शुक्रबार, वैशाख १४, २०८१

रोमानियाका चार नेपालीलाई देश छोड्न आदेश, दुई जनालाई नेपाल फिर्ता

नेपालप्लस संवाददाता२०७८ चैत १० गते २२:२४

रोमानियामा रहेका चार जना नेपालीलाई त्यहाँको सरकारले आफ्नो देश छोड्न आदेश दिएको छ भने अन्य दुई जनालाई प्रहरीले विहिवार नेपाल फिर्ता पठाएको छ ।

सरकारी प्रक्रिया पुरा नगरि बिभिन्न कम्पनीहरुमा काम गरेका चार जनालाई गत हप्ता देश छोड्न आदेश दिएको थियो । त्यसैगरि, दुई जनालाई अवैधानिक तवरबाट सिमा पार गरेको आरोपमा दुई हप्ता थुनामा राखी नेपाल फिर्ता पठाएको रोमानियाकालागि नेपाली अवैतनिक वाणिज्यदूत नवराज पोख्रेलले नेपालप्लसलाई बताए ।

पोखरेलका अनुसार गत दुई वर्ष देखि कोरोना महामारीको कारणले रोमानियामा लागू भैरहेको आपतकालिन समय मार्च महिनाको ८ तारिख देखि समाप्त भएको छ ।

“धेरै नेपालीहरू अहिलेसम्म रोमानियामा कानूनी प्रकृयालाई पुरा नगरी बिभिन्न कम्पनीहरूमा संलग्न भएका छन् । प्रक्रिया पुरा नगरेकालाई आफ्नो देश फर्किन आदेश दिन्छ” पोखरेलले भने ।

आगामी जुन महिना को ८ तारिख भित्र कानूनी प्रकृयालाई पुरा गरेर संझौता पत्रमा सहीछाप नगरे सरकारले आपतकालिन समयको म्याद सकिएको कारण देखाउँदै सबैलाई आआफ्नो देश फर्किन आदेश दिने निर्णय गरेको छ ।

यहि प्रक्रिया नगरेका चार नेपालीलाई गत हप्ता रोमानिया छोड्ने आदेश दिएको थियो ।

अन्य दुई जना नेपालीले अवैधानिक तवरबाट सीमा पार गर्दा सीमा प्रहरीले गिरफ्तार गरी दुई हप्तासम्म थुनामा राखेर विहिवार नेपाल फर्काएको हो ।

ति नेपाली को हुन् भन्ने पोखरेलले सुरक्षा र गोपनियताका कारण खुलाउन नहुने बताए ।

तपाइँको प्रतिक्रिया