शुक्रबार, वैशाख १४, २०८१

समलिंगी राज्यप्रमुख छान्ने सान्मारिनो विश्वकै पहिलो मुलुक

नेपालप्लस संवाददाता२०७८ चैत १९ गते १९:२५

सान मारिनो खुला रूपमा समलिंगी राज्य प्रमुख चुन्ने विश्वको पहिलो देश बनेको छ ।

पाओलो रोन्डेलीलाई सानो युरोपेली देशका दुई ब्यक्ति मध्ये एकको रूपमा छनोट गरिएको छ जसले ओस्कर मिनासँगै अर्को छ महिनाको लागि सान मारिनोको नेतृत्व गर्नेछन् ।

५८ वर्षीया फेरोन्डेलीले फेसबुकमा भनेका छन्- “म सम्भवतः एलजिबिटी (लेस्बियन, गे, उभयलिंगी र ट्रान्सजेन्डरको संक्षिप्त नाम । यो शब्द समग्र समुदायलाई जनाउन प्रयोग गरिन्छ ।) समुदायसँग सम्बन्धित पहिलो राज्य प्रमुख हुनेछु ।”

सान मारिनो स्थित इमिलिया-रोमाग्नामा रहेको आर्किगे संघका प्रमुख मार्को टोन्टीले यसलाई ऐतिहासिक घटना भन्दै स्वागत गरे ।

“उनी पहिलो खुला समलिङ्गी राष्ट्र प्रमुख र एलजिबिटी समुदायको अधिकारका लागि कार्यकर्ता हुन्” टोन्टीले भने ।

“सरकार प्रमुख र मन्त्रीहरू भएका उदाहरणहरू छन् तर यो राष्ट्र प्रमुखको लागि विश्वमै पहिलो हो” उनले भने ।

लक्जमबर्गका जेभियर बेटेल र सर्बियाका आना ब्रनाबिच युरोपमा एलजिबिटी प्रधानमन्त्री बनेका दुई वर्तमान उदाहरण हुन् ।

सान मारिनो मात्र ३४ हजार जनसंख्या भएको एक सानो देश हो । यो इमिलिया रोमाग्नाको इटालियन क्षेत्र भित्र पर्ने भूपरिवेष्ठित देश हो ।

देशका दुई ‘कप्तान’ ले महान् जनरल काउन्सिलको अध्यक्षता गर्छन् । प्रत्येक छ महिनामा उनीहरूलाई विधायीका निकायले चुन्छ ।

तपाइँको प्रतिक्रिया