शुक्रबार, वैशाख १४, २०८१

आफ्नो सुरक्षाकालागि अमेरिकीलाई प्रतिस्थापन गर्नुपर्ने युरोपेली युनियनको खाँचो

डा. एन्टोनियोस नेस्टोरस२०७८ चैत १५ गते ०:०२

Image credit-atlanticcouncil.org

उत्तर एटलान्तिक सन्धि संगठन (नाटो) का प्रथम महासचिव लर्ड हेस्टिङ्स लियोनेल इस्मेले नाटो सोभियत संघलाई बाहिर राख्न, अमेरिकीहरूलाई भित्र राख्न र जर्मनहरूलाई तल राख्नको लागि सिर्जना गरिएको बताएका छन् ।

इस्मेको बेलायती बुद्धिले महाद्वीपमा युद्धपछिको सुरक्षा व्यवस्थाका आधारभूत कुराहरूलाई उत्कृष्ट रूपमा आकर्षित गरेको छ । जसमा सुरुदेखि नै नाटो र युरोपेली एकीकरणको प्रक्रिया, युरोपेली कोइला र स्टिल उत्पादन समुदायदेखि युरोपेली संघसम्म समावेश थियो ।

७० वर्ष भन्दा बढी देखिको एक बलियो ट्रान्सएट्लान्टिक गठबन्धनले पूर्वबाट अधिनायकवादी विस्तारलाई रोक्यो । जबकि युरोपको क्रमिक एकीकरणले यो महाद्वीपमा युद्धलाई भौतिक रूपमा असंभव बनायो ।

अमेरिकी सैन्य उपस्थिति र नाटोले युरोपेली सुरक्षाको निर्क्यौल गर्‍यो । रुसलाई समावेश गर्‍यो । र जर्मनीलाई सैन्य शक्तिकै रुपमा रहन अनुमति दियो । कम प्रभावशिल सैन्य शक्ति । यद्यपि यो एक प्रमुख आर्थिक र औद्योगिक पावरहाउस थियो । यस सुरक्षा व्यवस्थाको राजनीतिक सन्दर्भ प्रायः परिवर्तन भयो । तर युरोपेली सुरक्षाको आधारभूत कुराहरू उस्तै रहे ।

तर, पछिल्लो समयमा युरोप नयाँ वास्तविकतामा ब्युँझिएको छ । अमेरिकी राष्ट्रपती ओबामादेखि ट्रम्प र बाइडेनसम्म अमेरिकी विदेश नीतिले युरोपबाट बाहिर निस्कने बाटो खोजिरहेको छ । सन् २०१४ देखि रुसो-युक्रेनी द्वन्द्वसँगै रूसले युरोपमा फर्कने बाटो खोजिरहेको छ ।

अन्तत : ईयु एक स्वायत्त सुरक्षा प्रदायक बन्नेबारे वर्षौंदेखि बहस गर्दै आएको छ । यसकोलागि जर्मनी आफ्नो आत्म-केन्द्रित शान्तिवादबाट माथि उठ्न आवश्यक छ । क्रमिक रूपान्तरणको अवधि पछि युक्रेनमा रूसको युद्ध एक उच्च बिन्दु हो जसमा लर्ड इस्मेको एक-लाइनर (एक पक्षिय) निति साँच्चै पुरानो देखिन्छ ।

एउटा थ्रेसहोल्डमा पुगेपछि प्रणाली द्रुत रूपमा परिवर्तन हुने आशा गरिन्छ । पुटिनले युक्रेनमा आक्रमण गरेपछि युरोपमा यस्तै भएको देखिन्छ । युद्धको साझा, एकताबद्ध र दृढ प्रतिक्रियाको आधारमा फ्रान्सको भसाई घोषणा र ईयुको रणनीतिक कम्पास (निर्णय) त्यसैको संकेत हो । ईयु र यसका राजधानी शहरहरु दुवै युरोपमा युद्ध-पश्चातको ऐतिहासिक परिवर्तनहरूसँग मिल्दोजुल्दो छन् ।

अमेरिकीहरू युरोपबाट बाहिर निस्कने र रुसीहरू युरोप भित्रिने क्रममा ईयुले नयाँ युरोपेली सुरक्षा व्यवस्थाको कल्पना गर्नुपर्नेछ ।

रुस-युक्रेन युद्ध दुई हप्ता पुगेको र रूस संसारमा सबैभन्दा प्रतिबन्धित देश बने पछि फ्रान्सेली राष्ट्रपतिले भसाइमा दुई दिने अनौपचारिक शिखर सम्मेलनको लागि ईयु राज्य र सरकारका अन्य २६ प्रमुखहरूलाई आमन्त्रित गरे । युरोपेली संघका नेताहरूले रुसी आक्रमणको विरुद्ध कडा घोषणा गरेका छन् । र युक्रेनलाई सम्भव भएसम्म कूटनीतिक, सैन्य र मानवीय सहायता प्रदान गर्न प्रतिबद्धता देखाएका छन् ।

भसाई घोषणापछि युरोपेली संघको इतिहासमा थपिएको थियो ‘ईयु नागरिक, मूल्य, प्रजातन्त्र र युरोपेली मोडेलको रक्षा गर्ने साझा जिम्मेवारी ।’ यसले युरोपेली सुरक्षाका तीनवटा प्रमुख आयामहरूमा केन्द्रित हुने नयाँ आधारभूत कुराहरू पनि वर्णन गरेको छ: इयु रक्षा क्षमताहरू सुदृढ गर्ने, ऊर्जा निर्भरता घटाउने र थप बलियो आर्थिक आधार निर्माण गर्ने ।

१० दिन पछि ईयुले रणनीतिक योजना अनुमोदन गर्यो । सम्भवतः युरोपेली एकीकरणको इतिहासमा साझा विदेश र सुरक्षा नीतिको लागि सबैभन्दा महत्वाकांक्षी योजना थियो त्यो । मार्च २५ मा ब्रसेल्समा युरोपेली परिषदले यसलाई अनुमोदन गर्यो ।

“क्वान्टम लीप फर्वार्ड” को रूपमा स्ववर्णन गरिएको यो निति वा कम्पासले ईयुको निर्णायक रूपमा कार्य गर्ने क्षमता सुधार गर्ने र ईयुलाई एक बलियो र अधिक सक्षम सुरक्षा प्रदायकका रुपमा परिणत गर्ने लक्ष्य राखेको छ । यो मस्यौदा सैन्य क्षमता विकास गर्न, रक्षा खर्च र सहयोग सुधार गर्न, सूचनामा आधारित खतराहरूको जवाफ दिन र समान विचारधारा भएका देशहरूसँग साझेदारीलाई सुदृढ पार्ने मार्गचित्र हो ।

भसाइ घोषणा र रणनीतिक कम्पासले भविष्यको ईयु कार्य र भूराजनीतिक अभिमुखीकरणको लागि एजेन्डा तय गरेको छ । यद्यपि उनीहरूले युद्धपछिको क्रमबाट गुज्रिरहेको परिवर्तनहरूको लामो समयसम्म चल्ने र सम्भवतः स्थायी प्रभावहरूलाई पनि बेवास्ता गर्छन् वा उचित ध्यान पुर्‍याउँदैनन् ।

एकातिर भसाई घोषणाले नियममा आधारित अर्डरको लागि ईयु समर्थनलाई पुन: पुष्टि गर्छ । अर्कोतर्फ रणनीतिक कम्पास युद्धपछिको युरोपेली सुरक्षा व्यवस्थाको रक्षा गर्न बाहिर निस्कन्छ । हो यो दोहोरो वा अलमलमा परेको जस्तो देखिन्छ । अर्थात् स्पष्ठता देखिन्न ।

यो मानक संस्थागत भाषा हो भन्न सकिन्छ । तर हामीले शक्तिको उदीयमान सन्तुलन र युरोपेली सुरक्षामा भएका आधारभूत परिवर्तनहरूले व्यवसायलाई सामान्य रूपमा समायोजन गर्न पर्याप्त नहुन सक्ने सम्भावनाको सामना गर्न आवश्यक छ ।

