शुक्रबार, वैशाख १४, २०८१

नग्न हिम चिप्लेटीको रोचक परम्परा

नेपालप्लस संवाददाता२०७८ चैत १६ गते १५:३३

अमेरिकास्थित कोलोराडोको सानो पहाडी सहरमा एउटा परम्परा छ । हिउँको मौसमको अन्त्यमा सबै स्की लिफ्टहरू बन्द हुनुभन्दा अघिल्लो दिन र हिउँको याम भरिका कामदारहरूले राहतको गहिरो सास फेर्छन् । खासगरि महिला कामदारहरुले एउटा ठूलो भोज गर्छन् । आफ्नो बिकिनी लगाएर ढलानहरूमा गएर स्की गर्छन् । यो खुब रमाइलो हुन्छ । तिनकोलागि भोजगर्ने, सामुहिकरुपमा बस्ने र पहाड तल चिप्लेटी खेल्ने तीव्र जाडोबाट बच्ने तरिका हो ।

हिउँमा चिप्लेटी खेल्दा उनीहरु आफ्नो पौडी खेल्ने लुगा लगाउँछन् र गर्मीमा आधा ज्यान छोप्ने पातला लुगा लगाउँछन् । सामान्यतया यस समयमा पहाडको तल्लो भागको हिउँ पहिले नै पग्लिसकेको हुन्छ । र उनीहरु अलि पातलिएको हिउँमा आफ्नो बाटो समाप्त गर्छन् ।

नग्न पुठ्ठा

पहिलो पटक यसको अनुभव लिने धेरै हुन्छन् । धेरैलाई थोरै लुगा लगाएर हिउँमा जानु एउटा अनौठो विचार हो जस्तो लाग्छ । महिलाहरुले आधा वस्त्र लगाएका हुन्छन् । तिनको पुठा नग्न हुन्छ । धेरैलाई थाह हुन्न ‘नग्न स्कीइङ पहाड संस्कृतिको एक आकर्षक भाग हो र यसको एक लामो इतिहास छ ।’

विश्वभरि विभिन्न रिसोर्टहरूमा यो सबै बन्द गर्ने र हिमालबाट तल रूसदेखि जापान हुँदै अमेरिका जाने परम्परा छ।

नाङ्गो हुनु एक परम्परागत भाग हो । र यदि तपाइँको पुठ्ठा समदूरीमा छैन वा यताउति निस्किएको छ र पनि चिप्लेटी कुशलतापूर्वक खेल्नुभएको छ भने तपाइँले हरेक ट्रिकको लागि दोब्बर अंक प्राप्त गर्न सक्नुहुन्छ । यसको पुरा नियमहरूको पूर्ण सूची रोब ग्याफनीको पुस्तक स्कालीउडमा पाउन सकिन्छ ।

अमेरिकाको कोलोराडोका केहि भागमा महिलाहरुका लागिपनि यस्तो हिम चिप्लेटी खेल्ने ठाउँको विकास गरिएको छ । अझै थप विकास गर्न चाहन्छन् ।

पुरुष-प्रधान संसारमा प्राय: केटाहरूले मात्र आफ्नो लुगा फटाफट निकाल्न सक्छन् जस्तो लाग्न सक्छ । तर महिलाहरूले पनि अहिले आफ्नो ठाउँ बनाइरहेका छन् ।

यस वसन्तको सुरुमा कोलोराडोमा महिलाहरूको समूह ब्लुबर्ड ब्याककन्ट्रीको वेस्ट बाउलको पहाड चढे । रमाएर बाहिर निस्किए र बिकिनीमा हिम चिप्लेटी खेले ।

आयोजक जेनी भेरोचीले स्किम्यागाजिनलाई बताइन् -यो बाहिरी संसारमा रमाइलो ल्याउनकालागि हो । हामी सबै महिलाहरू रमाईलो मनाउन चाहन्छौं । यो स्कीमा वृद्ध, युवा, जगल्टे, कपाल रहित, ट्याटूवाला, घुम्रो कपाल भएको सबैकालागि हो । उनीहरूले गर्न सक्ने सबै चीज गर्न सक्छन् ।”

यस्तो ठाउँमा महिलाहरूले स्वतन्त्र, अपनत्व महसुस गर्नाले रमाइलो सुरक्षित ठाउँ सिर्जना गर्न चाहेको आयोजकले बताएका छन् ।

तपाइँको प्रतिक्रिया