बुधबार, वैशाख ५, २०८१

अमेरिकीहरूले पुटिनलाई हेरेर सिक्नुपर्ने पाठ

आलेक्सी सोरोकिन२०७८ चैत १० गते १९:१२

पहिले एउटा सानो रहस्य खुलासा गरौं । सन् २०१६ मा चुनाव भएको राती ट्रम्पले जितेको कुरा स्पष्ट भएपछि म डराएको थिएँ । दिनमा म अमेरिकाको अध्यागमनमा थिएँ । र अध्यागमनमाथि ट्रम्पको आक्रामक अडानले घर जान लागेको मेरो लामो यात्रामा खतरा देखिन्थ्यो । म ट्रम्पको पुटिनसँगको वैमन्स्यताबाट पनि डराएको थिएँ । किनभने रूसमा मेरो परिवार धेरै उदार छ ।

सोभियत युगमा पनि थियो । म त्यतिबेला बच्चा थिएँ । तिनीहरू सोभियत प्रणालीको धेरै आलोचना गर्थे । वास्तवमा सन् १९९१ मा त्यो प्रणाली पतन हुनुभन्दा धेरै अघि त्यस प्रणालीलाई बदमाश र सडेको भनेर कुरा गर्थे ।

त्यसोभए अपेक्षित रूपमा पुटिन आफ्नो केजिबी (कोमितेत् ओसुदर्स्त्वेन्नोय् बेजोपस्नोस्ति) पृष्ठभूमिमा थिए । आफ्नो शासनको प्रारम्भिक वर्षहरूमा घरेलु र बाहिरी रूपमा आफ्नो वर्चस्व देखाउन सुरु गर्नु अघि नै हाम्रो परिवारका कहिल्यै नायक थिएनन् । किनकि त्यहाँ धेरै अप्रिय कुरा थिए । जस्तो कि ट्रम्पले रुसको नेतासँग कसरी मित्रतापूर्ण व्यवहार गर्न गइरहेका छन् जसलाई मैले तुच्छ ठान्थें । र जसको शासनका बारेमा मैले कहिल्यै पर्दाफास गर्न चाहिन ।

त्यसपछि ट्रम्पको राष्ट्रपति भएको दुई वर्षपछि ममा केही परिवर्तन भयो । म ट्रम्प जस्तै हुन थालें । जस्तै- एक ओभरस्टेटमेन्ट । म उनलाई मन पराउँदिन । तर उनको हठी, जबर्जस्त, कर्मठ करिश्मामा केही मोह थियो । केहि यस्ता पलहरू थिए म उनको बमवादी (लडाई मन पराउने) र कच्चा शैलीका केही तत्वहरूसँग मोहित भएको थिएँ । मलाई उनी हाँस्यास्पद पनि लाग्यो । तपाईलाई थाहा छ, उदाहरणका लागि उनले किम जोङ इललाई “रकेट म्यान” भने । त्यो धेरै रमाइलो लाग्यो मलाई ।

ट्रम्पप्रतिको आकर्षणमा म कत्ति अन्धो भएको थिएँ भनेर मैले अहिले बुझेको छु।

अब म अर्को सानो गोप्य खुलासा गर्छु । जुन मैले पहिले नै उल्लेख गरिसकेको छु – मेरा आमाबाबु ।

पुटिन सन् १९९९ को ग्रीष्मको अन्त्यतिर रुसी राजनीतिक दृश्यमा देखा परेका थिए। रुस भर्खरै चेचन्यामा भएको युद्धसँग जोडिएको आतंकवादी हमलाको शृङ्खलाले स्तब्ध भएको थियो । त्यसले मस्को र अन्य रुसी शहरहरूमा आवासीय भवनहरू भग्नावशेषमा परिणत गर्यो । सयौं मानिसहरूको ज्यान लियो। ।

त्यतिबेला देशको बाँकी भागका मानिसहरुले झैं मैले पुटिनलाई पहिलो पटक देखेँ । भर्खरै नियुक्त प्रधानमन्त्री र रुसी राजनीतिमा नयाँ अनुहारको रूपमा । उनले आक्रमणहरूमा टिप्पणी गर्दै थिए । र आवश्यक भएमा आउटहाउसमा आतंककारीहरूलाई मेटाउने उनको तीव्र प्रतिज्ञाले म छक्क परें । पुटीनले आफ्नो बयानबाजी प्रयोग गरेको यो पहिलो पटक थियो ।

उनी चलायमान, एकदमै निर्दिष्ठ, लक्षित र स्पष्ठ देखिएका थिए । नयाँ रूस र झन पुटिनको रूस सन् १९९९ को ती प्रारम्भिक पतनका दिनहरूमा जन्मिएको थियो । यद्यपि कसैले अझै पनि पूर्व केजिबी अधिकारीको शक्तिमा वृद्धिको पूर्वानुमान गर्न सकेन ।

