बिहीबार, वैशाख १३, २०८१

महाविर पुनद्वारा स्थापित आविष्कार केन्द्रलाई एक करोडको पुरस्कार

नेपालप्लस संवाददाता / काठमाडौं२०७८ चैत १२ गते १४:११

नेपालका बैज्ञानिक तथा समाजसेवी महाबिर पुनद्वारा स्थापित राष्ट्रिय आविष्कार केन्द्रलाई एक करोड रुपियाँको ‘भवन प्राईज’ पुरस्कार प्रदान गर्ने घोषणा गरिएको छ ।

यो पुरस्कार गैर आवाशीय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्ष भन भट्टले शनिवार एनआरएनएको दशौं सम्मेलनका क्रममा यो पुरस्कार घोषणा गरेका हुन् ।

उनले यो पुरस्कार हरेक दुई वर्षमा नेपालको सम्बृद्दी, विकार खासगरि परिवर्तमा महत्वपूर्ण योगदान गर्ने ब्यक्ति वा संस्थालाई दिने घोषणा गरे । पुरष्कारको उद्घाटन राष्ट्रपती विध्यादेवी भण्डारीले गरेकि हुन् ।

यो वर्ष आफूले घोषणा गरेपनि आगामी वर्षदेखि एनआरएनए र आफ्नो संस्था बि एण्ड बी मिलेर यो पुरस्कार दिने उनले आफ्नो मन्तब्यका क्रममा बताए ।

आफ्ना बुवा सामाजसेवी भएकाले उनैबाट प्रेरित भएर सामाजिक काममा योगदान गर्ने प्रेरणा अनुसार यो पुरस्कार स्थापना गरेको उनले बताए ।

बीबी फउण्डेसनका अध्यक्ष तथा टीबीआई ग्रुपका अध्यक्ष एवं गैर आवसीय नेपाली संघका पूर्व अध्यक्ष भवन भट्टले नेपालमा तथा नेपाल बाहिर पनि नेपालको विकासको लागी धेरै मानिस काम गरिरहेका तथा उनीहरु कति जनाले नेपालको लागी राम्रो काम गर्न खोजिरहेका बताउँदै समाजको परिवर्तन गर्न खोजिरहेका सबै सकारात्मक उर्जालाई जोड्न यस पुरस्कारले भुमिका खेल्ने बताए ।

आफ्नो जिवनमा जुन कुराले कहिल्यै फाइदा गर्दैन, नकारात्मकता ल्याउँछ, हानी गर्छ त्यसबाट टाढा रहनकालागि खराव चिजबाट बाहिर रहन आफू स्वामी बनेको तर दैनिक जिवनका काम र सक्रियताबाट टाढा नरहेको उनले स्पष्ठ पारे ।

तपाइँको प्रतिक्रिया