शुक्रबार, वैशाख ७, २०८१

दुई अध्यक्षसहित प्रमुख पद थप्नेगरि एनआरएनएमा सहमति, एकताको महाधिवेशन गरिने, घले पक्षको महाधिवेशन रोक्न पहल हुँदै

नेपालप्लस संवाददाता / काठमाडौं२०७८ चैत ८ गते ०:५१

फोटो स्रोत-किरण बुढाथोकी

गैर आवाशीय नेपाली संघ (एनआरएनए) को लगभग छ महिना लामो विवाद अन्तत दुई समान हैशियतका अध्यक्षहरु बनाउनेगरि सहमति भएको छ । डा. बद्रि केसी र कुल आचार्यलाई दुई अध्यक्ष बनाउने र बाँकी महासचिव, सचिव, उपाध्यक्ष लगायतका प्रमुख पद थप्नेगरि मंगलवार साँझ सहमति भएको हो ।

विवादलाई मिलाउन शुरुदेखिनै मध्यस्थकर्ताको भूमिका खेल्दै आएका एनआरएनए कोषाध्यक्ष महेश श्रेष्ठले नेपालप्लसलाई फोनमा भने “निकै मेहनत गरेर विवाद मिल्यो । अब समान हैशियतका दुई अध्यक्ष हुने छन् । अन्य महत्वपूर्ण पद थपेर मिलाउने र एकताको महाधिवेशन गर्ने सहमतिमा हस्ताक्षर भएको छ ।”

सहमतिमा भएको ह्स्ताक्षर अनुसार दुई अध्यक्षले जम्मा बाँकी रहेको डेढ वर्ष समान हैशियतमा चलाउने छन् ।

तर अध्यक्षका प्रत्यशी रबीन थापालाई कहाँ कसरि मिलाउने भन्ने यकिन भैसकेको छैन । राबीना थापाजीसित भोली मंगलवार वार्ता गरेर टुंगो लगाइने महेश श्रेष्ठले बताए । थापाले यस अघिपनि यदि एनआरएनएमा सहमति भएमा आफू बाधक नबन्ने पटक पटक बताउँदै आएकि थिईन् ।

आज लामो समयसम्म बसेको बैठकमा अध्यक्षका दुई प्रत्यासी बद्रि केसी र कुल आचार्य मात्रै थिए ।

यो सहमति सँगै पूर्व अध्यक्ष शेष घलेले आव्हान गरेको ‘अधिवेशन’ मा कुल आचार्य पक्षका सहभागि हुने छैनन् । यसको लागि नेपाली कांग्रेसलेनै आन्तरिकरुपमा सर्कुलर गर्ने छ ।

कांग्रेसको प्रवाश कमिटी नेपाली जनसंपर्क समिति अमेरिकाका अध्यक्ष आनद विष्टलाई घले द्वारा आयोजित ‘महाधिवेशनमा नजान’ र आज भएको सहमतिलाई आदर गर्न भन्दै आफ्ना कार्यकर्ताहरुलाई सर्कुलर गर्ने जिम्मा तोकिएको छ । विष्ट नेपाली कांग्रेसका भूपु आमन्त्रिक केन्द्रिय सदस्य हुन् ।

शेष घले पक्षले आयोजना गरेको ‘महाधिवेशन रोक्न भन्दै एनआरएनएका तर्फबाट प्रधानमन्त्री र परराष्ट्रर मन्त्रीलाई आजै सोमवार पत्र गैसकेकाले सरकारी तर्फबाटै उक्त महाधिवेशन रोक्ने प्रयास हुने एनआरएनएका एक अभियन्ताले नेपालप्लसलाई बताए ।

“कुलजीका तर्फबाट कोहि जाँदैनन् त्यो महाध्विबेशनमा । कांग्रेसको सहभागिता हुन्न । शेषजीले नरोके उहाँ एक्लै पर्नुहुन्छ। त्यसको कुनै बैधानिकतापनिपनि हुन्न । मुल मुद्दामै सहमति भएपछि उहाँलेपनि त्यो रोकेर सहमतिमै आउनुहुने छ भन्ने आशा छ ।” अभियन्ताले भने ।

आज सहमति भएलगत्तै कुल आचार्य, डा. बद्रि केसी र एनआरएनए अध्यक्ष कुमार पन्तले एनआरएनए सचिवालयमा मंगलवार विहान आठ बजे (नेपालको समय अनुसार) सामुहिक पत्रकार सम्मेलन गर्न लागेको जानकारिपनि मध्यस्तकर्ता महेश श्रेष्ठले बताए ।

“एनआरएनएको एकता जोगाउन निकै मेहनत गरियो । धेरै साथीहरु लाग्नुभयो । अन्त्यमा अब एक हुने भयो संस्था भनेर खुशि लागेको छ । यसमा धेरै दुख भएपनि प्रमुख भूमिकामा रहन पाउँदा खुशि लागेको छ” श्रेष्ठले भने ।

तपाइँको प्रतिक्रिया

फेसबुक