बिहीबार, वैशाख १३, २०८१

फ्रान्सले ३५ रुसी कूटनितिज्ञलाई निष्काशन गर्ने

नेपालप्लस संवाददाता / फ्रान्स२०७८ चैत २१ गते २२:५२

Image-Alain Jocard/AFP/Getty Images screen shot via abcnews.go.com

रुसले युक्रेनमा आक्रमण गरेपछि फ्रान्सले आफ्नो देशमा रहेका ३५ जना रुसी कूटनितिज्ञहरुलाई निष्काशन गर्ने भएको छ ।

युक्रेनमा मस्कोको आक्रमण पछि संयुक्त युरोपेली कारबाहीको एक भागको रूपमा फ्रान्सले सोमवार ३५ रूसी कूटनीतिज्ञहरूलाई निष्कासन गर्ने घोषणा गरेको हो ।

“फ्रान्सले आज सोमवार साँझ फ्रान्समा तैनाथ कूटनीतिक हैसियत भएका धेरै रुसी कर्मचारीहरूलाई निष्कासन गर्ने निर्णय गरेको छ जसका गतिविधिहरू हाम्रो सुरक्षा हित विरुद्ध छन्” फ्रान्सको परराष्ट्र मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ ।

“यो कार्य युरोपेली दृष्टिकोणको हिस्सा हो” परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा भनिएको “हाम्रो पहिलो जिम्मेवारी सधैं फ्रान्सेली जनता र युरोपेलीहरूको सुरक्षा सुनिश्चित गर्नु हो ।”

जर्मनीलेपनि सोमवारनै “महत्वपूर्ण संख्यामा” रूसी कूटनीतिज्ञहरूलाई निष्कासन गरेको जनाएको छ । तर संख्या तोकिएको छैन । जसमा विदेश मन्त्री एनालेना बेरबकले युक्रेनमा क्रेमलिनले गरेको “अविश्वसनीय क्रूरता” को प्रतिक्रिया स्वरुप भनेकि छन् ।

एएफपीका अनुसार जर्मनीले निष्काशन गरेकामा ४० रूसीहरू छन् ।

लिथुआनियालेपनि सोमवार युक्रेनमा रुसी आक्रमणलाई लिएर रुसका राजदूतलाई निष्कासन गर्न लागेको बताएको छ ।

इयुका निर्णयहरुमा सबैभन्दा बढी प्रभावशाली फ्रान्स र जर्मनी मध्ये फ्रान्सले यस्तो निर्णय गरेपछि रुस र इयुबिचको संवन्ध अझै गम्भिर बन्ने आँकलन गरिएको छ ।

यस अघि रुसबिरुद्द प्रतिबन्ध लगाउन सहमत भएका विश्वका शक्तिशाली देश अमेरिका, युके, जर्मनी लगायतका देशका राष्ट्रप्रमुखहरुले रुसी राष्ट्रपतीसितको दोहोरो संवन्ध काटेपनि फ्रान्सेली राश्ट्रपती एमानुयल माख्रोंले भने जारि राखेका थिए ।

माख्रोंले युद्द भएपनि अन्तिम सम्म सबै प्रयास जारिराख्नुपर्ने भन्दै अफूले वार्ता र छलफल अगाडि बढाईरहने मेडियाहरुलाई बताउँदै आएका थिए ।

तर आज सोमवार रुसी कूटनितिज्ञहरुलाई निष्काशन गर्ने फ्रान्सको निर्णयले अब फ्रान्स-इयु संवन्ध झनै चर्किने अनुमान गरिएको छ ।

तपाइँको प्रतिक्रिया