बुधबार, वैशाख १९, २०८१

पादबाटै प्रभावित राजा

नेपालप्लस संवाददाता२०७९ वैशाख ४ गते ९:४९

 

फोटो साभार- साउथ चाईना मर्निङ पोस्ट

पाद्नु राम्रो मानिन्न हाम्रो समाजमा । यसको बारेमा कुरा गर्नुपनि संस्कारहिन, अनुशासनहिन जस्तो ठानिन्छ । तर ईतिहाँस यस्तो पनि छ, मानिसहरूले पादमा हास्य भेट्टाउने गर्थे । अरूको लागि यो मनोरञ्जनको निरन्तर स्रोत पनि थियो । एक पेशेवर पाद्ने ब्यक्तिलाई फ्ल्याटुलिस्टको रूपमा पनि चिनिन्थ्यो । उसको दिनचर्या मुख्यतया ग्यास निकाल्ने हुन्थ्यो । मध्यकालीन आयरल्याण्डमा यो व्यक्तिलाई ब्रेगेटोइर पनि भनिन्थ्यो।

तगडा, पेशागत पादकर्ताले बलिरहेको मैनबत्ती पादको हावाले निभाउन सक्नुपर्थ्यो ।

संसारभरि व्यावशायिक पादकर्ताको लामो र समृद्ध इतिहास छ । दे सिभितात देई नामक पुस्तकमा सेन्ट अगस्टिनले एक पटक पेशागत फार्टर (पाद्ने ब्यक्ति) हरू र कलाकारहरू राखेका थिए । तिनलाई आफ्नो आन्द्रालाई नियन्त्रणमा राख्ने र गायनको प्रभाव उत्पन्न गर्नको लागि निरन्तर हावा निकाल्न सक्ने मानिसहरूको रूपमा वर्णन गरेका थिए ।

रोल्यान्ड भनेर चिनिने एक लोकप्रिय पादकर्ताले पादेरै लोकप्रियता प्राप्त गरेका थिए । एक पटक राजा हेनरी द्वितीयको अगाडि पाद प्रदर्शन गरियो। उनको पाद्ने कलाको प्रदर्शनले राजा प्रशंसक बने । राजा प्रभावित भएर उनलाई ३० एकड जग्गा राजाबाट उपहारको रूपमा प्राप्त भएको थियो ।

(स्रोत-हिस्ट्री अफ येस्टरडे डट कम)

तपाइँको प्रतिक्रिया

फेसबुक