बुधबार, असोज १९, २०७९

रुस-युक्रेन युद्दले विश्वभरिनै खाद्यान्नको मूल्य बढ्ने, सबैभन्दा मारमा गरिब

नेपालप्लस संवाददाता / फ्रान्स२०७८ चैत ७ गते ०:४६

रुस-युक्रेन युद्दले विश्वभरिनै खाद्यान्नको मूल्य ब्यापकरुपमा बढ्ने र त्यसबाट सबैभन्दा गरिबहरु मारमा पर्ने भएका छन् ।

रुसी सेनाले २४ फर्वरीमा युक्रेन विरुद्ध आफ्नो आक्रमण सुरु गर्नु पहिलेनै विश्वभर खाद्यान्नको मूल्य उच्च रुपमा बढेको थियो । युद्धले अझ माथि धकेल्ने सम्भावना बढेको छ ।

खाद्यान्नको विश्वव्यापी मूल्य फर्वरीमा उच्चरुपमा बढ्यो जुन अघिल्लो वर्षको सोही अवधिमा महिनै पिच्छे ४ प्रतिशतका दरले वृद्धि भएर २४ प्रतिशत बढेको थियो ।

युरोपेली क्षेत्रमै खाद्यान्न, मदिरा र सुर्तीजन्य पदार्थको मूल्य जनवरीमा तीन दशमलव पाँच प्रतिशतले बढेको थियो । फर्वरी महिनामा ४ दशमलव १ प्रतिशतले बढेको थियो ।

यी तीव्र वृद्धिका विभिन्न कारण छन् । मुख्य रूपमा ऊर्जा र यातायातलाई जिम्मेवार मानिएको छ । यी दुवैको लागत प्राकृतिक ग्याँसको माग र आपूर्तिभन्दा बाहिरको ढुवानीका कारण भएको हो । विश्वभरको अर्थतन्त्रमा कोरोना भाईरसका कारण बढेको थियो ।

त्यसपछि रूसले आफ्नो छिमेकी युक्रेनमाथि आक्रमण गर्‍यो । रुसलेद्वारा आक्रमणको चर्चा चल्नासाथै बजारहरूमा तुरुन्तै मूल्य बढ्ने क्रम देखापर्‍यो । प्रतिक्रिया तुरुन्तै देखियो । त्यसपछि गहुँको मूल्य ५० प्रतिशतले बढ्यो । रुसले भित्रभित्रै खाद्यान्नको निर्यातमा कम गर्दै लगिसकेको थियो ।

युक्रेन र रसियालाई सामान्यतया विश्वको रोटी भण्डार (ब्रेड बास्केट) भनिन्छ । गहुँ र मकै जस्ता खाद्य वस्तुहरूको लगभग ३० प्रतिशत यिनै दुई देशले उत्पादन गर्दछन् । रुसभन्दा २८ गुणा सानो युक्रेन एक्लैले विश्वको १६ प्रतिशत र रुसले १२ प्रतिशत गहुँ, मकै, जौ, (दाना खाद्य वस्तु) विश्वलाई प्रदान गर्दछन् ।

दुई हप्ताको द्वन्द्वका क्रममा युक्रेनले मानवीय संकटको कारण देखाएर आफ्नो जनसंख्यालाई खुवाउन प्राथमिकता दिँदै खाद्यान्नको निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गर्‍यो । बारम्बार युद्धविराम उल्लंघन भएकाले सहायताका कार्यक्रम प्रमुख शहरहरूमा पुग्न असम्भव बनेको भन्दै युक्रेनले खाद्यान्न निर्यातमा प्रतिबन्ध लगायो ।

त्यसपछि रुसले युक्रेनको सिको गर्‍यो । केही छिमेकी देशहरूमा जुनको अन्त्यसम्म गहुँको निर्यातमा प्रतिबन्ध लगाएको छ ।

युरोपमा तख्दा खाली हुने छैनन्

“युरोपको कुनैपनि बजारको तख्दा रुस-युक्रेन युद्दकै कारण खालि होला जस्तो लाग्दैन । हामी पूर्णरुपमा ति देशको खाद्यान्नमा मात्रै निर्भर छैनौं” कृषि अर्थशास्त्रका प्राध्यापक र बोन विश्वविद्यालयको विकास अनुसन्धान केन्द्रका निर्देशक डा मतिन काइमले युरोन्यूजलाई भने ।

