शुक्रबार, वैशाख १४, २०८१

फ्रान्समा ६३ प्रतिशत गैर-अर्गानिक फलफूल, तरकारी र अनाज विषादीयुक्त

नेपालप्लस संवाददाता / फ्रान्स२०७८ चैत १७ गते १६:४१

फ्रान्समा प्रयोग गरिने ६३ दशमलव १ प्रतिशत गैर-अर्गानिक फलफूल, तरकारी र अनाजमा विषादी हुने गरेको पाइएको छ । प्रतिस्पर्धा, उपभोक्ता मामिला र ठगी रोकथाम (डिजीसिसीआरएफ) को महानिर्देशनालय द्वारा २०२० मा लिइएको नमूनाहरुको तथ्याङ्कले यो तथ्य सार्वजनिक गरेको हो ।

“परम्परागत फलफूल, तरकारी र अनाजको लगभग दुई तिहाइमा कीटनाशक अवशेषहरू हुन्छन्” संघले उल्लेख गरेको छ ।

त्यसले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार खाना विषादीको जोखिमको मुख्य स्रोत भएकोसमेत उल्लेख गरेको छ । बाहिरी र भित्री हावा, माटो वा सागसब्जीको भित्रि भागसम्म धुलोको प्रदूषण, बगैंचा वा घरपालुवा जनावरहरूमा कीटनाशकको ​​प्रयोग भएको जनाएको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक