शनिबार, वैशाख ८, २०८१

शेष घलेको महाधिवेशन स्थगित, सहमतिका बुँदासहित दुबै पक्ष वार्तामा ब्यस्त

नेपालप्लस संवाददाता / काठमाडौं२०७८ चैत ९ गते १७:२७

मार्च २२ मंगलवार देखि काठमाडौंमा शुरु भएको शेष घले पक्षिय एनआरएनको अधिवेशन बुधवार अपरान्ह देखि दुई पक्षिय वार्तका लागि भन्दै स्थगन गरिएको छ ।

घलेले अधिवेशन स्थगन गरेर अध्यक्ष कुमार पन्तको टोलीसँग वार्ता गरिरहेका छन । सम्मेलनमा उपस्थित एक जना अभियन्ताका अनुसार भर्खरै सम्मेलन स्थगन गरिएको छ र दुई पक्ष विच वार्ता शुरु भएको छ ।

वार्तामा संस्थापन पक्षका तर्फबाट कुमार पन्त, बद्री केसी लगायत छन भने अर्को तर्फबाट शेष घले, सोनाम लामा, मन केसी र कुल आचार्य छन ।

आजै बेलुकासम्म घले र पन्त पक्षले सहमतिमा हस्ताक्षर गर्ने अभियन्ताहरुको दावी छ । कुल आचार्यले मंगलवार संस्थापना पक्षसँग सहमति गरेपछी घले समुह दवावमा छ ।

घले पक्षिय एकजना अभियन्ता भन्छन- शेषजीले संस्था विभाजनको दोष आफ्नो थाप्लोमा राख्न चाहनु भएको छैन । र उहाँका मागहरु पनि सामान्य छन ।”

घलेले राखेको माग अनुसार आफ्ना केही मान्छेहरुलाई कार्य समितिमा राख्नु पर्ने, आइसीसीको ८२ औं बैंठकका निर्णयहरु खारेज गर्नुपर्ने र आफुले आव्हान गरेको अधिवेशलाई नै सहमतिको अधिवेशनको रुप दिनुपर्ने लगायत छन ।

सहमतीका लागि यि मागहरु खासै ठुला माग होइनन । त्यसैले आजै सबै जनाले हस्ताक्षर गर्ने सम्भावना छ ।

विवादका शुरुवाती दिनहरुमा नेपाली कांग्रेसले पक्षधरता देखाएर आफ्नो पक्षमा समर्थन जनाएपछी शेष घले निकै उत्साहित थिए । तर अन्तिममा आएर नेपाली कांग्रेसले उनको साथ छोडेको थियो ।

गत सोमवार परराष्ट्र मन्त्री नारायण खड्काले घलेसँग आधा घण्टा छलफल गर्दा पनि घलेले नमानेपछी नेपाली कांग्रेसले कुल आचार्यलाई सहमतिका लागि दवाव दिएको थियो ।

“कुल आचार्य एक्लै सहमतिमा नजाने घले पक्षको आँकलन गलत भएपछी नै उनिहरु दवावमा थिए र सुरक्षित अवतरणको खोजिमा थिए । त्यसैले पनि अहिले घलेले राखेका मागहरु निकै सामान्य छन र संस्थापन पक्षले विना अवरोध सहमती जनाउन सक्छ” ति अभियन्ताको दावी छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक