बिहीबार, वैशाख ६, २०८१

युक्रेनको कीभ र चेर्निहिभ शहरबाट रुसी सेना तीव्र गतिमा पछि हट्दै !

नेपालप्लस संवाददाता२०७८ चैत १९ गते १५:०३

Image credit-aa.com.tr

युक्रेनको राजधानी कीभ र चेर्निहिभ शहर वरपरका क्षेत्रहरूबाट शनिवार रुसी सेनाहरू तीव्र गतिमा पछि हटिरहेको युक्रेनले बताएको छ ।

रुसी सेना राजधानी कीभ र उत्तरी युक्रेनको राजधानी कीभ र चेर्निहिभ सहरबाट द्रुतरुपमा पछाडी हटिरहेको युक्रेनी राष्ट्रपतिका सल्लाहकार मिखायलो पोडोल्याकले शनिबार बताएका हुन् ।

“कीभ र चेर्निगिभ क्षेत्रहरूबाट रुसी सेनाहरू द्रुतरुपले पछाडी हटीरहेका छन् । रूसले फरक रणनीतिलाई प्राथमिकता दिइरहेको छ भन्ने पूर्णरुपमा स्पष्ठ भैरहेको छ । रुसी सेना पूर्व र दक्षिणमा पछाडि सर्दै गएको छ” उनले सोशल मिडियामा भने ।

घेरामा परेका क्षेत्रहरूबाट मानिसहरूलाई बाहिर निकाल्न सातवटा मानवीय कोरिडोरहरू दिने योजनापनि गरिएको छ ।

युक्रेनका उपप्रधानमन्त्री इरिना भेरेश्चुकले युक्रेनको घेरामा परेका क्षेत्रका मानिसहरूलाई बाहिर निकाल्न सातवटा मानवीय कोरिडोरहरू शनिबारका लागि योजना बनाइएको बताइन् । उनले मारिउपोल शहरबाट एउटा बनाइसकिएको र रेड क्रसले पनि ‘नागरिकहरूको सुरक्षित मार्गलाई सहज बनाउन’ प्रयास गर्ने बताएकि छन् ।

‘नियोजित करिडोरहरूमा मारिउपोल शहरमा निजी यातायातबाट बाहिरिने मानिसहरूका लागि र बर्दियान्स्क शहर बाहिर मारिउपोलका बासिन्दाहरूको लागि बसहरू समावेश हुने छन्छन्’ भेरेशचुकले भनिन् ।

रेडक्रसको अन्तर्राष्ट्रिय समितिले पनि मानिसहरूलाई बाहिर निकाल्न मद्दत गर्न आफ्नो टोली शनिबार फेरि मारिउपोल पुग्ने प्रयास गर्ने बताएको छ।

बेपत्ता युक्रेनी पत्रकारको शव कीभ नजिक फेला

करिब दुई हप्ता अघि युक्रेनी फोटोग्राफर र डकुमेन्ट्री निर्माता माक्स लेभिन बेपत्ता भएपछि कीभ नजिकै मृत फेला परेको युक्रेनी राष्ट्रपतिका सहयोगी एन्ड्री येर्माकले शनिबार बताएका छन् ।

“उनी मार्च १३ मा कीभको द्वन्द्वग्रस्त क्षेत्रमा बेपत्ता भएका थिए। उनको शव अप्रिल १ मा गुटा मेजिगिरस्का गाउँ नजिकै भेटिएको छ” उनले टेलिग्राममा भने।

यसैबिच कीभको उत्तरबाट आंशिक रुसी सेना फिर्ताको फाइदा उठाउँदै युक्रेनी सेनाले बुचा र इभान्किभ सहरहरू कब्जामा लिएको फ्रान्स २४ का रिपोर्टर गुलिभर क्र्यागले उल्लेख गरेका छन् ।

(नेपालप्लसको साथै फ्रंस २४, एएफपी र रोयटर्स)

तपाइँको प्रतिक्रिया