त्यसैले अब बल्ल मेरो दोस्रो रहस्य आउँछ । मेरो बुवाले पहिलो चुनावमा पुटिनलाई भोट दिए । येल्तसिनले सन् १९९९ को अन्त्यमा राजीनामा दिएर पुटिनलाई आफ्नो उत्तराधिकारीको रूपमा आशीर्वाद दिए र पुटिन सन् २००० को चुनाव जित्न सफल भए ।

मेरो बुवा त्यसबेला पुटिनको आकर्षणको शिकार भए । उनी अहिले त्यो बेलाको आफ्नो गल्तीलाई दोष र घृणाले सम्झन्छिन् ।

यो वास्तवमै गोप्य होइन । तर विरोधाभास हो । तपाईं रक स्टारहरूलाई तिनीहरूको रचनात्मकता र स्वतन्त्र भावनाको लागि मन पराउनुहुन्छ । मेरो बुबा सधैं पश्चिमी रक संगीतको एक शौखिन प्रेमी थिए। तपाईंले सोभियत प्रणालीलाई स्पष्ट रूपमा खारेज गर्नुहुन्छ । पटक्कै स्विकार गर्नुहुन्न । तपाईंले व्यक्तिगत स्वतन्त्रतालाई महत्त्व दिनुहुन्छ। त्यसैले तपाई कसैबाट मोहित हुन सक्नुहुन्छ जो पूर्णतया आशाहीन, गलत हुनसक्छ । तपाईको मूल्य प्रणाली भन्दा बाहिर हुन्छ । किनकि त्यो व्यक्तिले राम्रोसँग तपाईलाई आकर्षक बनाउँदछ । हुनसक्छ उनीहरूको वक्तृत्व मार्फत तपाई आकर्षित हुनुहुन्छ । वा तपाईको परिस्थितिले तपाईलाई कमजोर बनाउँदछ ।

तपाईंलाई शर्मनाक नराम्रो निर्णयमा लैजानको लागि तिनको आकर्षण लामो समयसम्म रहन सक्छ । जब धेरै मानिसहरू मोहित भएर त्यो निर्णय गर्छन् । तिनमा ऐतिहासिक स्तरका घटनाहरू हुन्छन् ।

बुबाको विपरीत मेरी आमालाई पुटिनले कहिल्यै मोहित गर्नसकेनन् । उनले पहिलो पटक देखेदेखि नै उनमा शालीनताको कमी देखेकी थिइन् । र उनी कसरी एक झुठा चिकित्शक जस्तै सत्यलाई हेरफेर गर्न कुशल थिए भन्ने आमाले बुझेकि थिईन् ।

पुटिन एक अत्याचारी हुन् । अहिले हजारौंको रगत बगाउँदै, लाखौंको जीवन बर्बाद गर्दैछन् । उनले यो पहिले पनि गरेका थिए । तर धेरै सानो स्तरमा थियो । आफ्ना विरोधीहरूलाई कुल्चिए, दबाए र हत्या गरेका थिए ।

तर! आफ्नो धेरै वर्षको शासनकालमा उनले आफूलाई हेरफेर गरे । बदले । मेनिपुलेटपनि गरे धेरै घटनालाई । र मनमोहक बनाउन सफल भए जसले कहिल्यै मूल्य र मान्यताहरु साझा गर्ने आशा दिन सकेका थिएनन् ।

ट्रम्प धेरै समान छन् । अँध्यारो पक्ष रुचाउने, विभाजनकारी, अप्रत्याशित, अनियन्त्रित, अविश्वसनीय ।

यी पुरुषहरू, ट्रम्प र पुटिन त्यसमा अब्बल छन् । वास्तविकता हेरफेर गर्दै तपाईंको आत्माको अँध्यारो कुनाहरूमा खन्ती लगाउन सिपालु छन् । तिनले गरेका गलत कुरा, तिनको नराम्रो शैलीलाई तपाईहरुले गल्ति गर्नुहुन्छ र राम्रो देख्नुहुन्छ । त्यो भनेको अन्धकारको पाटो हो जसले विभाजन, आक्रामकता र मृत्युतिर धकेल्छ ।
हो त्यस्तो गलतमा नपर्नुस् । शिष्टता भनेको सबैभन्दा महत्त्वपूर्ण कुरा हो। माफ गर्नुहोस् यदि यो एकपक्षिय र न्युनस्तरको लाग्छ भने । त्यसको सट्टा आधारभूत मानव सभ्यताको पक्षमा लाग्नुस् । पतनको बाटोमा हैन ।

(मेडियम डेलीको आलेखलाई नेपालीमा भावानुवाद गरिएको-संपादक)

तपाइँको प्रतिक्रिया

फेसबुक