शुक्रबार, वैशाख ७, २०८१

घलेले वार्तामा बोलाएर नआएपछि केसी वार्ता नगरि फिर्ता

नेपालप्लस संवाददाता / काठमाडौं२०७८ चैत ९ गते २२:४०

गैर आवाशीय नेपाली संघ (एनआरएनए) को विवाद अन्तिम समयसम्म मिलाउन कोसिस गर्दै शेष घलेले दिएकै समयमा डा. बद्रि केसी पुगेपनि घलेले कुराएर नआएपछि केसी बुधवार वार्ता नगरि फर्किएका छन् ।

बुधवार फेरि वार्ता गरेर शेष घलेलाई मुलधारमै ल्याउन भन्दै शेष घले र बद्रि केसी बिच अध्यक्ष कुमार पन्त सहितको वार्ता तय गरिएको थियो । वार्ताका लागि पन्तले आग्रह गरेका थिए ।

वार्ता गर्न भन्दै डा. बद्रि केसी याक एण्ड यति होटेलमा पुगेका थिए । उनी घलेले दिएकै समयमा पुगे । तर घलेले कुनै खबरसमेत नदिएपछि केसी फर्किएका थिए ।

वार्ता आयोजक स्रोतका अनुसार आधा घण्टा कुराएरपनि कुनै ‘रेस्पोन्स नगरेको’ भन्दै केसी फर्किए ।

तर केसी फर्किएको निकैबेरमा घलेले फोन गरे । त्यसपछि केसीले जवाफ दिए ‘मलाई बोलाउनु भो । आउनु भएन । आधा घण्टा कुर्दापनि कुनै रेस्पोन्स गर्नुभएन । म पनि महाधिवेशनमा ब्यस्त मान्छे हुँ । म कुर्दाकुर्दा रेस्पोन्ससम्म नगरेपछि हिंडें, अब मेरोपनि समय छैन ।”

तपाइँको प्रतिक्रिया

फेसबुक