शुक्रबार, वैशाख १४, २०८१

रुस-युक्रेन युद्द- मारिउपोलका बासिन्दाले छिमेकीहरूलाई अस्थायी चिहानमा गाड्नथाले

नेपालप्लस संवाददाता२०७८ चैत १४ गते २१:१२

युक्रेनको मारिउपोलमा युद्ध अघि लगभग चार लाख मानिसहरूको बसोबास थियो । तर अहिले यो नष्ट भएको शहरमा लगभग एक लाख ५० हजार मात्रै बाँकि छन्।

मारिउपोलको सडकमा दिनदिनै शव देखिन्छ । स्थानीयले उनीहरूलाई आफूले सक्ने ठाउँमा अस्थायी चिहानमा गाड्दै आएका छन् ।

यो शहर अझै पनि बस्न खोज्नेहरूलाई बाँच्नको लागि कष्टप्रद अवस्था हो ।

ओलेकन्दर मरिउपोलमा बस्छन् जहाँ कुनै सहयोग नभएको उनले फ्रंस २४ न्युजलाई बताए ।

“कसैले मद्दत गरेन । अपार्टमेन्टहरू जलिरहेका थिए । हामीले आगो निभाउन मद्दत मागेका थियौं तर कसैले गरेन । हाम्रा छिमेकीहरू हामीले हेर्दाहेर्दै मरे। त्यहाँ पिउने पानी, खाना केही छैन ।”

रूसले शहरी पैदल सेना सञ्चालन गरेर आफ्नै सेनाहरू गुमाउनुको सट्टा हवाई आक्रमण जारी राख्ने अनुमान स्थानियको छ ।

यद्यपि फ्रान्स, टर्की र ग्रीसले आउँदो दिनमा नागरिकहरुलाई भाग्न, बाहिर निस्किन चाहनेहरुका लागि मानवीय कोरिडोर खोल्न चाहेको फ्रान्सेली राष्ट्रपति एमानुएल माख्रोंले बताएका छन् ।

(स्रोत- एपी र युरोन्युज)

तपाइँको प्रतिक्रिया