बिहीबार, वैशाख ६, २०८१

पशुपतीको दर्शन गरेर एनआरएनएका तीन जना अध्यक्षले गरे पदबहाली

नेपालप्लस संवाददाता / काठमाडौँ२०७८ चैत १४ गते १३:२८

गैरआवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित अध्यक्षहरु कुल आचार्य, डा. बद्री केसी तथा रबिना थापाले सोमवार विहान पशुपतिनाथको दर्शनपछि दिउँसो संघको केन्द्रीय कार्यालयमा पद बहाली गरेका छन् ।

अपरान्ह एक बजेर एक मिनटमा निवर्तमान अध्यक्ष कुमार पन्तले तीनै जना अध्यक्षहरुलाई खादा र माला लगाइ दिएर पद बहाली गराएका थिए ।

उनले तीनै जना अध्यक्षहरुलाई एकताबद्ध भएर आफ्नो कार्यकाल सफल बनाउन आग्रह गरे।

उक्त अवसरमा संघका नवनिर्वाचित पदाधिकारीहरु पनि उपस्थित थिए ।

आइतवार अबेर संघको दशौँ महाधिवेशनले सर्वसम्मतिको आधारमा नयाँ कार्यसमिति चयन गरेपछि संघका पदाधिकारीहरु विहान पशुपति क्षेत्र पुगेर पूजा अर्चना गरेका थिए।

सोमवार अपरान्ह ४ बजे बालुवाटारस्थित संघको केन्द्रीय कार्यालयमा नवनिर्वाचित पदाधिकारीहरुलाई शपथ ग्रहण गराउने कार्यक्रम छ ।

नवनिर्वाचित तीनै जना अध्यक्षहरूलाई निवर्तमान अध्यक्ष कुमार पन्तले आइतवार राती पद तथा गोपनियताको शपथ गराएका थिए ।

तपाइँको प्रतिक्रिया

फेसबुक