उद्घाटन ? आचार्य भन्छन् “प्रधानमन्त्री वा राष्ट्रपती जो पनि हुन सक्नुहुन्छ ।”

तपाइँको प्रतिक्रिया

फेसबुक