बिहीबार, वैशाख १३, २०८१

शेष घलेलाईपनि सहमतिमा ल्याउन दुई पक्षबिच गम्भिर वार्ता शुरु

नेपालप्लस संवाददाता / काठमाडौं२०७८ चैत ८ गते १६:५२

गैरआवाशिय नेपाली संघ (एनआरएनए) को कुल आचार्य पक्षसँग सोमवार भएको सहमती पछी शेष घलेलाई समेत मुलधारमा ल्याउनका लागि वार्ता चलिरहेको छ । घले पक्षिय एनआरएनको मंगलवार देखि अधिवेशन शुरु भएको छ । यो अधिवेशन स्थगन गराउन र सबै पक्षलाई मुलधारमा ल्याउनका लागि एनआरएनका संस्थापकहरु, नेपाली कांग्रेस पार्टी तथा माओवादी केन्द्रले विभिन्न पहल गरिरहेका छन ।

कुल पक्षले संस्थापना पक्षसँग बहुपदिय प्रणालिमा संस्थापन पक्षसँग सहमति गरेपछी शेष घलेले बोलाएको महाधिवेशन रोकिने आँकलन गरिएको थियो । तर घलेले आफ्नो घोषित तालिका अनुसार नै अर्थमन्त्री जनार्दन शर्माबाट अधिवेशनको उद्घाटन गराए ।

सोमवार परराष्ट्रमन्त्री नारायण खड्काले करिव आधा घण्टा घलेसँग कुराकानी गरेका थिए । घलेले सहमतिका लागि आफ्ना केही माग अघि सारेपछी मंगलवार दिउँसो देखि अध्यक्ष कुमार पन्त, कुल आचार्य, महेश श्रेष्ठ, मन केसी र बद्री केसी लगायतले घलेसँग छलफल गरिरहेका छन ।

एनआरएनए श्रोतका अनुसार संस्थापन पक्षले आयोजना गर्ने महाधिवेशनमा घलेपनि सहभागी हुने संभावना छ । घलेले राखेका मध्ये ८२ औं आइसीसी बैंठकले गरेका केही निर्णयहरुलाई खारेज गर्नुपर्ने माग सोमवारको सहमतिमा समेटिएको छ ।

८२ औं बैंठकले संरक्षक परिषद लगायत आइसीसीको त्यस अघिको बैठकले समस्या समाधान गर्न शेष घलेको संयोजकतत्वमा बनाइएको समितिलाई विघटन गर्ने निर्णय भएको थियो । सोमवारको सहमति पछी शेष घले संरक्षक समितिका सदस्य तथा उच्चस्तरिय समितिका संयोजक रहिरहने छन ।

मंगलवार चलिरहेको छलफलमा घलेले सहमतिमा बन्ने आगामी कार्य समितीमा आफ्ना मान्छेहरुलाई थप्नुपर्ने माग राखेका छन । जसलाई मिलाएर लैजान संस्थापन पक्ष तयार रहेको एक जना अभियन्ताले नेपालप्लसलाई बताए ।

“लगभग ७ महिना अघिदेखि प्रतिनिधि लगायतका विवादमा घलेसँग एउटै मैदानमा रहेका कुल आचार्यको ‘यु’ टर्न घलेका लागि अप्रत्याशित मात्रै होइन आश्चर्यजनक थियो । घले सानो समुह बनाएर मात्र बाहिरने पक्षमा छैनन” ति अभियन्ताले बताए ।

त्यसैलेपनि घले समुहसँग सहमतिका लागि अन्तिम वार्ता चलिरहेको छ । अर्को तर्फ गैर आवाशिय नेपाली संघले परराष्ट्र मन्त्रालयलाई विपक्षी बनाइ पाटन उच्च अदालतमा दायर गरेको मुद्दा फिर्ता लिने प्रकृयामा अध्यक्ष कुमार पन्त छन । यो हप्ता भित्रै मुद्दा फिर्ता हुने संस्थापन पक्षका अभियन्ताको दाबी छ । यसले एनसीसी लगायत सबै तहमा सकारात्मक सन्देश जाने छ ।

आचार्य र घलेलाई प्रधनामन्त्री देउवाको जवाफ

कुल आचार्य र संस्थापन पक्षबिच सहमति हुनु अघि आचार्य र शेष घले प्रधानमन्त्री शेर बहादुर देउवालाई आज मंगलवारबाट शुरु भएको ‘महाधिवेशन’ मा प्रमुख अतिथि बनिदिन प्रस्ताव लिएर करिब चार दिन अघि गएका थिए ।

प्रधानमन्त्री देउवासितको भेटमा देउवाले घले र आचार्य दुबैसित तितो पोखे । देउवाको भनाई उल्लेख गर्दै प्रधानमन्त्रीका निकट एक कांग्रेस कार्यकर्ताले नेपालप्लसलाई सुनाए “तपाईहरु बिदेश दुख गरेर खान जानुभएको छ । अलिअलि कमाएर दुई चार पैसा नेपालपनि परिवारलाई पठाउनुभएको छ । तपाईहरुले आफैंले गुटउपगुट बनाउनुभएको छ । यस्तो गुटैगुटमा मलाई विवादमा नतान्नुस् । पहिले तपाईहरु मिल्नुस् अनि प्रस्ताव लिएर आउनुस् । नत्र यस्तो गुटको कार्यक्रममा म जान सक्दिन ।”

देउवाको थप भनाई थियो “तपाईहरु बिदेशमा बसेर नेपालका नेता मिलेनन्, गुट बनाए, झगडा गरे भनेर वर्षमा ३६५ दिननै नेपालका नेताहरुलाई गालि गर्नुहुन्छ । अनि तपाईहरु आफैं गुटैगुट बनाएर झगडा गर्नुहुन्छ ? तपाईहरु मिलेर बस्नुस् र मिलेर आ उनुभयो भने कार्यक्रममा जान मलाई आपत्ती छैन ।”

त्यसपछि घले समुहले राष्ट्रपती बिध्यादेवी भण्डारीलाई प्रमुख अतिथिको निम्तो दिएका थिए । तर एमाले पक्षबाट प्रमुख अतिथि बन्न नहुने जानकारि दिएपछि भण्डारीपनि अनुपस्थित भएकि हुन् ।

यस अघि कुल आचार्यले शेष घले पक्षबाट आयोजित ‘महाधिवेशनमा प्रधानमन्त्री आउने पक्का भएको र प्रधानमन्त्री नआएमा राष्ट्रपती आउने नेपालप्लसलाई बताएका थिए । तर अन्त्यमा राष्ट्रपती र प्रधानमन्त्री दुबै सरिक भएनन् ।

तपाइँको प्रतिक्रिया