शुक्रबार, वैशाख १४, २०८१

पुटीनका नाममा युक्रेनी शहरमा १०९ खाली कोक्रो

नेपालप्लस संवाददाता२०७८ चैत ११ गते १९:५५

फोटो स्रोत- द ग्लोबलन्युज डट कम

युक्रेनको लिभिभ शहरस्थित लिभिभ चोकमा पुटिनको सेनाद्वारा मारिएका प्रत्येक बच्चाको स्मरण गराउन १०९ खाली कोक्रो प्रदर्शन गरिएको छ ।

१८ मार्चका दिन युक्रेनको लिभिभ सहरको कब्बल सेन्ट्रल स्क्वायरमा १०० भन्दा बढी खाली कोक्रो लाइनमा राखिएको थियो । प्रदर्शनी गत शुक्रवार गरिएको हो ।

‘भिजुअल आर्ट पीस’ ले युक्रेनमा रुसको आक्रमणका कारण हालसम्म १०९ वालवालिकाको मृत्यु भएको बताएको छ ।

युरोन्युजका अनुसार कार्यक्रम आयोजक स्भितलाना ब्लिनोभाले प्रदर्शनको उद्देश्य मानिसहरूलाई कति वालवालिकाको मृत्यु भयो भनेर कल्पना गर्न मद्दत गर्नु रहेको बताएकि छन् । “किनकि युद्धलाई हामीले तथ्याङ्कहरूमा सुन्न सक्छौं” उनले भनेकि छन् ।

“युद्धको समयमा विशेष गरी यसको २३ औं दिनमा हामी ३०, ४०, ५० वा १०० पीडितहरू कति छन् भनेर हिसाव गर्न छोड्छौं । त्यसैले आज हामीले यहाँ १०९ कोक्रो ल्याएका छौं ताकि हामीले यो संख्या कस्तो देखिन्छ भनेर सोच्न सकौं । कति बच्चाहरू खेल्दै थिए । आज यो चोकमा आफ्ना आमाबाबुसँग आफ्नो समयको आनन्द लिइरहेका हुन्थे” स्भितलाना बताउँछिन् ।

तपाइँको प्रतिक्रिया