शनिबार, वैशाख १५, २०८१

नाजी नरसंहार अस्वीकार गर्ने ९३ वर्षीय हजुरआमालाई जेल

नेपालप्लस संवाददाता२०७८ चैत २० गते २३:१९

Image credit-KEYSTONE via lenouvelliste.ch

उनलाई ‘नाजी हजुरआमा’ भनेरपनि चिनिन्छ । खास नाम उर्सुला ह्याभरबेक हो । उनलाई अर्को जेल सजाय सुनाइएको छ । कुख्यात होलोकास्ट अर्थात् नाजी नरसंहारको अस्वीकार गरेकाले ९३ वर्षिया हजुर आमालाई एक वर्षको जेल सजाय सुनाइएको हो ।

‘कुख्यात’ नाजी समर्थक उर्सुला हभरबेकलाई शुक्रबार बर्लिनमा अउशविट्स मृत्यु शिविरमा १० लाख भन्दा बढी यहूदीहरूको हत्यालाई अस्वीकार गरेकोमा १२ महिनाको जेल सजाय सुनाइएको हो ।

उनलाई पहिलेपनि दोषी ठह्र्‍याईएको थियो । उनले सन् २०१७ र सन् २०२० मा अपील गरेकि थिईन् । तर उनको अपिललाई शुक्रवारपनि अदालतले अस्वीकार गर्‍यो ।

“तपाईं होलोक्वेस्ट, नाजी नरसंहारको अनुसन्धानकर्ता हुनुहुन्न । तपाईं त्यो प्रलय, त्यो नरसंहार अस्वीकार गर्ने व्यक्ति हुनुहुन्छ” प्रधान न्यायाधीशले अदालतको कोठामा भने “यो तपाईंले फैलाउँदै हुनुहुन्छ जुन ज्ञान होइन, यो विष हो ।”

नाजी नरसंहार निरन्तर अस्वीकार

बर्लिनको एक कार्यक्रममा नाजी नरसंहारको ऐतिहासिक तथ्यलाई बारम्बार इन्कार गरेपछि ह्याभरबेकलाई सन् २०१७ मा छ महिनाको जेल सजाय सुनाइएको थियो ।

न्यायाधीशले भने “हाभरबेकको कार्य उनको आफ्नै विश्वासबाट आएको हो र ९३ वर्षीया वृद्धलाई जेल हाल्ने निर्णय आवश्यक थियो । किनभने यसको विकल्प थिएन ।”

“त्यहाँ अब केहि छैन जसले तपाईंलाई रोक्न सक्छ” न्यायाधीशले हाभरबेकलाई भने” तपाईको शब्दहरुले हामीलाई कुनै प्रभाव पार्ने छैन ।”

(स्रोत-एएफपी, एपी)

तपाइँको प्रतिक्रिया

फेसबुक