शुक्रबार, वैशाख १४, २०८१

विधिविधान र प्रकृया नमिलेको एनआरएनएको त्रिपक्षिय संझौता

डा. हेमराज शर्मा२०७८ चैत १९ गते ०:४०

मलाई के लाग्छ भने नेत्रित्वमा आएपछि भिजन र मिसन हुनैपर्छ । सबैले मान्छन् भन्नेपनि छैन । म महासचिवमा आइसकेपछि अघिल्लो चुनावमा जुन हबिगत भयो । जुन हामी सबैले देख्यौं, मलाई के लाग्यो भने यो जमाना प्रविधिकोपनि हो । महाधिवेशनमा भोट नभएपनि आयौं नी हामी यहाँ । छ, सात सय त छौं । महाधिवेशन गर्न त यहिं आउने भनेको हो । हामीले एनआरएनएबाट बाहिर बसेका सारा नेपालीलाई यहाँ आबद्द गर्ने हो भने अहिलेको प्रविधिको जमाना हुनुपर्छ । त्यो ब्यवहारिक रुपमापनि भएको छ । अमेरिका, अष्ट्रेलिया सबैतिर भएको छ । यो बिस्तारै त्यो पद्दतीमा जान्छ । हामीले नसकेपनि अर्कोचोटी जान्छ ।

यो प्रतिनिधि छान्ने प्रक्रियाका बारेमा भन्नुपर्दा हामीले लागू गर्न नसकेपनि अब गत साल जस्तो नेपालमै भएका साथीहरुले भोट हाल्न पाउने स्थिति त छैन । यसलाई हामीले बुझाउन सकेनौं होला । यसलाईपनि प्रस्ताव गर्नुभन्दा अझ बैज्ञानिक आउँछ भने त्यसलाईपनि लिएर जानुपर्छ । तर पछि फर्किँदै जाने हो भने पहिले पनि त समस्या थिए नी भन्ने हिसाबले महासचिवका रुपमा यो एउटा प्रस्ताव आएको हो । त्यसमापनि हामीले अन्तिममा त्यो हललाईनै पारिद गर्न दिएको हो । मैले त खालि एउटा दृष्टिकोण, योजना, प्रस्ताव मात्रै ल्याएको हो कार्यसमितिको तर्फबाट । त्यसमा हामीले पूर्णबिराम र कमापनि नचलाईकन जे ल्याउनुहुन्छ पारिद हुन्छ भनेर छोडिदिएको हो । ६५, २५, १० जिरोनै बनाएको भएपनि हामीले मान्नुपर्ने स्थिति थियो । अहिले जसरि अध्यक्ष मण्डलले जे निर्णयो दियो हामीले मान्छौं नी त्यहाँ । त्यहाँपनि हामीले त्यहि गरेका थियौं ।

मेरो भनाई के छ भने यो ठूलो संस्थामा आफ्ना आफ्ना बिचार, द्रिष्टिकोण, योजना हुन्छन् । तर तिनलाई कसरि कता लैजाने भन्ने चाहिं नेतृत्वमा आएपछि त्यो नेतृत्वले दिनैपर्छ । यो गलत भयो भएन भन्ने आफ्नो ठाउँमा होला ।

संवन्धित : पद्दती र पारदर्शीताको त्यो रटान, पद बाँड्ने यो टिके प्रथा -तिर्थनाथ कँडेल

कुल दाई र म युकेमा हामी सँगैपनि बस्छौं । उहाँलाई मैले भनेको हो । बेलायतको लेबर पार्टीमा दुई दाजुभाईनै चुनाव लडेका थिए । हामी दुईतिर छौं । मैले कुल दाईलाई पाँच वटा मुद्दा दिएको थिएँ । पाँच वटा मुद्दा लिएर हिंड्नुहुन्छ भने कुल दाई म तपाईसित सँगै हुन सक्छु । बद्रिजी भनेको मेरो को हो र ? मैले यहिं आएर चिनेको हो । उहाँ रसियामा बस्नुहुन्छ । मर्दापर्दा मैले कुल दाईलाई संझिने हो । ति पाँच मध्ये- संस्थालाई स्मार्ट एनआरएनमा लानै पर्छ । राजनिति र धनको प्रभाव हुनुहुँदैन । बाहिर बसेका धेरै व्यवशायिक मान्छे छन् तिनीहरुलाई लिएर आउनुपर्छ । त्यतिबेला निशुल्क सदस्यताको कुरो उठेकोले त्यो हुनुपर्छ । यि पाँच वटा मुद्दा हुन् मेरा ब्यक्तिगतरुपमा । तपाई हाम्रो भन्ने केहि छैन । यो मुद्दा तपाईले, रबीनाले जसले लिएर हिंडेपनि म लाग्छु भनेको थिएँ । एउटा सिद्धान्त, निति र मुद्दामा हिंडेको हो म ।

मलाई सबैभन्दा उग्र डा. महतोलेनै ठान्नुहुन्छ । किनभने बेला बेलामा त्यो उमेरलेपनि दिन्छ । जीवाजीसितपनि झगडा भएको छ । खालि परिस्थिति के भने एउटा प्रकृयाले चलाउँ भन्ने मात्रै हो ।

यो अहिले तपाईहरुले जुन त्रिपक्षिय सहमति गर्नुभयो नी त्यसमा म खुशि छैन तपाईहरुलाई थाह छ । किनभने त्यो विधिविधान प्रकृया मिलेको छैन । मैले फेसबूकमापनि लेखें । तर लेखें भनेको के भने म पछाडिपनि साथीहरु छन् । उहाँहरुको भावना बोल्ने हो नी नेतृत्व भएपछि त । म मात्रै बोल्ने होइन । अझैपनि धेरै साथीहरु असहमत हुनुहुन्छ । उहाँ साथीहरुलेपनि यत्रो हलले पारित गरिसकेपछि त्यो महसुस गर्नुपर्‍यो । एनआरएनको एकताको खातिर । गैर आवाशीय नेपालीहरुको लागि गरेको सम्झौता हो यो । सधैं यो नहोला । धेरै शिक्षा लियौं छ महिनासम्म ।

संवन्धित : हरेक नेपालीले पद खोज्दा एनआरएनमा राजनिति र झगडा – पूर्व अर्थमन्त्री, सुरेन्द्र पाण्डे

अक्टोबरमा मेरो छोराले छुट्टी लिन्छु भनेको थियो । म सधैं ब्यस्त भएँ । मेरो घरमा आफ्नोलागि सानो कार्यालय जस्तो छ । त्यसमा त घरका मान्छे भित्र पस्नै छोडिसके । सबैको हालत त्यहि हो यहाँ । अस्ति एक जना युकेको साथीले जोक गर्दै भन्नुहुन्थ्यो- म त पारपाचुके हुने २५ नंवरमा पर्छु की ? नाम लिन चाहन्न । २४ जना साथीहरुको यस्तै हो, डिभोर्सनै गरेसके (हाँसो) । अब यो २६ नंवरमा पर्ने हो कि भन्ने डर । सबैको स्थिति त्यहि हो ।

यो छ महिना जति गर्‍यौं साथी हो यसलाई अहंकारको रुपमापनि नलिउँ । तर मेरो बिमति त सधैं रहन्छ । तर जीवाजीलाईपनि म एकदम भन्छु । उहाँको र मेरोबिच धेरै बिमति भए । युकेमापनि भए । तर बाधक म कहिल्यैपनि भईन । एउटा प्रकृयामा लैजाउँ भन्ने हो । त्यो आवाज उठाउने अधिकार तपाईहरुले दिनुपर्छ । यो फरक मान्छे हो नभन्नुहोला ।

मैले हिजो अध्यक्षज्युलाईपनि भनें । यो सहमतिको प्रकृया मेरो ईतिहासमापनि रहन्छ । एउटा नोट अफ डिसेन्ट राखिदिनुस् है यहाँ भनेर । म बाधक हुन्न फेरि त्यसमा । त्यसो भनेपछि उहाँले ‘कृपया त्यो चाहिँ नगर्दिनुस्’ भनिदिनु भो । त्यो मैले यहाँ भन्नैपर्ने हुन्छ । तर यो बाधक भयो भनेर बुझ्नुभयो भने तपाईहरुले गलत किसिमले बुझ्नुभएको छ ।

संवन्धित : एनआरएनएको साख गिर्नु दुर्भाग्यपूर्ण -एनआरएनए पूर्व अध्यक्ष, जीवा लामिछाने

म दुई वर्ष जति काम गर्दा पूर्ण सन्तुष्ट छु । तपाईहरुले देख्नुभयो । यो कोभिडले गर्दा काम गर्न दिएन भने जस्तो । तर यति काम कोभिड नभएको भए हुनेथिएन । हामी कार्यक्रममा जान्थ्यौं । कता माला लाउन जान्थ्यौं । विहान सेसन, राती भोज के के हुन्थ्यो । त्यत्तिकै समय जान्थ्यो । यो सबै खासगरि एनसिसीका साथीहरुले देन दिनु भो । त्यत्रो दुई लाख नेपालीहरुलाई प्रत्यक्ष सहयोग । मान्छे टिकटै काटेर जेलबाट निकालेर ल्याएको छ । त्यो त हाम्रोलागि धर्म, पुण्ड्य कमाउने कुरा हो । त्यो कोभिडले गर्दा दिएको हो ।

त्यसोहुनाले यो छ महिना झैझगडा जस्तो भयो । विवाद भयो । त्यसलाई हामी सबैले बिसौं । आफ्नो बिमति राख्ने ठाउँ दिनुपर्छ । त्यसलाई एकदमै फरक खालको मान्छे हो भनेर कहिल्यैपनि नहेरिदिनुहोला । सिद्धान्त ब्यक्तिपिच्छे हुन्छ । महासचिव भएपछि त हुन्छ हुन्छनै । महासचिवका रुपमा पूर्णरुपमा सन्तुष्ट छु । मुद्दामा छलफल गरौं । ब्यक्तिगतरुपमा होइन । त्यो खालको संस्कार, सोच विकास गरौं सबैले ।

संवन्धित : ‘एनआरएनए बिगारेको पुरानाले हो, तिनलाईनै प्राथमिकतामा राख्ने ?’ एनआरएनए संस्थापक अध्यक्ष, डा. उपेन्द्र महतो

म अन्त्यमा के भन्छु भने असहमतिलाईपनि स्विकार्नुपर्‍यो । हाम्रो अध्यक्षज्युले विहान त्यस्तै त्यस्तै लाइनमा भन्नुभयो । एडमण्ड बुर्कले भनेका छन् नी ‘आइ डिसएग्री बट् आइ एस्सेप्ट (म असहमत छु तर म स्वीकार गर्छु)।’ शुरुमा सुन्दा त उस्तै लाग्दोरैछ। असमत (डिस एग्री) भनेको के ? एससेप्ट (स्विकार) भनेको के ? तर फरक विषय रैछ नी । तपाई असहमत हुनसक्नुहुन्छ तर स्विकार गर्नसक्नुपर्छ । अहिले भनेको त्यहि हो । उपेन्द्र डा. सपले अनलाईन डिसएग्री (असहमति) गर्नुहुन्छ । तर अहिले भएको (एस्सेप्ट) मान्नु भो । यो प्रकृयामा असहमत भएपनि मैले स्विकार गर्नुपर्छ किनकि यो हलले गरेको कुरो हो । यो खालको संस्कार, संस्कृति सबैले बसाउँ भन्न चाहन्छु ।

(गैर आवाशीय नेपाली संघको काठमाडौंमा जारि दशौं महाधिवेशनको दोस्रो दिन मार्च २७ का दिन एनआरएनएका तत्कालिन महासचिव र हालका उपाध्यक्ष डा. हेमराज शर्माले राखेको मन्तब्य-संपादक)

डा. शर्माका अघिल्ला लेख

आसेपासेका कुरा सुनेर ६० लाख नेपालीको संस्था चलाउने ?

एनआरएनए एनसिसी खम्बा हुन् भन्दै तिनकै गला रेट्ने ?

एनआरएनएमा भागबण्डा र ‘खिलराज रेग्मी’ जन्माउने प्रपञ्च

एनआरएनएलाई दलको भात्रि संगठन बनाउने हो भने अध्यक्षपनि तपाईहरुलेनै नियुक्त गरिदिनुस्

‘इनफ इज इनफ’- प्रसङ्ग एनआरएनएको आसन्न निर्वाचन

एनआरएनएमा वर्तमान समस्याको मूल जड, बिधान पालना गर्ने र पालना नगरि जान चाहनेबिचको द्वन्द

तपाइँको प्रतिक्रिया