बिहीबार, चैत १५, २०८०

घले पक्षको ‘महाधिवेशन’ रोक्न एनआरएनएद्वारा प्रधानमन्त्रीलाई पत्राचार (पत्रसहित)

नेपालप्लस संवाददाता / काठमाडौं२०७८ चैत ७ गते १४:२२

गैर आवाशीय नेपाली संघ (एनआरएनए) को नाममा पूर्व अध्यक्ष घले समुहले मंगलवारदेखि आयोजना गर्न लागेको ‘अधिवेशन’ रोकिदिन एनआरएनए अध्यक्ष कुमार पन्तले प्रधानमन्त्री शेर बहादुर देउवा र परराष्ट्र मन्त्री डा नारायण खड्कालाई पत्र लेख्दै अनुरोध गरेका छन् ।

अध्यक्ष पन्तले सोमवार एक पत्र लेख्दै भनेका छन् ‘एनआरएनएले निर्वाचन, महाधिवेशन र विश्वसम्मेलनको मिति तय गरिसकेको र सहमतिकोलागि आवश्यक छलफल भैरहेको अवस्थामा संघको नाममा अवैधानिक रुपमा केहि असन्तुष्ट पक्षहरुले भोलि २२ मार्च २०२२ देखि २५ मार्च २०२२ सम्म आयोजना गर्न लागेको हुनाले उक्त सम्मेलन तथा महाधिवेशनलाई रोकिदिनुहुनकोलागि सम्माननिय प्रधानमन्त्रीसमक्ष हार्दिक अनुरोध गर्दछु ।”

शेष घले पक्षद्वारा भोली मंगलवार मार्च २२ देखि आयोजित ‘महाधिवेशन्’ कालागि प्रधानमन्त्री शेर बहादुर देउवाले प्रमुख अतिथिका रुपमा सहभागि हुन स्विकार गरेको भन्ने समाचार नेपालप्लसबाट आइतवार सार्वजनिक भएकोथियो । सोहि समाचार बाहिरिएपछि प्रधानमन्त्रीलाई प्रमुख अतिथिकारुपमा संलग्न हुनबाट रोक्न र सकेसम्म उक्त भेलानै रोक्नकालागि एनआरएनएका तर्फबाट प्रधानमन्त्रीलाई पत्र लेख्दै अनुरोध गरिएको हो ।

महाधिवेशन रोकिदिन अनुरोध गर्दै पठाइएको पत्र

परराष्ट्र मन्त्रीलाई लेखेको पत्र

एनआरएनले मार्च २४ र २५ मा पदाधिकारीहरुको निर्वाचन घोषणा गरेको छ । त्यस्तै, संघको १० औं महाधिवेशन २६ र २७ मार्चकालागि घोषणा गरेको छ ।

घलेले यहि मिति हेरेर यस भन्दा दुई दिन अघिनै महाधिवेशनको मिति घोषणा गरेका हुन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक