बिहीबार, चैत १५, २०८०

यो हो एनआरएनएको पदमा पुग्ने जम्बो टोलीको सूची

नेपालप्लस संवाददाता / काठमाडौं२०७८ चैत १४ गते ०:२२

फोतो स्रोत- कञ्चन सुन्दर थापाको फेसबुक

गैर आवाशीय नेपाली संघ (एनआरएनए) को कुन पदमा कोको पुगे भन्ने सहमतिको अन्तिम आधिकारिक सूची प्राप्त भएको छ । सूची यस्तो छ !

अध्यक्षमा कुल आचार्या, डा. बदि केसी र रबीना थापा । उपाध्यक्षमा भुषण घिमिरे, डिबी क्षेत्री, दुर्गा आचार्य, गोबिन्द श्रेष्ठ, डा. हेमराज शर्मा, जयप्रकाश गुरुङ, महेश श्रेष्ठ, नारायण आचार्य, नरेन्द्र भाट र आर के शर्मा छन् ।

महासचिवमा गौरिराज जोशी र डा. केशव पौडेल । महिला उपाध्यक्षमा डा विष्णुमाया परियार, यास्मिन बेगम सैयद छन् । युवा उपाध्यक्षमा रोशन थापा, राग रेग्मी र हिमाल गुरुङ ।

उपमहासचिवमा डा. देवी बस्नेत, गणेश केसी, ओम गुरुङ, रामशरण सिम्खडा, बिनय अधिकारी । सचिवमा चिरन्जिवी घिमिरे, गंगाधर गौतम, प्रविण गुरुङ, शंकर खड्का, अभिमानसिं बस्नेत, प्रमोद सिटौला, गोबिन्द गौतम, होम पाण्डे, राजन त्रीपाठी ।

महिला सचिवमा डा. अलिनी पोखरेल र टिका गुरुङ । कोषाध्यक्ष फणिन्द्र पन्त, लोक प्रसाद दहाल र सुनिल शाह । सह कोषाध्यक्ष दिपक शर्मा, होमनाथ शर्मा, कृष्ण तिम्सिना, लाल केसी, मिलन छन्त्याल, नारायण सुबेदी, टंक गैरे, यग्य सुबेदी । महिला सहसंयोजक अम्रिता थापा, यमुना भट्टराई र योगिता थापा ।

युवा संयोजकमा अब्दुल बासिद र रबीन्द्र खड्का । महिला संयोजकमा बिमला सापकोटा र संगिता मरहट्टा ।

प्रवक्तामा शिव बरुवाल र सोम सापकोटा ।

अमेरिका क्षेत्रीय संयोजकमा प्रकाश सापकोटा र राम सि पोख्रेल, सह संयोजकमा अभिमन्यु बस्नेत, पुरुशोत्तम बिहोरा, राम कुमार सुबेदी, तुला भट्टचन, पशुपती पाण्डे । महिला संयोजक बन्दना कोइराला, त्रिष्णा शर्मा । महिला सहसंयोजकमा ईन्दिरा त्रिपाठी । युवा संयोजकमा स्वरस खाती र बिनोद रुवाली । युवा उपसंयोजकमा ईश्वर खत्री ।

त्यसैगरि अफ्रिका क्षेत्रका लागि क्षेत्रीय संयोजकमा कृष्णदत्त भट्ट र राज कुमार थापा । उपसंयोजकमा पद्मा भण्डारी र आर पी पन्त । महिला संयोजकमा केसना लिम्बु र डा. सरिता । महिला उपसंयोजकमा खुस्बु घिमिरे । युवा संयोजकमा सागर उप्रेती ।

एशिया प्रशान्त क्षेत्रकालागि क्षेत्रीय संयोजकमा प्रकाश पोखरेल र डिपी कँडेल । सह संयोजकमा नभिन बिके, दधिवाल खद्का, हरि भट्टराई, युवराज न्यौपाने र दिपक कँडेल । महिला संयोजकमा शान्ति अधिकारी, महिला उपसंयोजक ईन्दिरा तिवारी, युवा संयोजक सुरेश गिरी, युवा उपसंयोजक रन्जनराज कुमार छन् ।

त्यस्तै युरोप क्षेत्रका लागि क्षेत्रीय संयोजकमा सन्तोश भट्टराई र चिन्तामणी सापकोटा, उपसंयोजकमा चित्र सुवेदी, दयानिधि सापकोटा, ललित नेउपाने, डा. नवराज रोस्यारा, सागर लामा, सागर सुवेदी र तिलक गैरे छन् । महिला संयोजकमा वर्षा खड्का र पार्वती मल्ल । महिला सहसंयोजकमा नुनिता सापकोटा र सुनिता थापा । युवा संयोजक किरण गुरुङ र रमेश काफ्ले, युवा सहसंयोजकमा रोबर्ट लिम्बु र दीपक नेउपाने ।

त्यस्तै मध्यपूर्वकालागि संयोजकमा जोन अर्याल र मनोज गोर्खाली । क्षेत्रीय उपसंयोजकमा अमित चाम्लिङ, लाल बहादुर पुन, केबी हमाल, राजु शर्मा छन् । महिला संयोजक सरिता भण्डारी र संगिता केसी कार्की छन् भने महिला सह संयोजकमा बन्दना सापकोटा र सानोबेर छन ।

युवा संयोजकमा सुभाश केसी र बालकृष्ण मरासिनी । युवा सहसंयोजकमा विजय धामी र मिनराज वाग्ले ।

यसैगरि, ओसेनिया क्षेत्रका लागि क्षेत्रीय संयोजकमा दिनेश जोशी र केशव सापकोटा छन् । क्षेत्रीय उपसंयोजकमा रामराज ओली, अशोक केसी, सन्तोस कुँवर र धनश्याम सापकोटा । महिला संयोजक उषाकिरण बानिया, युवा संयोजक प्रदिप रुपाखेती र युवा सहसंयोजकमा यार्सद अहमद छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक