शनिबार, वैशाख ८, २०८१

घलेद्वारा तत्कालै नयाँ निर्वाचन समिति गठन

नेपालप्लस संवाददाता / काठमाडौं२०७८ चैत ९ गते १८:०८

गैर आवाशीय नेपाली संघ (एनआरएनए) को १० औं महाधिवेशनका नाममा कार्यक्रम आयोजना गरेका शेष घलेको निर्वाचन समितिका चार जनाले राजिनामा दिएलगत्तै घलेले नयाँ निर्वाचन समिति गठन गरेका छन् ।

काठ्माडौंको होटल याक एण्ड यति दरबारमार्गमा हुँदै गरेको घले पक्षको निर्वाचन समितिका नयाँ प्रमुख निर्वाचन अधिकृतमा प्रकाश धमलालाई नियुक्त गरिएको छ ।

अधिकृतमा एलबी गुरुङ मनोनित भएका छन् । डमर घले भने यथावत छन् ।

महाधिवेशनको बन्द सत्र बुधवार (मार्च २३) बाटै सुरु भएको छ । निर्वाचन समितिका पाँच मध्ये चार जनाले राजिनामा दिएपछि अहिले महाधिवेशनस्थलमै ठूलो सन्नाटा छाएको छ ।

घलेले निर्वाचन समितिकै ब्यक्तिहरुमाथि दूर्ब्यवहार गरेको भन्दै धेरैले आलोचना गरिरहेका छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक