शुक्रबार, चैत १६, २०८०

रुसी युद्धविरामको बदलामा युक्रेनद्वारा तटस्थ नितिसहित पाँच प्रमुख प्रस्ताव

रूसले कीभ वरिपरि सैन्य गतिविधिलाई घटाउने

नेपालप्लस संवाददाता२०७८ चैत १५ गते २२:५८

२९ मार्च २०२२ मा टर्कीको इस्तानबुलमा युक्रेन र रूस बीच भएको वार्ता । foTo- AA via dailysabah.com

युक्रेनले रुसी सेना पूर्ण युद्धविराम गर्न सहमत भएमा तटस्थ निति र रुसले कब्जा गरेको क्रिमियाको भविष्यबारे १५ वर्षको परामर्श अवधि अपनाउनेसहित पाँच प्रमुख प्रस्ताव गरेको छ । मंगलबार टर्कीको इस्तानबुलमा शान्ति वार्ताको समापनमा वार्ताकारहरूले उक्त तथ्य सार्वजनिक बताएका हुन् ।

इस्तानबुलमा द्विपक्षिय वार्ता लगत्तै फ्रान्सका राष्ट्रपती एमानुयल माख्रोंले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुरा गरेका थिए ।

वार्ता समाप्त भएपछि साँझ युरोपको समय अनुसार साँझ साँढे सात बजे बाइडेन, र युरोपेली सहयोगीहरूले वार्ताकालागि दवाव बढाउने र युक्रेनलाईस् सहयोग जारिर राख्ने सहमति गरेका छन् ।

‘अमेरिकी राष्ट्रपति जो बाइडेन र प्रमुख पश्चिमी युरोपेली सहयोगीहरूले मंगलबार फोन कलमा युक्रेनमा आक्रमण गरेकोमा रुसमाथिको प्रतिबन्ध जारी राख्न सहमत भए’ ह्वाइट हाउसले भनेको छ ।

“नेताहरूले युक्रेनमा रुसको क्रूर आक्रमणको लागि लागत बढाउने र युक्रेनलाई आफ्नो रक्षाको लागि सुरक्षा सहायताको आपूर्ति जारी राख्ने आफ्नो दृढ संकल्पलाई पुष्टि गरे” बाइडेनले बेलायती, फ्रान्सेली, जर्मनी र ईटालीका नेताहरूसँग कुरा गरेपछि जारी गरिएको ह्वाइट हाउसको विज्ञप्तिमा उल्लेख छ ।

“उनीहरूले प्रतिबन्धका कारण वर्तमान अवरोधहरूको सन्दर्भमा स्थिर ऊर्जा बजारहरूलाई समर्थन गर्ने महत्त्वबारे पनि छलफल गरे” विज्ञप्तिमा भनिएको छ ।

फ्रान्सेली राष्ट्रपती माख्रोंले ‘यस चरणमा मारिउपोलमा कुनै मानवीय मिशन सम्भव नभएको’ उल्लेख गरेका छन् ।

राष्ट्रपति एमानुएल माखोंले रुसी राष्ट्रपती पुटीनसित फोनमा वार्ता गरेपछि माखोंको कार्यालयले जारि गरेको बिज्ञप्तीमा भनिएको छ “फ्रान्सले युक्रेनी बन्दरगाह मारिउपोल जाभमा नागरिकहरूलाई मद्दत गर्न खोजेको मानवीय अपरेशनको सर्तहरू यस चरणमा पूरा भएन ।”

माख्रोंले टर्की र ग्रीससँगै खोजिएको मिशनबारे पुतिनलाई रूपरेखा दिएको र पुटीनले प्रतिक्रिया दिनु अघि यसबारे सोच्न गइरहेको माख्रोंकोलाई बताएको फ्रान्सको राष्ट्रपती कार्यालयको स्रोतलाई उल्लेख गर्दै फ्रंस २४ न्युजले जनाएको छ ।

फ्रंस २४ का अनुसार रुसी सेनालाई युक्रेनी सेनाले हाल स्थिर राखेको मात्रै होइन कि पछि पछि धकेल्दै गएकोपनि उल्लेख गरेको छ ।

संयुक्त राज्य अमेरिका, बेलायत, फ्रान्स, जर्मनी र इटालीका नेताहरूले मंगलबार मस्कोले युक्रेनी सहरको वरिपरि लडाई घटाउने संकेत गरेपनि रुस विरुद्ध आफ्नो निगरानी नहटाउन पश्चिमी देशहरु सबैलाई आग्रह गरेका छन्।

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनको डाउनिङ स्ट्रिट कार्यालयबाट पठाइएको लेखोट अनुसार ‘उनीहरूले युक्रेनमा ल्याएको त्रासदी समाप्त नभएसम्म पश्चिमी संकल्पमा कुनै ढिलाइ हुन नसक्ने’ बताएका छन् ।

रुसका आफ्नो तर्फबाट राजधानी वरिपरि, कीभ र चेर्निगिभ सहर वरपर सैन्य गतिविधिमा कमी ल्याइने बताएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले मंगलबार रुसले युक्रेनमा आफ्नो सैन्य कारबाही घटाउन कुनै कदम चाल्छ चाल्दैन भन्ने हेर्न बाँकी रहेको उल्लेख गरेका छन् । उनले अमेरिका र आफ्ना सहयोगीहरूले युक्रेनलाई सहयोग गर्न रुसमाथि कडा प्रतिबन्ध र सहायता जारी राख्ने बताएका छन् ।

पूर्वी युक्रेनमा रहेको रुस समर्थित स्वघोषित डोनेट्स्क ‘जनगणतन्त्र’ले युक्रेनको सम्पूर्ण डोनेट्स्क क्षेत्रलाई नियन्त्रण गरेपछि रुससँग सामेल हुने विचार गर्न सक्ने बताइएको छ ।

“मुख्य कार्य भनेको गणतन्त्रको संवैधानिक सिमानामा पुग्नु हो । त्यसपछि हामी त्यो निर्धारण गर्नेछौं” डोनेट्स्क समाचार एजेन्सीले डोनेट्स्क जनगणतन्त्रका प्रमुख डेनिस पुशिलिनलाई उद्धृत गर्दै भनेको छ ।

अमेरिकी राज्य सचिव एन्टोनी ब्लिन्केनले युक्रेन शान्ति प्रयासमा रूस ‘गम्भीर’ भएको कुनै संकेत नरहेको बताएका छन् ।

“टर्कीमा रूसी र युक्रेनी अधिकारीहरू बीचको वार्ताले युद्ध अन्त्यतर्फ प्रगतिको आशा जगाए पनि युक्रेनमा आक्रमण गरेपछि शान्ति तिर डोर्‍याउन रसियाबाट वास्तविक गम्भीरताको संकेत वाशिंगटनले देखेको छैन” राज्य सचिव एन्टोनी ब्लिन्केनले मंगलबार भने ।

ब्लिन्केनले यो वार्तामा वास्तविक प्रगति भएको छ कि छैन भनेर वर्णन गर्ने काम युक्रेनमा निर्भर रहने तर संयुक्त राज्य अमेरिका रुसको बोलीमा नभएर कार्यमा केन्द्रित हुने बताएका छन् ।

मारिउपोलका जनतालाई राष्ट्रवादीको नाममा हतियार दिने काम बन्द गर्नुपर्ने पुटीनले माख्रोंलाई बताएका थिए ।

रुसी सैन्य कार्यालयले एक विज्ञप्तिमा भन्यो “यस सहर (मारिउपोल) मा कठिन मानवीय अवस्थाको समाधान गर्न युक्रेनी राष्ट्रवादी लडाकुहरूले प्रतिरोध गर्न छोड्नुपर्छ र हतियार बिसाउनुपर्छ भन्नेमा जोड दिइएको थियो ।”

रुसले युक्रेनलाई लक्षित गरेर बारम्बार हाइपरसोनिक मिसाइलहरू प्रहार गरेको अमेरिकी जनरलले बताएका छन् ।

“रुसले युक्रेनी सैन्य लक्ष्यहरूमा बारम्बार हाइपरसोनिक मिसाइलहरू प्रहार गरेको छ” युरोपका अमेरिकी शीर्ष सैन्य कमाण्डर, वायुसेना जनरल टोड वोल्टर्सले मंगलबार सिनेटको सुनुवाईमा भने “ती धेरै जसो आक्रमणहरू विशेष सैन्य क्षेत्रमा लक्षित गरिएको छ ।”

रुसले मार्च १९ मा युक्रेनको पश्चिमी इभानो-फ्राङ्किभस्क क्षेत्रमा रहेको ठूलो हतियार भण्डारलाई नष्ट गर्न हाइपरसोनिक किन्जल (डागर) मिसाइल प्रयोग गरेको घोषणा गरेको थियो ।

मङ्गलवार टर्कीमा रुससँग भएको वार्तामा युक्रेनले एक महिना लामो द्वन्द्व समाधानका लागि विभिन्न प्रस्तावहरू राखेको थियो ।

प्रमुख प्रस्तावहरूको सारांश यस्तो छ:

१) सुरक्षा ग्यारेन्टीहरू: युक्रेन पश्चिमी देशहरूबाट कानुनी रूपमा बाध्यकारी सुरक्षा ग्यारेन्टी चाहन्छ जुन उसले नाटोको सामूहिक सुरक्षा ग्यारेन्टीसँग बराबर वा राम्रो हुने बताएको छ ।

“हामी सुरक्षा ग्यारेन्टीको अन्तर्राष्ट्रिय संयन्त्र चाहन्छौं जहाँ ग्यारेन्टर देशहरूले नाटोको बुँदा नम्बर पाँच र अझ त्यो भन्दा बढी दृढताका साथ काम गर्नेछन्” युक्रेनी वार्ताकार डेभिड अरखामियाले रूसी प्रतिनिधिमण्डलसँगको वार्तापछि पत्रकारहरूलाई भने ।

२) नाटो होइन तटस्थता : यस्तो सुरक्षा ग्यारेन्टीसँग युक्रेन तटस्थ हुनसक्छ जसको प्रभावमा यसले नाटोमा सामेल हुने आफ्नो आकांक्षा त्याग्नेछ ।

“यदि सुरक्षा ग्यारेन्टीले काम गर्छ भने युक्रेनले तटस्थ स्थिति स्वीकार गर्नेछ” अरखामियाले भने ।

३) विदेशी सैन्य आधारहरू नरहने : वार्ताका अर्का युक्रेनी वार्ताकार ओकेसान्डर चालीले भने “विदेशी सुरक्षा ग्यारेन्टीहरू भएका कारण युक्रेनले आफ्नो भूमिमा कुनै पनि विदेशी सैन्य अड्डा राख्न दिँदैन “।

४) ईयु सदस्यता : कीभले देशको सुरक्षासम्बन्धी अन्तर्राष्ट्रिय सम्झौताले युक्रेनले इयुको सम्भावित सदस्यतामा अवरोध नगर्ने कुरामा जोड दिए ।

५) क्षेत्रीय अखण्डता : युक्रेनले क्राइमिया र पूर्वी डोनबास क्षेत्रमा छुट्टिएका क्षेत्रहरूको प्रश्नलाई त्याग्न प्रस्ताव गरेको छ ।

सुरक्षा ग्यारेन्टीहरू चाँडै लागू हुनको लागि सम्झौताले यी क्षेत्रहरूलाई अस्थायी रूपमा बहिष्कार गर्नेछ” अरखामियाले भने।

दिउँसो साँढे तीन बजे भएको वार्तालाई टर्कीले युद्ध सुरु भएदेखिको ‘सबैभन्दा महत्त्वपूर्ण प्रगति भएको बताएको छ ।

टर्कीका विदेशमन्त्री मेभलुत काभुसोग्लुले रुस र युक्रेनबीच मंगलबार इस्तानबुलमा भएको वार्तालाई दुई देशबीच युद्ध सुरु भएयताको सबैभन्दा महत्त्वपूर्ण प्रगति भएको बताएका हुन् ।

मस्को र कीभ दुवैका प्रतिनिधिमण्डलबीच तीन घण्टाको वार्तापछि बोल्दै काभुसोग्लुले रुसले युक्रेनमा आक्रमण गरेपछि वार्ता सुरु भएदेखिको सबैभन्दा महत्त्वपूर्ण प्रगतिलाई प्रतिनिधित्व गरेको उल्लेख गरे । बुधबार वार्ता पुनः सुरु नहुने उनले बताए ।

रूसले कीभ वरिपरि सैन्य गतिविधिलाई घटाउने

रुसले इस्तानबुलमा अर्थपूर्ण वार्ता गरेपछि राजधानी किभ लगायत उत्तरी युक्रेनमा आफ्नो सैन्य गतिविधिलाई अर्थपूर्ण रूपमा कम गर्ने मस्कोका वार्ताकारहरूले मंगलबार बताएका छन् ।

“युक्रेनको तटस्थता र गैर-आणविक स्थिति सम्बन्धी सम्झौताको तयारीका लागि भएको वार्ता व्यावहारिक देखिएपछि अर्थपूर्ण रूपमा कीभ र चेर्निगिभका क्षेत्रमा सैन्य गतिविधि घटाउने निर्णय गरिएको छ” रूसका उप रक्षामन्त्री अलेक्जेंडर फोमिनले भने ।

मुख्य वार्ताकार भ्लादिमिर मेडिन्सकीले वार्तामा “अर्थपूर्ण छलफल” भएको र युक्रेनी प्रस्तावहरू रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसमक्ष राखिने बताए ।

“आजको अर्थपूर्ण छलफल पछि हामी सहमत भएका छौं र समाधानको प्रस्ताव राखेका छौं । जसअनुसार सन्धिको प्रारम्भिक मस्यौदा विदेश मन्त्रीहरूसँग एकैसाथ राष्ट्र प्रमुखहरूको बैठकमा राख्न सम्भव छ” मेडिन्स्कीले थपे।

‘सम्झौतामा छिट्टै काम गर्ने र आवश्यक सम्झौता हुने अवस्थामा शान्ति स्थापनाको सम्भावना झन् नजिकिने छ’ उनले भने ।

युक्रेनले रुसलाई ईयूमा सामेल हुने कुनै पनि विरोध त्याग्न प्रस्ताव गरेको रुसी अधिकारीले बताएका छन् ।

रुसी प्रमुख वार्ताकार भ्लादिमिर मेडिन्स्कीले मङ्गलबार इस्तानबुलमा भएको वार्तामा युक्रेनले रुसलाई दिएको प्रस्तावमा रुसले युक्रेनलाई युरोपेली संघमा सामेल हुने कुराको विरोध नगर्ने कुरा समावेश गरेको बताए ।

इस्तानबुलमा रुस र युक्रेनबीचको वार्तापछि सरकारी टेलिभिजनमा प्रसारित फुटेजमा उनले यस्तो टिप्पणी गरेका हुन् ।

(नेपालप्लससँगै फ्रंस २४, एएफपी, एपी र रोयटर्स)

तपाइँको प्रतिक्रिया

फेसबुक