‘तेस्रो ध्रुव’

यसलाई सरल भाषामा भन्नुपर्दा यदि अमेरिकाले खर्च घटाउने वा खस्कँदो आर्थिक अवस्थाले गर्दा युरोपबाट आफ्नो सक्रियता घटाउन जारि राखेमा रूसलाई युरोपेली सुरक्षा व्यवस्थाबाट बाहिर राख्न असम्भव हुनेछ । शीतयुद्धको नियन्त्रण रणनीति अघि, रुस सधैं महाद्वीपमा शक्ति सन्तुलनको अभिन्न अंग भएको छ भनेर हामीले बिर्सिनु हुँदैन ।

योसँगै अमेरिका र चीनबीचको द्वन्द्व चर्किँदै गएमा युरोप नयाँ शीतयुद्धको बिचमा फस्ने छ । र ७० वर्ष पहिले युरोपले मद्दत गर्न सकेन । तर शीतयुद्धको रंगमञ्च मात्र बन्न सक्यो । आज अर्को महाशक्तिको सक्रियता घट्यो वा पछाडी फर्कियो भने यो युरोपको एक मात्र विकल्प हो भन्ने मान्नु भ्रम हुनेछ ।

विश्वमा पुन: उदीयमान द्विध्रुवीयतालाई ध्यानमा राख्दै रुसको प्रभाव अब महाद्वीपमा गहिरो अमेरिकी प्रवेशद्वारा निहित छैन । बरु युरोपले कदम चाल्नुपर्छ । सुरक्षा रिक्तता भर्नुपर्छ र तेस्रो ध्रुवको रूपमा थप जिम्मेवारीहरू लिनुपर्छ । शक्तिको थप जिम्मेवारी र रणनितिहरु बनाउनुपर्छ । जिम्मेवारीहरू जुन साझा विदेश नीति र रक्षा सहयोगमा मात्र सीमित छैनन् बरु ऊर्जा सुरक्षा, अन्तर्राष्ट्रिय संगठनहरू, लोकतान्त्रिक लचिलोपन र रणनीतिक स्वायत्ततालाई बलियो बनाउने नयाँ नीतिहरू पनि समावेश हुनुपर्ने छन् ।

पछिल्लो ब्याख्या ईयु शब्दजालको लामो इतिहासमा न त पछिल्लो जारगन (नबुझिने किसिमले गोलमाल गरेर प्रयोग गरिने अस्पष्ठ शब्द) हो न त फ्रान्सेली लहड वा माख्रोंको पुन: चुनाव अभियानमा केही गोल हान्ने पोष्टनै हो । यो कुरा धेरैले बिपरित तरिकाले सोच्न सक्लान्, तर ईयु रणनीतिक स्वायत्तता युरोपको लागि एक वास्तविक सुरक्षा अनिवार्यता हो ।

यदि ईयु आफ्नो महादेशमा शान्तिको अर्को लामो अवधि सुनिश्चित गर्न चाहन्छ भने त्यसले सुरक्षा प्रदायकको रूपमा आफ्नो महाद्वीपीय र विश्वव्यापी भूमिकालाई पूर्ण रूपमा अँगाल्नुपर्छ । त्यसमा सक्षम हुनै पर्छ ।

अमेरिकीहरू नाटोबाट (र ईयुबाट) बाहिरिने र रुसीहरू भित्रिने क्रममा ईयुले परिवर्तनशील आधारभूत कुराहरूको नेत्रित्व लिने वा अग्रिम भूमिका खेल्नुपर्छ । र नयाँ युरोपेली सुरक्षा व्यवस्थाको कल्पना गर्नुपर्ने हुन्छ ।

(डा. एन्टोनियोस नेस्टोरस युरोपेली लिबरल फोरममा नीति तथा अनुसन्धान प्रमुख र भियुबी ब्रसेल्स स्कूल अफ गभर्नेन्सका सहायक प्राध्यापक हुन् । यो लेखलाई युरोन्युजबाट लिएर नेपालीमा भावानुवाद गरिएको हो-संपादक।

तपाइँको प्रतिक्रिया