बिहीबार, वैशाख १३, २०८१

जर्मन पुरुषद्वारा ८७ पटक कोरोना खोप लिएको खुलासा !

नेपालप्लस संवाददाता / जर्मनी२०७८ चैत २० गते २२:३५

जर्मनीका एक पुरुषले ८७ पटक कोरोना भाईरसको बुस्टर खोप लिएको खुलेको छ । ति व्यक्ति पूर्वी जर्मनीस्थित खोप केन्द्रहरूमा गएको र दिनमा तीन पटकसम्म खोप लगाएको बताइएको छ ।

यो सबै खोपका बिरोधीहरुलाई खोप पासहरू बेच्न लगाएको अधिकारीहरूले विश्वास गरेका छन् ।

एकै व्यक्तिले कम्तिमा ८७ पटक कोरोना भाइरसको खोप लगाएको अधिकारीहरूले पत्ता लगाएपछि त्यसमाथि अनुसन्धान भइरहेको फ्रेइ प्रेस अखबारले रिपोर्ट गरेको छ ।

जर्मनीले कोविड-१९ संक्रमणको लहरसँग लडिरहेको र अन्य पश्चिमी युरोपेली देशहरूको तुलनामा यसको खोप दर बढाउन संघर्ष गरिरहेको बेला यो रिपोर्ट आएको हो ।

यति धेरै पटक लगाएको किन ?

फ्रेइ प्रेस पेपरद्वारा उल्लेख गरिएको जानकारी अनुसार ६१ वर्षीय ति व्यक्तिले खोप लगाउन पूर्वी जर्मन राज्यहरू सक्सोनी र सक्सोनी-एनहल्टका धेरै खोप केन्द्रहरू धाएका थिए ।

ति ब्यक्तिले बिभिन्न खोप केन्द्रहरूमा दिनको तीन पटक सम्म खोप पाएको विश्वास गरिएको छ । सक्सोनी राज्यमा मात्र उनले ८७ पटक कोरोना भाइरस खोप लगाएका हुन् ।

जर्मन रेडक्रसका प्रवक्ता काई क्रानिचले उक्त पत्रलाई भने “ड्रेसडेन सहरको एक केन्द्रमा कर्मचारीले ती व्यक्तिलाई चिनेपछि शंका बढ्यो ।”

अर्को पटक उनी लाइपजिखको बाहिर इलेनबर्ग सहरको खोप केन्द्रमा प्रवेश गरेपछि कर्मचारीले प्रहरीलाई बोलाए र उनलाई हिरासतमा लिइयो ।

जर्मन रेड क्रसले ति ब्यक्ति खोप पास बेच्नमा संलग्न भएको आरोप लगाएको छ ।

उनीबिरुद्दको अपराधिक अनुसन्धान हाल स्याक्सोनी राज्यमा चलेको छ । अन्य जर्मन राज्यका अधिकारीहरूले पनि उक्त व्यक्तिलाई अनुसन्धान गरिरहेका छन् ।

ति ब्यक्तिले वास्तवमा कति पटक कोरोना भाइरस खोप प्राप्त गरे भन्ने अझै अस्पष्ठ छ । तर ८७ पटक लिएको खुलेको छ र त्यो भन्दा अझै बढी लिएको हुनसक्ने बताइएको छ ।

यति लामो समयसम्म कसरी बचे ?

प्रतिवेदनका अनुसार प्रत्येक चोटि त्यो व्यक्ति खोप केन्द्रमा प्रवेश गर्दा आफूसित नयाँ, खाली खोप कागज लिएर जान्थ्यो ।

खोप पाएपछि उसले खोपको ब्याच नम्बरको जानकारीसहितका पाना हटाई खोप विरोधीलाई बेच्ने गर्दथ्यो ।

त्यस ब्यक्तिले आफ्नो नाम र जन्ममिति प्रयोग गरेर खोप लगाउने समय र मिति दर्ता गर्ने तर खोप लगाउँदा आफ्नो स्वास्थ्य बीमा कार्ड प्रस्तुत गरेको थिएन । त्यसैले उसले कति पटक खोप लागएको हो भन्ने स्वास्थ विमा कार्डमा दर्तानै भएन । खोप लगाउने अधिकारीहरुले त्यसमा सचेततापनि देखाएनन् ।

यो घटनाले गर्दा जर्मनीमा स्वास्थ्य प्रणालीलाई डिजिटलाईज्ड गर्नुपर्ने र दर्ताको केन्द्रिय पद्दती अपनाउनुपर्ने बहस चलेको छ ।

जर्मनीमा योग्य जनसंख्याको ७५ प्रतिशत भन्दा बढीले पूर्ण रूपमा खोप लगाएका छन् । लगभग ५८ प्रतिशतले बूस्टर खोप प्राप्त गरेको छ । खोप लगाउनेको संख्या विशेष गरी पूर्वी जर्मन राज्यहरूमा कम छ ।

जर्मनीको खोप दर यसको पश्चिमी युरोपेली छिमेकीहरू भन्दा धेरै पछाडि छ । स्पेनले ८५ प्रतिशत जनसंख्यालाई पूर्ण रूपमा खोप लगाएको छ र पोर्चुगलले ९१ प्रतिशत भन्दा बढी दर रिपोर्ट गरेको छ । फ्रान्समा ८० दशमलव ८ प्रतिशतले खोप लगाएको छ ।

तपाइँको प्रतिक्रिया