“हामी युक्रेनबाट मकै आयात गर्दैछौं । यो मुख्यतया जनावरको दानाको रूपमा प्रयोग गरिन्छ । त्यसैले हामीले संकटको महसुस गरिरहेको कुरा हो” उनले थपे

मूल्य बढ्नुमा धेरै कारण हुन्छन् । जस्तै ऊर्जा, र श्रम लागत, मेसिनको लागत, यातायातको लागत, ब्रान्डिङ लागत, उत्पादनहरुको प्याकेजिङ। यो सबै यसमा प्रवाहित हुन्छ । यसको मतलब जब गहुँको मूल्य दोब्बर हुन्छ रोटीको मूल्य थप हुनपुग्छ । यो दुई वर्ष पहिलेको स्तरमा अहिले दोब्बर छ ।

त्यसो त, खाद्यान्न मूल्यहरू अन्तर्राष्ट्रिय रूपमा तय गरिएको पनि हुन्छ । युक्रेन र रसिया दुवैले अहिलेको लागि आफ्नो निर्यात बन्द गर्दा यसले प्रभाव पार्ने छ । युद्धको अवधि र पूर्वाधारको अवस्था कस्तो रहन्छ भन्ने कुराको असर कति लामो हुन्छ भन्नेमा भर पर्छ । त्यसले अबको मूल्य कता जान्छ भन्ने निर्धारण गर्ने छ ।

युक्रेनी अधिकारीहरूले रसियाले जानाजानी कृषि उपकरणलाई लक्षित गरेको आरोप लगाएका छन् । गहुँको प्रमुख व्यापारिक केन्द्र, ब्ल्याक सी बन्दरगाहहरू पहिले नै नराम्ररी क्षतिग्रस्त भइसकेका छन् ।

रूसले के निर्यात गरिरहला भन्ने बारे पनि अनिश्चितता छ । के पश्चिमी देशहरूले लगाएको व्यापार प्रतिबन्धले ठूलो निर्यात रोक्न सक्छ ? के रसियाको नेतृत्वले निर्यातलाई थप देशहरूमा रोक्ला ? वर्षभरिनै निर्यात रोक्नुको साटो निर्यातलाई अनुमति देला ?

“खाद्य मूल्यहरू धेरै उच्च भएका छन् । गहुँ र गहुँको रोटी रूसी जनसंख्याको लागि मुख्य खाद्यान्न हो । रूसका मानिसहरू एकदमै गरिब छन् र यदि रोटीको मूल्य साँच्चै बढ्यो भने त्यहाँ अशान्ति हुन सक्छ। पुटिनले साँच्चै त्यो अवस्था उत्पन्न हुनकालागि रोक्छन्” क्वाइमले प्रकाश पारे ।

अन्य देशहरूले आफ्नो जनसंख्यालाई बढ्दो मूल्यबाट जोगाउन वा तिनीहरूको मूल्य व्रिद्दिबाट लाभ उठाउन के गर्ने भन्ने बारे थप अनिश्चितता हुने छ । यो मुद्दाले जटिल बनाउने सम्भावना छ । उदाहरणका लागि, अर्जेन्टिना भटमास उत्पादनमा विश्वको सबैभन्दा ठूलो निर्यातक मध्ये एक हो । यसले पहिले नै यसको निर्यात रोक्ने घोषणा गरिसकेको छ ।

“यो सबै कारणले गर्दा हामी संभवत सन् २०२२ मा धेरै खाद्य वस्तुहरुको मूल्यसँग बाँच्न जाँदैछौं” काइमले जोड दिए “हाम्रो खाद्य उत्पादन धेरै यन्त्रीकृत छ । त्यसैले वस्तुहरूको मूल्यले तयारी खाद्यान्नको उत्पादनको मूल्यमा सानो भूमिका खेल्छ ।”

युरोपेली केन्द्रीय बैंकले पहिले नै यो वर्षको लागि आफ्नो मुद्रास्फीर्ति पूर्वानुमान अद्यावधिक गरिसकेको छ । अब सन् २०२२ को लागि मुद्रास्फीर्ति ५ दशमलव १ प्रतिशत पुग्ने अनुमान गरेको छ । यसले ऊर्जा मूल्यहरू उच्च रहने बताएको छ । खाद्यान्न, धातु लगायत अन्य वस्तुहरूको विश्वव्यापी आपूर्तिमा रूस र युक्रेनको भूमिकालाई ध्यानमा राख्दा द्वन्द्वले गम्भीर रूपमा प्रभावित पार्न सक्छ ।

