शुक्रबार, चैत १६, २०८०

रुस-युक्रेन युद्दको गोलावारीमा ४,००० जनावर फसे

नेपालप्लस संवाददाता२०७८ चैत १४ गते १९:३७

Photo Credit-zooinstitutes.com

रुस-युक्रेन युद्दको दोहोरो गोलावारीमा युक्रेनको सबैभन्दा ठूलो चिडियाखानाका करिब ४००० जनावर फसेका छन् । मानवहरुबिचको युद्दमा अहिले सास्ति जनावरहरुले समेत भोग्नुपरिरहेका छन् ।

युक्रेनको माइकोलाइभ चिडियाखानामा ४,००० जंगली जनावरहरू दोहोरो गोलावारीको युद्धमा फसेका हुन् ।

हवाई आक्रमणको साइरन दक्षिणी सहरभरि चर्को आवाजमा बज्दा चितुवाले आफ्नो पिंजराको बारहरू विरुद्ध कोतर्ने, भत्काउने प्रयास गरिरहेको छ ।

चिडियाखाना आगन्तुकहरूका लागि बन्द भएको तीन हप्ताभन्दा बढी भइसकेपछि अमुर चितुवाको ठूलो कर्कश आवाजले मानिसहरुलाई अत्यासलाग्दो बनाएको छ । अपरिचित व्यक्तिहरूको असामान्य दृश्यले चितुवाको क्रियाकलाप असामान्य बनेको प्राणीशास्त्री भिक्टर डायकोनोभले बताएका छन् ।

“चिडियाखानाबाट ६०० मिटरको दूरीमा बन्दुक हानाहान, हतियारका अवशेष, भाँचिएको घरका स्ट्यान्डहरू रहेकाले त्यो देखेर हाम्रा जनावरहरू धेरै चिन्तित छन्” चिडियाखानाका निर्देशक भोलिडिमिर तोप्ची भन्छन् ।

पहिलो रकेट चिडियाखानामा अवतरण भएको थियो । २७ फर्वरीमा अवतरण भएको त्यसले बाघ र ध्रुवीय भालुको घेराहरू बीचको पैदल मार्गलाई भत्कायो । अहिले १२० वर्ष अघि स्थापना भएको चिडियाखानाको संग्रहालयमा ति वस्तु प्रदर्शनमा छन् ।

“भाग्यवश आक्रमणमा कुनै कर्मचारी वा जनावरहरू घाइते भएनन्” उनले भनेका छन् ।

संग्रहालयका निर्देशक भोलोडिमिर टोप्ची चिडियाखानाबाट ६०० मिटर टाढा युद्धको ट्याङ्क अवतरण हुँदा यो घटना धेरै तनावपूर्ण रहेको बताउँछन् ।

तोप्चीका अनुसार युद्द शुरुभएदेखि चिडियाखानामा तीनवटा रकेटहरू अवतरण भएका छन् । त्य्समध्ये एउटा चिडियाघरमा अवतरण भएको थियो । अन्य दुईले चिडियाखानाको प्रशासनिक कार्यालय नजिकै हिर्काए । र त्यहाँ थप आउन सक्ने त्रास कर्मचारीहरुको छ ।

चिडियाखानामा ४०० प्रजातिका जिव छन् र ती मध्ये लगभग आधा खतरामा परेका प्रजातिहरूको अन्तर्राष्ट्रिय रातो सूची (आइ यु सि एन रेड लिस्ट) मा छन् ।

“तर उनीहरुको उद्धार सम्भव छैन” टोप्ची भन्छन् “जन्तु ओसारपसार गर्न पर्याप्त सवारी साधनहरू छैनन् । र ओडेसातर्फ जाने एक मात्र बाटो ट्राफिकले भरिएको छ ।”

“र यहाँ अझै धेरै चिसो छ । यदि हामीले जिराफ, हात्ती र हिप्पोपोटामसलाई बाहिर निकाल्यौं भने तिनीहरू नबाँच्ने खतरा छ” उनी थप्छन्।

टोप्चीले चिडियाखानाका जनावरहरूलाई त्याग्न अस्वीकार गरे । शहरमा ओहोरदोहोर गर्न असुरक्षित, खतरनाक यात्राहरू नगर्न चिडियाखानामा सुत्ने गरी आफ्नो अतिरिक्त शुल्कको पनि बेवास्ता गरेर जनवारको हेरचाह गर्ने लगभग १०० कर्मचारी सदस्यहरूको ‘वीर’ कार्यको प्रशंसा गरे ।

चिडियाखाना आगन्तुकहरूका लागि बन्द छ । तरपनि नागरिकहरु चिडियाखानालाई आफ्नो समर्थन गर्दै फेसबूक र अन्य सामाजिक सन्जालबाट टिकटहरू किन्न जारी राखेका छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक