बिहीबार, वैशाख १३, २०८१

एनआरएनको विवादमा फसेर राजनितिक दलहरुमा पछुतो

कुमार पन्त२०७८ चैत २१ गते १९:३३

गैर आवाशीय नेपाली संघ (एनआरएनए) टुक्रियला टुक्रियला जस्तो भएको थियो । अन्तत एकताबद्द राख्न सकियो । एनआरएनए भएर पहिला जसरि लाग्नुभएको थियो त्यसरिनै लाग्ने हुनु भो । टुक्रिन टुक्रिन लागेको हो । टुक्रिएको होइन । एकताबद्द भएको हो अहिले ।

गैर आवाशीय नेपाली संघलाई आधिकारिकता कि त गैर आवाशीय साथीहरुले दिन्छन् । अर्थात् तिनका राष्ट्रिय समन्वय परिषदहरुले दिन्छन् । अर्को हाम्रो नियमन गर्ने परराष्ट्र मन्त्रालयले दिन्छ । पररष्ट्रले मैले नेतृत्व गरेकै संस्थालाई आधिकारिकता दियो । राष्ट्रिय समन्वय परिषदका साथीहरुपनि यतै छन् । त्यसैले एनआरएनए कहिंपनि टुक्रिएको छैन । आधिकारिकता अरु कसैलेपनि पाउँदैन । यहि संघ एउटै रहन्छ ।

बरु गैर आवाशीय नेपाली संघ जस्तै संस्था अरु कसैले खोल्न सक्छ । यो एनआरएनए जस्तै प्रकृतीका संस्था हिजोपनि खुलेका थिए । यो मात्रै होइन अरुपनि छन् । यो संस्थामा मानिसहरु आउने र जाने होला । कोहि आउला, कोहि जाला । तर गैर आवाशीय नेपाली संघ जुन मैले नेतृत्व गरेर आएँ त्यसमा अहिले नेतृत्व गर्ने साथीहरुले आधिकारिकता पाउनुभएको छ ।

महाधिवेशनका नाममा रिपोर्ट दर्ता गरेको अर्को समुहले भन्नु भो । त्यो ठट्टा, रमाइलो गर्न जसलेपनि पाउँछ । यदि उहाँहरुले एनआरएनएको आधिकारिकता दाबी गर्नुभएको छ भने त्यो ठट्टा र रमाईलो सिवाय केहिपनि होइन । उहाँहरुले ठट्टा गरिराख्नुभएको छ । यदि हामीले आधिकारिकता पाउँदैनथियौं भने राष्ट्रपतीबाट उद्घाटन, प्रधानमन्त्रीबाट समापन, गृह लगायत अरु मन्त्रीहरु पनि आउनुभएको थियो । हामीले आधिकारिता नपाएको भए त त्यसरि आउनुहुन्थेन नी ।

त्यतिमात्रै होइन, जुन हामीले महाधिवेशन गरेर विधान संशोधन गर्‍यौं त्यो विधानलाई छाप लागएरनै पररष्ट्र मन्त्रालयले आधिकारिकता दिईसकेको छ । त्यसैले आधिकारिकता कसले पायो को हो भन्ने बहस गरिराख्नुपर्ने म देख्दिन । कसैले आधिकारिक हामी हौं भन्छ भने रमाईलो गरिराख्या छ । ठट्टा गरिराख्या छ भनेर बुझ्दा हुन्छ ।

हामीले विधि र विधान दुबै छोडेका छैनौं । पहिले हामीले अनलाईन भोटिङ गर्छौं भनेका थियौं । पछि हामीले त्यसलाई परिमार्जन गरेर हलमै सबै साथीहरु जम्मा हुने । अनलाईन मार्फत पनि जम्मा भएर प्रतिनिधित्व गर्न पाउने । फिजिकल र हाईब्रिड तरिकाले अधिवेशन गर्ने भनेका थियौं । त्यो हलले सर्वसम्मत तरिकाले छानेको नेतृत्व हो । त्यसोहुनाले विधि र विधान तोडियो भन्न मिल्दैन । विधिविधान कहिंपनि तोडेका छैनौं । हामीले अन्तिम विधान परराष्ट्रले छाप नलगाईकन पाउँदैनौं । हलले पास गरेर मात्रै हुँदैनथ्यो । परराष्ट्रले छाप लगाउनुपर्थ्यो र लगायो । त्यसैले हामीले विधि र विधान दुबैलाई कायम राखेका छौं ।

बरु यो जम्बो कमिटी बन्यो । आलोचना भैरहेको जस्तो देखिएको छ । अस्वाभाविक जस्तो देखिएको छ । त्यसलाई स्विकार्नुपर्छ । गैर आवाशीय नेपाली संघमा असामान्य स्थिति स्रिजना भएको थियो । त्यो असामान्य स्थिति स्रिजना भएकोले बरु जम्बो कमिटी बनाउने तर गैर आवाशीय नेपाली संघलाई फुटाउन नदिने भन्ने त्यो निति अंगिकार गर्‍यौं । र त्यसलाई कार्यान्वयन गरेको मात्रै हो ।

हाम्रा ३६ सय महाधिवेशन प्रतिनिधि साथी हुनुहुन्थ्यो । कसैले अनलाईन मार्फत् भाग लिइरहनुभएको थियो । कसैले हिमालय होटेलमा आएर शशरिर भाग लिनुभएको थियो । हलले के प्रस्ताव गर्‍यो भने यो पटक निर्वाचन नगराउने । सर्वसम्मतीमा नेतृत्व छान्ने । बरु आवश्यकता अनुसार भोलिको लागि नजिर नरहने गरि केहि नयाँ पदहरु स्रिजना गर्ने भनेर प्रस्ताव गर्‍यो । सात जनाको कमिटीले नेतृत्व छानेर त्यो सूची हललाई दिने । त्यहिनै अन्तिम हुन्छ भनियो । र त्यो सात जना सर्वसम्मत छानिएको हो । हलमा कुनै एक जनाकोपनि असहमति थिएन । निर्वाचनको उत्कृष्ठ नमुना भनेको सर्वसम्मत निर्णय हो । त्यसैले यो सर्वसम्मत छानिएको नेतृत्व हो ।

अनौपचारिक रुपमा हामी राजनितिक दलका नेतृत्वसित मात्र होइन संवन्धित सबै पक्ष, धेरैसित बसेका छौं । याक एण्ड यति होटेलमा भएका साथीहरुसित पनि मैले वार्ता गरेको छु । गैर आवाशीय नेपालीसित एकताबद्द राख्न जोजोसित आवश्यक, सहज हुन्छ ति संवद्द पक्षसित वार्ता गरियो । उहाँहरुकै संवादको आधारमा सहमति बनाएर अहिलेको कमिटी छानिएको हो । महाधिवेशन हामीले गरेको हो । त्यसैले विभिन्न पक्षसित वार्ता गर्नुलाई स्वभाविकरुपमा लिनुपर्छ । राजनितिक दलका प्रतिनिधि होलान् । कार्यकर्तापनि होलान् । डायस्पोरामा बसेर राजनिति गर्ने साथीहरुपनि त्यहाँ पर्नुभएको होला । तर फलानो पार्टीमा यो भनेर त्यसरि भाग लगाइएन ।

छलफलका क्रममा फलानो पार्टीको तर्फबाट आएको भनेर कुनै नेताले त भन्नुभएन । तर राजनितिक पार्टीका नेताहरु थिए । राजनितिक पार्टीका नेताहरुसित बसेर कुराकानी गर्दा सहज होला जस्तो लागेर हामीले नेताहरुसित संवाद गरेको हो ।

अहिलेको नेतृत्वको सहमति मिलाउन त हामीले मिलाएको हो । राजनितिक दलहरुको त सहयोग न लिएको हो । सबै कुरा राजनितिक पार्टीको हातमा थियो । सहमति उनीहरुलेनै बनाइदिए । जुन सहमति बन्यो त्यो राजनितिक पार्टीहरुकै कारणले बन्यो भन्ने कुरा साँचो होइन । तर गैर आवाशीय नेपाली संघमा पछिल्लो समयमा जुन बिग्रह आयो त्यो बिग्रहको कारण मध्ये राजनितिक पार्टीहरु मात्रै पनि थिएनन् । राजनितिक पार्टीहरुपनि एउटा कारण भने थिए । त्यसोहुनाले उनीहरुसितपनि संवाद गरेको हो हामीले ।

त्यसो त, अहिलेको विवादको कारण पार्टीको मात्रै कुरा थिएन । हामीले उम्मेदवार साथीहरुसितपनि बिभिन्न चरणमा कुरा गर्‍यौं । समुहको कुरा थियो । क्षेत्रकोपनि कुरा थियो । त्यसैले संवन्धित सबै पक्षसित कुराकानी गरेको हो । पार्टी भन्दापनि त्यहि सिलसिलामा राजनितिक दलका नेताहरुसित कुरा गरेको हो । त्यसलाई लुकाउनुपर्ने कुरा केहि छैन । तर राजनितिक दलका नेताहरुले गर्दानै सहमति भयो भन्ने कुरा चाहिं ठिक होइन ।

हामी पररष्ट्रमा दर्ता छौं । त्यहाँ कुनै अमुक ब्यक्ति मात्रै हुन्न । दलको नेतापनि हुन्छ । नेता फेरिएपछि नितिपनि फेरिन्छ नेपालमा । त्यो सबैले स्विकारेकै कुरा हो । एउटा राज्य, सरकारसित सहमति गर्नपनि राजनितिक दलका नेताहरुसित समन्वय गर्नुपर्छ । अर्को कुरा डायस्पोरामापनि ति दलका कार्यकर्ताहरु छन् । हाम्रो महाधिवेशनमा भाग लिने राजनितिक दलका त मतदातापनि छन् । त्यसैले उहाँहरुसितको संवादलाई सामान्यनै मान्नुपर्छ । पछिल्लो समयमा राजनितिक दल र तिनका कार्यकर्ता एनआरएनएमा अलि बढी सकृय भएका हुन् कि भन्ने एउटा चिन्ता भने छ । त्यसलाई कसरि कम गर्ने भनेर त्यो स्तरको छलफलपनि हामीले शुरुगरिसकेका छौं । राजनितिक दलका नेताहरुसितैपनि ।

उहाँहरुले अबबाट हामीलाई यस अभियानबाट बाहिर राख्नुस् । निर्वाचन आएपछि गैर आवाशीय नेपाली संघका साथीहरु राजनितिक दलका ढोका ढकढकाउँदै आउने गरेकालेपनि यो समस्या आएको हो । अब त्यसरि नआउने बनाउनुपर्छ । यसलाई विशुद्द राख्दानै फाईदा रैछ भनेर राजनितिक दलका नेतालेनै हामीलाई भने । अहिले यो नयाँ शिराबाटपनि संवादको शुरुवात भएको छ ।

हाम्रो काम पर्यटन, उध्योग, श्रम आदि धेरै मन्त्रालयसित हुन्छ । हामी आयौं निर्वाचित भएर । यो यो काम गर्छौं भनेर कामको शिलशिलामा संवन्धित मन्त्रीलाई भेट्न जानुभएको हो भने त्यो स्वाभाविकरुपमा लिनुपर्छ । ओहो निर्वाचित भएर आयौं भन्दै खादामाला थाप्न जानुभएको छ भने त्यो गलत हो ।

मैलेपनि मेडियातिरै फोटोहरु देखेको छु । उहाँहरु साँच्चिनै काम लिएर जानुभएको छ कि मैले पद लिएँ भनेर देखाउन जानुभएको छ भन्ने बुझ्न अलिकति कुर्नुपर्ला जस्तो लाग्छ मलाई । त्यो उत्ताउलोपना प्रस्तुत गर्न जानुभएको हो भने त्यो आलोचनायोग्य हुन्छ । भर्त्सनायोग्य हुन्छ । कामनै लिएर जानुभएको हो भने दुई चार महिनामा देखिएला । दुई चार महिनामा परिणाम देखिएन भने यो ठिक गर्नुभएको छैन, सुधार्नुस् भनौंला नी ।

एउटा कुरा के हो भने राजनितिक दलहरु आफैं एनआरएनए खोज्दै आएका होइनन् । साथीहरुले खोज्दै गएका हुन् । जब जब निर्वाचन आउँछ एनआरएनएमा लागेका पार्टीका कार्यकर्ताहरुले नेता खोज्दै जान्छन् । राजनितिक नेताहरुले बाहिरको अवस्था सबै बुझेका हुँदैनन् । अनि नेपालका नेताहरुले यो गैर आवाशीय नेपाली संघमा हाम्फाल्न पाइने रैछ भनेर झ्वाम्म हाम्फालेका हुन् ।

अन्तिम समयमा राजनितिक दलहरुसित आएर विवाद देखियो । हाम्रो र परराष्ट्र मन्त्रालयकैबिचमा टकराव देखियो । दलहरुले हाम्रो बिरुद्दमा बक्तब्यबाजी गर्नुपर्ने । हामीले दलहरुको बिरुद्द बक्तब्यबाजी गर्नुपर्ने जुन एउटा अवस्थाको स्रिजना भयो त्यसले हामी मात्रै होइन हामी भन्दा उहाँहरु बढी थाकेको मैले पाएँ । यो गर्न नहुने काम रैछ । हामी फसिहालियो । यो संघमा राजनिति गर्ने काम राम्रो रैनछ भन्ने गरेका छन् । यसले न पार्टीहरुलाई राम्रो गर्‍यो । न हामीलाई ।

राजनितिक पार्टीहरु गैर आवाशीय नेपालीको बिचमा आफ्नो नेतृत्व स्थापित गर्न होइन कि बिभाजन ल्याउन गए भनेर जनमानसमापनि उहाँहरुको आलोचना भयो । हाम्रो तर्फपनि के महसुस भयो भने राजनितिक पार्टीको ढोकाढोकामा जाँदा त हामीलाईपनि समस्या हुने रहेछ । पछि त उम्किनै नसकिने गरि फसिंदो रहेछ भन्ने महसुस भएको छ । पार्टीहरुका तर्फबाटपनि राजनितिक मुक्त गराउन तपाईहरुलाई के गर्नुपर्छ छुट्टै छलफल गरौं भन्नुभएको छ ।

गएको वर्षको मेमा नेपाली कांग्रेस पार्टीले एउटा बक्तब्य जारि गर्‍यो । तपाईहरुले बक्यब्यबाजी गर्नु ठिक थिएन भनेर हामीले बक्तब्य जारि गर्‍यौं । त्यसबेला नेपाली कांग्रेससित अलिकति तितो संवन्ध भयो । त्यसपछि परराष्ट्र मन्त्रालयलाई उहाँहरुले समात्नुभयो । परराष्ट्र मन्तत्रालयको बिरुद्द हामी अदालत गयौं । त्यसले पनि संवन्धमा तितो ल्यायो । अन्तत परराष्ट्र मन्त्रालय र हामी मिल्नैपर्ने अवस्थामा आइपुग्यौं । सहकार्य गर्नैपर्ने अवस्थामा आइपुग्यौं । राजनितिक दलका नेतासितपनि सहकार्य गर्नैपर्ने अवस्थामा आइपुग्यौं । त्यसैले गैर आवाशीय नेपाली संघलाई राजनितिबाट मुक्त राखेर एकताबद्द गर्दानै मुलुक, दल सबैलाई फाईदा रैछ भन्ने महसुस गरेका छौं अहिले । त्यो शिराबाट छलफल शुरु भएको छ र त्यसमा नेताहरु आफैं लाग्नुभएको छ ।

(गैर आवाशीय नेपाली संघका निवर्तमान अध्यक्ष पन्तले अप्रिल ३ आइतवार नेपालप्लससित गरेको अन्तर्वार्ताका केहि अंश-संपादक)

तपाइँको प्रतिक्रिया