शुक्रबार, वैशाख १४, २०८१

एनआरएनए विधानमा अध्यक्ष तीन, उपाध्यक्ष ११ र सचिव १० सहित ७५ पदाधिकारीको ब्यवस्था; दुई सयभन्दा बढी चयन

नेपालप्लस संवाददाता / काठमाडौं२०७८ चैत १३ गते १६:४७

गैर आवाशीय नेपाली संघ (एनआरएनए) को दशौं महाधिवेशनले पारिद गरेको संशोधित विधानमा अध्यक्षका तीन, उपाध्यक्ष १५, सचिवमा १० र प्रवक्तामा दुई जनासहित ७५ जनाको ब्यवस्था गरेको भने कुल पदाधिकारीको संख्या दुई सय नाघेको छ ।

एनआरएनएको दशौं महाधिवेशनमा विवाद स्रिजना भएपछि त्रिपक्षिय सहमति बनेको थियो । सोहि सहमति अनुसार विधानमा संशोधन गरी संस्थापन पक्ष, कुल आचार्य र रबीना थापाका सबैलाई समेट्न यति धेरै पद स्रिजना गरिएको हो ।

विधानलाई हिजो शनिवारनै अधिवेशनबाट पारिद गरेर आजै आइतवार परराष्ट्र मन्त्रालयबाटअनुमोदन गरिएको हो ।

संशोधित विधान अनुसार तीन अध्यक्ष, उपाध्यक्ष ११, महासचिव २, उपमहासचिव ६, सचिव १०, कोषाध्यक्ष ३, सहकोषाध्यक्ष ८, महिला सहकोषाध्यक्ष ३, प्रवक्ता २, महिला संयोजक २ जना छन् ।

त्यस्तै, युवा संयोजक २, क्षेत्रीय संयोजक २, युरोप क्षेत्रीय उप संयोजक ७ र अन्य क्षेत्र ५ छन् ।

त्यसैगरि, क्षेत्रीय महिला संयोजक २, क्षेत्रीय महिला संयोजक २, क्षेत्रीय युवा संयोजक २, क्षेत्रीय महिला उपसंयोजक २, क्षेत्रीय युवा उपसंयोजक २ छन् ।

संशोधित विधानको ब्यवस्था हेर्नुस्

संशोधित विधानमा उल्लेख गरेको छ “विधानमा संघको नेत्रित्व सहमतिमा चयन गर्नुपर्ने भएकोले यस संघको विधानको धारा १७. २ र १७. १० को हालको ब्यवस्था हाललाई निस्क्रिय गरि कार्यसमितिको पद र संख्या निर्धारण सहित घोषणा गर्ने सम्पूर्ण अधिकार अध्यक्ष मण्डललाई प्रदान गर्ने निर्णय अनुसार अध्यक्ष मण्डलले देहाय अनुसार निर्णय गरेको छ ।” (माथिको निर्णय) ।

“यो संशोधित ब्यवस्था यस संघको यस पछिको (सन् २०२३ को) कार्य समितिको निर्वाचन प्रक्रिया अगाडीको समयसम्म मात्र लागू हुने छ र स्वत त्यसपस्चात निस्क्रिय हुने छ” विधानमा उल्लेख छ ।

अध्यक्ष मण्डले आज घोषणा गरेका पदहरु दुई सयभन्दा बढी छन् ।

धेरै पदमा बहुब्यवस्था गरिएको छ ।

त्यस अनुसार संघको प्रवक्तामा सोम सापकोटा र शिव बरुवाललाई चयन गरिएको छ । यस अघि संघका अध्यक्षलेनै प्रवक्ता चयन गर्ने प्रचलन थियो ।

युरोप संयोजकमा सन्तोश कुमार भट्टराई र चिन्तामणी सापकोटा चयन भएका छन् । महासचिवमा गौरीराज जोशी र केशव पौडेल  छन् ।

युवा उपाध्यक्षमा एनआरएनए अफ्रिकाका पूर्व क्षेत्रीय संयोजक रोशन थापा र एनआरएनए एशिया प्यासिफिकका पूर्व युवा संयोजक राज रेग्मी छन् ।

तपाइँको प्रतिक्रिया