यसले चेतावनी दिएको छ “यातायत, मुद्रास्फीति, ग्यास र बिजुलीको मूल्यमा असाधारण वृद्धिको कारणले २०२२ मा खाद्य वस्तुको मूल्य उच्च रहनेछ । प्रशोधित खाद्य उद्योगको कुल ऊर्जा लागतको ९० प्रतिशत हो । खाद्य उत्पादनको लागि मल एक महत्वपूर्ण कारक हो ।”

फ्रान्सको नेशनल एसोसिएसन अफ फूड इन्डस्ट्रिज (एएनआईए) लगायतका केही युरोपेली उद्योग खेलाडीहरूले यस महिनाको सुरुमा युद्धले मूल्य र आपूर्तिमा पार्ने प्रभावलाई कम गर्न यस क्षेत्रलाई सहयोग उपलब्ध गराउन सरकारसित माग गरेका छन् ।

एक ईयु प्रवक्ताले युरोन्युजसित बताएका छन् “आगामी महिनाहरूले हाम्रो कृषि-खाद्य प्रणालीमा चुनौतीहरू खडा गर्ने सम्भावना छ ।”

सबैभन्दा बढी मारमा गरिब

जब युद्धले युरोपेलीहरूको थैलीमा असर गर्नेछ यसले अन्यत्र विनाशकारी परिणामहरू ल्याउने सम्भावना छ ।

“विश्वका गरिब भागहरूमा अवस्था एकदम फरक देखिनेछ” काइमले जोड दिए “सबैभन्दा गरिब देशहरू र गरिब मानिस सबैभन्दा बढी पीडित हुनेछन् ।”

रोटीको कुरा गर्दा जहाँ ज्याला दर कम छ, हातले बनाउने क्रम धेरै हुन्छ, मेसिनरी काम धेरै हुन्न भने त्यस्तो अवस्थामा रोटीको मूल्य वास्तविक अन्नको मूल्यसँग धेरै नजिक हुन्छ” उनले बताए ।

उनका अनुसार त्यसैले गहुँको मूल्यमा ५० प्रतिशत वृद्धिले अन्तिम उत्पादनको मूल्यमा तीव्र वृद्धि ल्याउन सक्छ ।

उनीहरुको आफ्नै कृषिमा पनि असर पर्न सक्छ । रुस र बेलारुसले विश्वको ३० प्रतिशत पोटासियम मल निर्यात गर्ने हुँदा दुवै देशमाथि पश्चिमाले लगाएको प्रतिबन्धले पनि निर्यातमा असर पर्न सक्छ ।

यदि यी देशहरूले मलहरू प्रयोग गर्न पाएनन्, पूर्ण रूपमा अभाव वा मूल्यहरू धेरै उच्च भएमा किसानहरूले किन्न सक्दैनन् । त्यसोहुँदा यसले कम उत्पादन गर्छ । तर विश्वलाई वास्तवमा उच्च उत्पादनको आवश्यकता पर्दछ । युक्रेन र रसियाबाट खाद्यान्नको मात्रा कम हुन्छ । मात्रा कम हुनासाथ मूल्य चर्को हुन्छ ।

विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी) ले पहिले नै घोषणा गरिसकेको छ- उच्च मूल्य हुनु भनेको संयुक्त राष्ट्र संगठनले कम मानिसहरूलाई खुवाउन सक्छ ।

“युक्रेन संसारको रोटीको भण्डार हो । अब हामी युक्रेन भित्र रोटी हस्तान्तरण गर्दैछौं । मैले कहिल्यै सोचेकी थिइनँ कि यस्तो हुनेछ । यदि यो युद्ध अझै छ महिनासम्म चल्यो भने आपूर्ति श्रृंखला अवरोध हुने छ । खाद्यान्नमा मूल्य वृद्धिको यो मार संसारभरिनै विनाशकारी हुन सक्छ” डब्ल्यु एफ पीका प्रमुख डेभिड बिस्लेले यस हप्ताको सुरुमा बीबीसीलाई भनेका थिए ।

“युक्रेनी खेती प्रणाली र आपूर्ति शृङ्खलाहरू बन्द हुँदा रसियामाथि प्रतिबन्धका कारण ऊर्जाको मूल्यमा भएको वृद्धिले विश्वका सबैभन्दा कमजोर मानिसहरूका लागि खानामा पहुँच सीमित गर्नेछ । त्यसमध्ये धेरैले पहिले नै अति उच्च मुद्रास्फीर्तिको सामना गरिरहेका छन्” उनले भनेका थिए ।

तपाइँको प्रतिक्रिया

फेसबुक