मंगलबार, वैशाख ११, २०८१

रूसी ऊर्जामा युरोपेली निर्भरता कम गर्न अमेरिका र ईयू बिच साझेदारीको घोषणा

नेपालप्लस संवाददाता / बेल्जियम२०७८ चैत ११ गते १७:४३

अमेरिका र युरोपेली युनियन (ईयू) ले रुसी उर्जामा युरोपको निर्भरता कम गर्न साझेदारीको घोषणा गरेका छन् । यसले यस वर्ष युरोपमा तरल प्राकृतिक ग्यास (एलएनजी) को ढुवानीमा १५ अर्ब घन मिटर वृद्धि गर्ने छ ।

“आज हामीले रूसी ग्यासमा युरोपेली निर्भरता घटाउने तर्फ संयुक्त प्रमुख योजनामा सहमति जनाएका छौं” अमेरिकी राष्ट्रपति जो बिडेनले इयु अध्यक्ष उर्सुला भोन डेर लेयनसँगको संयुक्त पत्रकार सम्मेलनमा भने ।

“यसले हाल रूसबाट प्राप्त गर्ने एलएनजी आपूर्तिलाई प्रतिस्थापन गर्नेछ र अगाडि हेर्दा अमेरिका र युरोपले २०३० सम्म अमेरिकी एल एन जीको कम्तिमा ५० अर्ब घन मिटरको स्थिर माग र आपूर्ति सुनिश्चित गर्नेछ” युरोपेली आयोगका अध्यक्ष भोन डर लेयनले भनिन् । यो मात्राले रुसी ग्यास आयातको एक तिहाइ प्रतिस्थापन गर्ने बताएको छ।

“हामी अहिले रुसी ग्यासबाट टाढिँदै गएर बिकल्प ल्याउने बाटोमा छौं” उनले भनिन् । ईयूले नवीकरणीय ऊर्जा जस्ता अन्य ऊर्जा स्रोतहरूमा पनि लगानी गर्नेमा उनले जोड दिईन् ।

रुसी उर्जा मस्कोको आम्दानी र राजनीतिक लाभको प्रमुख स्रोत हो जसमा युरोपेली संघको प्राकृतिक ग्यासको लगभग ४० प्रतिशत घरहरू तताउन, बिजुली उत्पादन गर्न र उर्जा उद्योग उत्पादन गर्न रूसबाट आउँछ ।

“मलाई थाहा छ, रुसी ग्यास हटाउन युरोपको लागि मूल्य पर्ने छ । तर यो नैतिक दृष्टिकोणबाट सही कुरा मात्र होइन कि यसले हामीलाई धेरै बलियो रणनीतिक आधारमा राख्ने छ” बिडेनले भने।

बिहीवार नाटो, जि ७ र युरोपियन युनियन सबैको शिखर सम्मेलन पछि अमेरिका र ईयुको घोषणा आएको हो ।

बाइडेनईयुसितको बैठकहरूको लागि ब्रसेल्सको यात्रामा आएका थिए । वार्साको यात्रा गर्नु अघि शुक्रबारनै पोल्याण्डको रजेस्जो जानेछन् जहाँ उनले पोल्याण्डका राष्ट्रपति एन्ड्रेजेज डुडासँग भेट गर्ने कार्यक्रम छ ।

अमेरिकाले हालैका वर्षहरूमा नाटकीय रूपमा आफ्नो निर्यात बढाएको भएपनि युरोपमा थप तरल प्राकृतिक ग्यास ल्याउन गाह्रो हुनसक्ने मेडियाहरुले उल्लेख गरेका छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक