बुधबार, वैशाख १२, २०८१

रुस-युक्रेन युद्धले यूरोपेली क्षेत्रमै मुद्रास्फीति साँढे सात प्रतिशतले वृद्धि

नेपालप्लस संवाददाता२०७८ चैत १८ गते २०:०७

युक्रेनमा रूसको आक्रमणले यूरोजोनभरिनै मुद्रास्फिति बढेर साँढे सात प्रतिशत पुगेको छ ।

युरोप रुस-युक्रेन युद्दपछि नयाँ आर्थिक संकटमा धकेलिएको छ जहाँ उच्च मुद्रास्फीति अब अस्थायी टाउको दुखाइ होइन कि महामारी पछिको पुन: प्राप्तिको लाभलाई पूर्ववत फर्काउने प्रयासलाईनै गम्भिर चुनौतिको विषय भएको छ ।

मार्चमा मुद्रास्फीति वार्षिक आधारमा साँढे सात प्रतिशत पुगेको छ जुन यूरोजोनको लागि हालसम्मकै उच्च हो ।

एक वर्ष अघिको मुद्रास्फीति एक दशमलव तीन प्रतिशत थियो जुन युरोपेली केन्द्रीय बैंकले अनुमान गरेको २ प्रतिशत भन्दा हाल आश्चर्यजनक वृद्धि भएको हो ।

मार्च महिनाको तथ्यांक युरोस्टेटबाट पहिलो पटक सार्वजनिक गरिएको हो जसले युक्रेन युद्धको नतिजालाई प्रस्फुटन गरेको छ ।

वार्षिक मुद्रास्फीति जुन दरमा हुन्छ सामान र सेवाहरूको मूल्यहरू समयसँगै परिवर्तन हुन्छ । सामानको मूल्य गर्मीको अन्त्यदेखि लगातार बढ्दै गएको छ जब आपूर्ति र माग बीचको बेमेलले ग्यासको मूल्य बढ्यो ।

यो प्रवृत्ति हिउँदभरि रह्यो जब जाडोमा अत्यधिक चिसो बढेर बिजुलीको खपतलाई बढाइदियो । र राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आक्रमण गर्ने आदेश दिएपछि धेरै खराब हुनगयो ।

द्वन्द्वले विश्वव्यापी अर्थतन्त्रलाई डुबाएको छ । अझै पनि महामारीबाट थलिएको अर्थतन्त्र अनिश्चितता र उथलपुथलमा फसिरहेको छ । पश्चिमी प्रतिबन्धहरूको व्यापक दायराले ईयूको मुख्य ऊर्जा प्रदायक रसियासँगको व्यापारलाई ठप्प पारेको छ ।

ईयु ब्लकले आफ्नो ४० प्रतिशत भन्दा बढी ग्यास मस्कोबाट प्राप्त गर्दछ । मुख्यतया पाइपलाइनहरू मार्फत । यद्यपि ग्यासलाई अहिलेसम्म प्रतिबन्धहरूबाट छुट दिइएको छ । युद्धले ईयु महाद्वीपमा मूल्यको अस्थिरतालाईपनि तीव्र बनाएको छ ।

डच टाइटल ट्रान्सफर सुविधा जुन युरोपको प्रमुख बेन्चमार्क हो त्यसको तथ्यांकले के देखाउँछ भने मूल्यहरू हाल १०० मेगावाट-प्रति-घण्टाको १०० युरो भन्दा माथि पुगेको छ जुन २०२१ को शुरुमा २० युरो भन्दा कम थियो ।

मार्चको मुद्रास्फीतिले के प्रतिबिम्बित गर्दछ भने ऊर्जा क्षेत्रमा ४४ दशमलव ७ प्रतिशतले वृद्धि भएको छ । यसले पुरै युरोजोनलाई उच्च स्थानमा पुर्‍याएको छ ।

मौसमी कारण, ढुवानी र मलको उच्च लागतका कारण खाद्य, मदिरा र सुर्तिजन्य पदार्थ गत वर्ष एक दशमलव एक प्रतिशतको तुलनामा ५ प्रतिशतले बढेको छ ।

कुनै पनि सदस्य राष्ट्र उच्च मुद्रास्फीतिबाट बच्न सकेका छैनन् । केहीले दोहोरो अंकको तथ्याङ्क पनि दर्ता गरेका छन्: लिथुआनिया (१५ दशमलव ६ प्रतिशत), इस्टोनिया (१४ दशमलव ८ प्रतिशत), नेदरल्यान्ड्स (११ दशमलव ९ प्रतिशत) र लाटभिया (११ दशमलव २ प्रतिशत) छन् ।

बढ्दो बिलहरू कम गर्न ठूलो दवावमा रहेका केही सरकारहरूका लागि स्थिति राजनीतिक रूपमा विषाक्त भएको छ । स्पेन र पोर्चुगलले बिजुलीको मूल्य कम गर्न विजुली खपत कम गर्न, बैकल्पिक शक्ति (जस्तो सोलार) लागू गर्न आफ्ना नागरिकहरूलाई लबिङ गरेका छन्।

यो चिन्ताजनक अवस्थाले युरोपेली केन्द्रीय बैंकमा थप दबाब परेको छ जसको जनादेश मूल्य स्थिरता कायम राख्नु हो ।

संस्थाले महिनौंसम्म जोड दिएको थियो-उच्च मुद्रास्फीति एक अस्थायी घटना हो जुन आर्थिक रिकभरी र सरकारहरूद्वारा लागु गरिएको उदार वित्तीय उत्तेजनाको परिणाम हो ।

तर युद्धले त्यो विश्लेषणलाई झुटो साबित गरिदिएको छ । र उच्च मूल्यहरूलाई दीर्घकालीन चुनौतीमा परिणत गरेको छ ।

“युरोप कठिन चरणमा प्रवेश गरिरहेको छ । हामीले छोटो अवधिमा उच्च मुद्रास्फीति र सुस्त वृद्धिको सामना गर्नेछौं । यी प्रभावहरू कति ठूला हुन्छन् र तिनीहरू कति लामो समयसम्म रहनेछन् भन्ने बारे पर्याप्त अनिश्चितता छ” साइप्रसमा अघिल्लो हप्ता भएको एक कार्यक्रममा ईसिबीका अध्यक्ष क्रिस्टिन लागार्डले भनिन् “युद्ध जति लामो हुन्छ, लागत त्यति नै बढी हुने सम्भावना हुन्छ ।”

उच्च मुद्रास्फीति यूरोजोनको लागि मात्र समस्या होइन । अन्य उन्नत अर्थतन्त्र भएका देशहरू पनि युद्धको कारणबाट प्रभावित भएका छन् । अमेरिकाले फर्वरीमा ७ दशमलव ९ प्रतिशत मुद्रास्फीति भएको सार्वजनिक गर्‍यो । बेलायतले ६ दशमलव २ प्रतिशत दर रेकर्ड गर्यो । क्यानडामा, मुद्रास्फीति वार्षिक रुपले ५ दशमलव ७ प्रतिशतले बढ्यो ।

तपाइँको प्रतिक्रिया