शुक्रबार, वैशाख ७, २०८१

सरकारले इन्धनमा अनुदान दिएपनि स्पेनका ट्रक चालकद्वारा हडताल जारि

नेपालप्लस संवाददाता२०७८ चैत १२ गते २१:०४

Photo source-screen shot via menafn.com

लरी चालकहरूले गरेको अभूतपूर्व हडतालको बीचमा स्पेनको सरकारले इन्धनको मूल्य घटाउन एक अर्ब युरोको योजना सार्वजनिक गरेपनि हडताल जारि राखेका छन् ।

स्वरोजगार ट्रक चालकहरूसित शुक्रवार आर्थिक सहयोगको सम्झौता गरेपनि १२ दिने हडताल कायम राख्ने बताएका छन् । शनिवारपनि हडताल जारि छ ।

इन्धनको मूल्यमा भएको उच्च बृद्धि र कृषि उत्पादनमा कम मूल्य तोकिको विरोधमा दर्जनौं ट्र्याक्टरहरू स्पेनको राजधानी म्याड्रिडतर्फ गएको समाचार एजेन्सीहरुले जनाएका छन् ।

म्याड्रिड क्षेत्रका किसानहरूले मलको मूल्य ३०० प्रतिशत बढेको बताएका छन् । स्पेनमा धेरैजसो मल युरेनबाट आ उने गरेको युरोन्युजले उल्लेख गरेको छ ।

१२ घण्टाको दुई पक्षिय वार्ता पछि स्पेनको समाजवादी नेतृत्वको सरकारले राहत प्याकेजको रूपमा लरीहरूको लागि प्रति लिटर ग्यास २० सेन्टिम छुट दिने घोषणा गरेको छ ।

एएफपी समाचार एजेन्सीका अनुसार स्पेनका यातायात मन्त्री राकेल सान्चेजले यसलाई ऐतिहासिक सम्झौता भन्दै प्रति गाडी प्रति महिना करिब ७०० युरो बचत गर्ने बताएका छन् ।

सरकारले सडक ढुवानी व्यवसायका लागि प्रत्यक्ष आर्थिक सहायताका साथै विशेष ऋण सर्तहरूमा ४५ करोड युरो उपलब्ध गराउने बताएको छ ।

तर प्लेटफर्म फर डिफेन्स अफ रोड यातायात क्षेत्रले आफ्ना सदस्यहरूलाई हडताल जारी राख्न र म्याड्रिडमा सडक आन्दोलनमा भाग लिन आह्वान गरेको छ ।

“१२ दिन पछि हामी आफ्नो लगौंटी मिल्काएर भाग्न तयार छैनौं । हाम्रो माग अहिले पुरा नगरिए कहिल्यैपनि पुरा गरिने छैन” प्लेटफर्मले आफ्नो फेसबुक पेजमा भनेको छ ।

ट्रक चालकहरुको हडतालले स्पेनभरि आपूर्ति शृङ्खलाहरू अवरुद्ध पारेको छ । तरकारी, दूध र माछा जस्ता ताजा उत्पादनहरूको छिटपुट अभाव ल्याएको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक