शुक्रबार, वैशाख ७, २०८१

युक्रेनबाट भागेका ११ वर्षीय वालक १२०० किमि एक्लै यात्रा गरेर गन्तब्यमा

नेपालप्लस संवाददाता२०७८ चैत ९ गते २३:५१

हसन प्लास्टिकको झोला, पासपोर्ट र हातमा लेखिएको फोन नम्बर लिएर स्लोभाकिया पुगेका थिए । फोटो स्रोत- मेनिसतेर्तिभो भिनुत्राको फेसबुक

यि ११ वर्षिय वालकसित प्लाष्टिकको झोला र आफ्नो राहदानी मात्रै थियो । र हत्केलामा आमाले लेखिएको आफन्तको फोन नंवर । त्योबाहेक उनीसित केहि थिएन । पूर्वी युक्रेनबाट १२ सय किलोमिटर यात्रा गरेर ११ वर्षीय वालक सुरक्षित रूपमा स्लोभाकिया पुगे । संसारलाईनै स्तब्ध बनाइदिए ।

हसनको घर जापोरिजिया हो । युक्रेनी शहर जहाँ बम भएको आणविक संयन्त्रमा उनी बस्थे । उनले एक्लै देश छोडे । किनभने उनकी आमाले हसनकी वृद्ध हजुरआमाको हेरचाह गर्नुपर्‍यो । हजुरआमा टाढा जान नसक्ने उमेरकि भएकाले आमा र हजुरआमाको आशिर्वाद लिएर हसन एक्लै बाटो लागेका थिए ।

११ वर्षीय युक्रेनी वालक हसन कहिले हिंडेर त कहिले रेल र बस अदलबदल गरिगरि एक्लै स्लोभाकिया पुगे । अन्ततः सीमा पार गर्दा उनलाई देखेर भन्सार अधिकारीहरूनै स्तब्ध भएका थिए । त्यहाँ उनीहरुले हसनको भब्य स्वागत गरे।

उनी स्लोभाकिय क्षेत्रमा भए । अब सुरक्षित भए । उनका बारेमा केहिबेरमै लाखौंले थाह पाए । उनलाई एक नायकका रूपमा स्वागत गरिएको थियो ।

स्लोभाकियाको राजधानी ब्रातिस्लाभामा आफन्तहरूसँग सम्पर्क गर्दा आफूसित भएका केहि सामानहरू राखेर हसनले स्वयंसेवकहरूबाट खाना खाए । पानी पिए । लामो सास ताने ।

स्वयंसेवकहरुले हसनलाई खाना र पेय पदार्थले स्वागत गर्दै । फोटो स्रोत- प्लेक्रेजीगेम डट कम

हसनकी आमाले स्लोभाकिया प्रहरीले पोष्ट गरेको भिडियोमा आफ्नो छोराको हेरचाह गरेकोमा सबैलाई धन्यवाद दिँदै छोरालाई एक्लै रेलमा चढाउने निर्णयको व्याख्या गरेकि छन् ।

“मेरो सहर नजिकै रुसीहरूले ध्वस्त पारेको आणविक प्लान्ट छ । म मेरी आमालाई छोड्न सक्दिन । उहाँलाई वरिपरि जान मद्दत चाहिन्छ। छोरोलाई पुर्‍याइदिने हाम्रो कोहि आफन्तपनि थिएन । त्यसैले हामी मरेपनि छोरो बाँचोस भनेर मैले मेरो छोरालाई एक्लै स्लोभाकिया पठाउने निर्णय गरें” विधवा जुलिया पिसेकाले भनेकि छन् ।

जापोरिजियाको परमाणु ऊर्जा संयन्न्र युरोपकै सबैभन्दा ठूलो हो । यसलाई करिव दुई साता अघि रुसी सेनाले कब्जामा लिएको थियो ।

घर छोडेर निस्किँदै हसन । फोटो स्रोत- प्लेक्रेजीगेम डट कम

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सन् १९८६ मा चेर्नोबिलमा भएको प्रकोपभन्दा ठूलो प्रकोपको जोखिम रहेको बताएका छन् ।

रुसी आक्रमण सुरु भएपछि युक्रेनबाट भागेका २० लाखभन्दा बढी मानिसमध्ये हसन एक हुन् ।

संयुक्त राष्ट्रसंघका अनुसार १२ लाखभन्दा बढी शरणार्थी पोल्याण्ड पुगेका छन् । स्लोभाकियामै डेढ लाखभन्दा बढी पुगिसकेका छन् ।

आफ्नो छोरोलाई एक्लै पठाउँनुपर्दा धेरै भावुक बनेकि हसनकी आमाले सबै युक्रेनी बच्चाहरूलाई द्वन्द्वबाट सुरक्षित ठाउँ खोज्न आग्रह गरेकि छन् ।

टेलिफोन सम्पर्क पछि ब्रातिस्लाभामा भएका आफन्तहरूले हसनलाई खोजेका थिए ।

हसनका बारेमा संचार माध्यमहरुमा ब्यापक चर्चा भएपछि त्यहाँका मन्त्री रोमन मिकुलेकले उनलाई मार्च ७ मा भेटे । स्लोभाकियामा अस्थायी सुरक्षा खोजिएको बताए ।

मिकुलेकले हसनकि आमा र हजुरआमाको लागि क्रिस्चियन एसोसिएसन जेडकीएसएम मार्फत चन्दा दिइने बताएका छन् ।

(स्रोत-मेनिसतेर्तिभो भिनुत्राको फेसबुक, हिस्ट्री अफ येस्टरडे र प्लेक्रेजीगेम डट कम)

तपाइँको प्रतिक्रिया