बिहीबार, वैशाख १३, २०८१

देश छोडेर भागेका युक्रेनी धमाधम फर्किंदै, तीन लाख ६४ हजार नाघ्यो

अलेक्जेन्डर ब्रेजार२०७८ चैत १७ गते १८:४९

Image Credit-screen shot via UNHCR/Chris Melze

रुस र युक्रेनबिचको युद्द छ हप्ता पुग्दै गर्दा युक्रेन छोडेर युरोपेली देश भागेमा युक्रेनीहरु आफ्नै देश फर्किन थालेका छन् र त्यसरि फर्किनेको संख्या तीन लाख ६४ हजार नाघेको छ ।

सयौं युक्रेनीहरू लगभग पूरै महिला, वालवालिका र वृद्धहरू सोमबार राति दक्षिण-पूर्वी पोल्याण्डको मुख्य शरणार्थी हब, प्रजेमिसलमा कीभ जाने रात्रि रेलको लाइनमा उभिएका थिए ।

तिनीहरूमध्ये ४६ वर्षीया नतालिया, बाक्लो कोट र स्कार्फमा बेरिएकी थिइन् । आफ्नो १६ वर्षीय छोरालाई पोल्याण्डको काटोविस शहरमा छोडेर जापोरिज्जियाको लाइनमा पर्खिरहेकी थिइन् ।

“मुख्य कुरा मेरो बच्चालाई बाहिर निकाल्नु थियो” उनले भनिन् “मैले मेरो छोरालाई युद्दको भुउँरोबाट हटाउन सफल भएँ । मैले उसलाई ल्याएँ । मैले उसलाई युद्ध समाप्त नभएसम्म यहाँ बस्न छोडें र म मेरो श्रीमान् र मेरी आमाकहाँ फर्कंदैछु ।”

दक्षिण-पूर्वी युक्रेनको सहर जापोरिजिया आक्रमणको सुरुदेखि नै रुसी सेनाद्वारा निरन्तर आक्रमण र अन्धाधुन्ध गोलीबारीको प्रभावमा छ ।

यो युरोपको सबैभन्दा ठूलो आणविक उर्जा संयन्त्रको घर पनि हो जुन मार्चको सुरुमा गोलाबारी र आगोको विस्फोटले यसका रिएक्टरहरूको सम्भावित विस्फोट हुनसक्ने त्रास फैलिएको थियो । त्यसको परिणामस्वरूप त्यसले ठूलो प्रकोप निम्त्याउन सक्छ भन्ने चिन्ता जगाएको थियो । सन् १९८६ मा चेरनोबिलमा यस्तै विपत्ति भएको थियो ।

रुसले एक महिना अघि आक्रमण गरेपछि ३९ लाख भन्दा बढी युक्रेनीहरू आफ्नो देशबाट भागेका थिए जसमा अधिकांश पोल्याण्डतिर लागेका थिए ।

तर नतालियाको लागि लडाईमा हालसालै शान्ति आउने संकेत देखिएकाले फर्कने सम्भावना खोल्यो । किनकि विदेशमा बस्ने विकल्प असहज बन्दै गयो । उनले युक्रेनका धेरै देशवासीहरूले यस्तै महसुस गर्ने बताईन् ।

“धेरै फर्किरहेका छन् । किनभने उनीहरूले आवास पाउन सकेनन् । उनीहरूले काम पाउन सकेनन् । त्यसैले यहाँ बस्ने सम्भावना छैन । हामी धनी छैनौं र हामीले यहाँ छुट्टी मनाउन आउने लक्ष्य राखेका थिएनौं ।”

“घरमा कम्तिमा हामी आफ्नै स्रोतहरूबाट बाँच्न सक्छौं । घर भनेको घर हो” नतालियाले जोड दिईन् ।

युद्धको डरभन्दा परिवारको चिन्ता बढी

स्टेशनमा रहेका अरू धेरैले आफूहरू घर फर्कनुको एउटा कारण परिवारका सदस्यहरूको चिन्ता र उनीहरूको शरणस्थलहरूमा सुरक्षाको कमी रहेको बताए ।

७१ वर्षीय कानुनका प्राध्यापक युरीले राजधानीमा एक्लै बसेकी आफ्नी वृद्ध आमाको कारणले आफू कीभ फर्किएको बताए ।

“यो यस्तो समस्या हो जुन मैले समाधान गर्न आवश्यक छ । तर मसँग त्यहाँ मेरा साथीहरू छन् । मेरा पुस्तकहरू, मेरो कम्प्युटर छ । म त्यहाँ बसोबास गरेको महसुस गर्छु । ”

तर सबै स्थायी रूपमा फर्किएका छैनन् । कोही अरूलाई आधा बाटोसम्म लिनको लागि मात्र आएका छन् । कसैले परिवारका सदस्यहरू बोलाएका छन् वा घरपालुवा जनावरहरू लिएर आएका छन् ताकि उनीहरूले तिनीहरूलाई सुरक्षा दिएर र बाटो देखाउँदै लैजान सकून् ।

३४ वर्षीया मरीना आफ्नी १३ वर्षीया छोरीलाई नेदरल्यान्ड्स पुर्‍याउनकालागि आफ्ना आमाबुवासँग भेट्न लभिभ जाँदै थिईन् ।

किभको रेल लगभग तीन घण्टा ढिलो भएको थियो । त्यसबीचमा पानी पर्न थालेपछि उनी मंगलबार राति अरू सयौंसँग पर्खिरहेकी थिइन् ।

प्लेटफर्ममा भेला भएकाहरूले धैर्यताका साथ पर्खिरहेका थिए । दर्जनौं भन्दा बढी वालवालिकालाई स्ट्रेचरमा ल्याएर एम्बुलेन्स गाडीहरूले लगेका थिए ।

“म अलिकति डराएको छु । तर मैले देखें, धेरै मानिसहरू सामान्य रूपमा फर्किरहेका छन् । मानिसहरू नडराएको देखेर म खुसी छु। मानिसहरू लिभिभ वा पोल्ताभा भन्दा पनि कम सुरक्षित ठाउँहरूमा जाँदै छन् । यसले मलाई साहस दियो” उनले भनिन् ।

बिचमा भेटिने मानव छाल

यस्टजेसिनका मासियक युद्धको सुरुदेखिनै अग्रणी यहूदी राहत संस्था जेडिसीबाट स्वयंसेवा गर्दै आएका छन् ।

उनले आइतवार प्र्जेमिसल फर्कनु अघि धेरै दिन विश्राम लिए । र उनले युक्रेनबाट आउने मानिसहरूको संख्या उल्लेखनीय रूपमा कम भएकोमा आफू छक्क परेको बताए ।

त्यहि समयमा आफ्नो घर फर्कने मानिसहरूको संख्या अहिले बढेको छ । लगभग जति मानिसहरू अहिले युद्धबाट भागिरहेका छन् उतिनै मानिसहरु फर्किरहेको उनी र अन्य स्वयंसेवकहरू विश्वास गर्छन् । यो प्रजेमिसल रेल स्टेसनबाट यात्रा गर्नेहरूको द्रिष्यले बताउँछ ।

“दुई हप्ता अघि जब म यहाँ थिएँ ठूलो गडबड देखिन्थ्यो । तर अब त्यसरि बाहिरिनेको लहर धेरै सानो छ । धेरै मानिसहरू फिर्ता जाँदैगरेको याद गर्नसक्नुहुन्छ । तिनीहरूमध्ये धेरैले यो निर्णय गरिरहेका छन् ।”

“देश फर्किने छाल र भाग्नेको छाल मध्यान्हमा भेटिएर बराबरी जस्तो देखिन्छ” उनले भने।

पोल्यान्डको सीमा प्रहरीले आफ्नो तथ्याङ्क अनुसार करिब २१ हजार युक्रेनीहरू देशमा प्रवेश गरेको बताएको छ । र अर्को १२ हजारले सोमबार छोडेको बताएको छ । २४ फर्वरी देखि कुल तीन लाख ६४ हजार मानिसहरू युक्रेन फर्किएका छन् ।

युक्रेनबाट भाग्ने शरणार्थीहरूको लागि पोल्याण्ड सबैभन्दा ठूलो एकल गन्तव्य भएको छ । संयुक्त राष्ट्रसंघको तथ्याङ्कअनुसार त्यहाँ करिब २३ लाख मानिसहरू बसोबास गर्ने सोचका साथ पुगेका छन् ।

केहि युक्रेनीहरूका लागि पोल्याण्डमा जीवन चुनौतीपूर्ण साबित भएको छ । र तिनीहरूको अवस्था स्रोतको अभावको कारण निराश बनेको म्याकिकले बताए ।

पोल्याण्डका धेरै शरणार्थीहरूले साधारण मानिसहरूको दयामा भर पर्नुपर्‍यो । किनकि युरोपभरका देशहरूले आधारभूत निर्वाह गर्न पुग्ने शुल्कहरू प्रदान गर्न मद्दत खोज्नेहरूलाई कागजातहरूदेखि लिएर सबै कुरामा एकीकृत, योजनाबद्ध तरिकाले पुर्‍याउन संघर्ष गरिरहेका थिए । आधारभूत खर्च पुर्‍याउनपनि उनीहरुले निकै हारगुहार गरिरहेका थिए ।

रोजगारको बजार र उच्च शिक्षा धेरैका लागि पहुँच गर्न गाह्रो विषय बनेको छ । युक्रेनबाट भाग्ने शरणार्थीहरूको लागि पोल्याण्ड सबैभन्दा ठूलो एकल गन्तव्य भएको छ । संयुक्त राष्ट्रसंघको तथ्याङ्क अनुसार त्यहाँ करिब २३ लाख मानिसहरू बसोबास गर्ने सोचका साथ पुगेका छन् ।

केहि युक्रेनीहरूका लागि पोल्याण्डमा जीवन चुनौतीपूर्ण साबित भएको छ । र तिनीहरूको अवस्था स्रोतको अभावको कारण निराश बनेको म्याकिकले बताए ।

मार्चको सुरुमा संयुक्त राष्ट्र संघका अधिकारीहरूले चेतावनी दिएका थिए – ९० प्रतिशत युक्रेनीहरूले गरिबी र चरम आर्थिक जोखिमको सामना गरिरहेका छन् जसले देशलाई दशकौं पछाडि धकेल्दै छ । गहिरो आर्थिक दाग छोडेको छ । शरणार्थीहरू विशेष गरी यो जोखिममा छन् ।

सबैभन्दा ठूलो समस्या भनेको क्षमताको अभाव हो । फर्केका कतिपयले देशका दुर्गम भागहरूमा खेलकुद हल र व्यायामशालामा हप्ता दिन बिताएका छन् । उनीहरूका लागि राम्रो व्यवस्था मिल्छ कि मिल्दैन भन्ने निश्चित छैन । तिनीहरूका परिवारका सदस्यहरूले सँगै उचित बसोबास पाउँछन् कि पाउँदैनन् ? यदि तिनीहरूले केही समय पर्खेपनि त्यसको टुंगो छैन ।

“यहाँको वास्तविकताका कारण मानिसहरू फर्किरहेका छन् । हामीलाई घाँटीसम्म आइसक्यो । म उत्तरपश्चिमी पोल्याण्डको हुँ, जर्मनीको सिमाना नजिक। र त्यहाँ पनि धेरै शरणार्थीहरूलाई मद्दतको खाँचो छ ”म्याकिकले भने ।

“तपाई संसारलाई भन्न सक्नुहुन्छ यहाँ जे राम्रो छ त्यो धेरैजसो पोल्याण्डका मानिसहरूको कारणले हो । अरु सरकारले गर्दा होइन” उनले भने ।

तर युएनएचसीआरका प्रवक्ता राफाल कोस्ट्रजिन्स्कीका अनुसार पोल्याण्ड सरकारले असाधारण काम गरिरहेको थियो ।

“युक्रेनी आगमनको उच्च संख्यालाई ध्यानमा राख्दै सरकारले उल्लेखनीय रूपमा राम्रो गरिरहेको छ” उनले भने ।

“उनीहरूले सिमाना खुला राखे जुन धेरै स्वागतयोग्य दृष्टिकोण हो । उनीहरूले युक्रेनी शरणार्थीहरूलाई मात्र नभई तेस्रो देशका नागरिकहरूलाई पनि सिमानाहरू खोलिदिए, जुन सराहनीय पनि छ ।”

“समस्याहरू छन् । त्यहाँ असमानताका ठाउँहरू छन् । त्यहाँ जोखिमहरू छन् । र यस्तै अन्य कारणपनि छन् । तर सम्पूर्ण सन्दर्भलाई हेरेर र धेरै जटिल अवस्थालाई ध्यानमा राख्दा यहाँ पोल्याण्डमा शरणार्थीहरूको अवस्था त्यति खराब छैन” कोस्ट्रजिन्स्कीले भने ।

“उनीहरूले सहायता प्राप्त गर्छन् । उनीहरूले चाहेको हदसम्म सधैं, सबै होइन । तर उनीहरूले मद्दत पाउँछन् ।”

(स्रोत:युरो न्युज माई युरोप)

तपाइँको प्रतिक्रिया