शुक्रबार, चैत १६, २०८०

युक्रेनी राष्ट्रपती सैनिकहरुसँगै पुगे युद्दस्थल बुचा

नेपालप्लस संवाददाता २०७८ चैत २१ गते २३:३८

Image Credit-ukrinform.net

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सोमवार राजधानी कीभ बाहिरको बुचा सहर भ्रमण गरेका छन् जहाँ दर्जनौं लाशहरू भेटिएको दाबी गरिएको छ । ति मध्ये केहीको हात बाँधिएको अवस्थामा फेला परेको फ्रान्सेली मेडियाहरुले उल्लेख गरेका छन् ।

मेडिया रिपोर्टका अनुसार रूसी सेना बुचाबाट फिर्ता भएपछि ति लास फेला परेका थिए ।

“हरेक दिन जब हाम्रा लडाकुहरू प्रवेश गर्छन् र इलाका फिर्ता लिन्छन्, तपाईले के भइरहेको छ देख्नुहुन्छ” बुलेट प्रुफ भेस्ट लगाएर सेनाका कर्मचारीहरूसँगै लडाइँले ध्वस्त भएको सहर पुगेर जेलेन्स्कीले पत्रकारहरूलाई भने ।

युक्रेनको बुचामा यसअघि सहर कब्जा गरेका रुसी सेनाले गरेको बलात्कार, यातना र हत्याको आरोप लागेपछि झन्डै ४१० शव फेला परेको फ्रंस २४ न्युजले उल्लेख गरेको छ । करिब २८० शवलाई सामूहिक चिहानमा गाडिएको थियो।

शव सङ्कलन गर्न सहयोग गरिरहेका एक स्थानीय बासिन्दाले फ्रंस २४ लाई भने, “तिमी आफैंले देख्न सक्छौ कि यी नागरिकहरू थिए ।” यसले आलु बोकेको थियो। स्निपरहरूले ती सबैको टाउकोमा गोली हाने ।”

शव निकाल्ने प्रयास जारी छ ।

संयुक्त राष्ट्र मानवअधिकार प्रमुखले सोमवार युक्रेनको राजधानी नजिकैको बुचामा शवका तस्बिरहरू देखेर “डरलाग्दो” भएको बताइन् । उनले रुसी सैनिकहरूमाथि सम्भावित युद्ध अपराधको चेतावनी दिईन् ।

“युक्रेनको बुचा सहरमा सडकमा र स्थानिय अव्यवस्थित चिहानमा मरेका नागरिकहरूको तस्बिर देखेर म डराएकि छु” मिशेल बाचेलेटले विज्ञप्ति जारि गर्दै भनिन् ।

“यस र अन्य क्षेत्रहरूबाट आएका प्रतिवेदनहरूले सम्भावित युद्ध अपराध, अन्तर्राष्ट्रिय मानवीय कानून र अन्तर्राष्ट्रिय मानव अधिकार कानूनको गम्भीर उल्लङ्घनको बारेमा गम्भीर र चिन्ताजनक प्रश्नहरू खडा गर्छ” उनले भनिन् ।

तर रुसले सोमबार युक्रेनी सहर बुचामा नागरिकहरूको हत्यासँग सम्बन्धित सबै आरोपलाई स्पष्ट रूपमा अस्वीकार गरेको छ र यस विषयमा युक्रेनी आरोपहरूलाई शंकाले हेर्नुपर्ने बताएको छ ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले कन्फरेन्स कलमा पत्रकारहरूलाई भने, “हामीले देखेका कुराहरूबाट हाम्रा विज्ञहरूले नक्कली भिडियो र अन्य नक्कली रिपोर्टहका लक्षणहरू पहिचान गरेका छन् ।”

पेस्कोभले भने “बुचामा भएका घटनाहरूको तथ्य र घटानक्रमले युक्रेनको घटनाहरूलाई सत्य मान्दैन ।”

रुसका कूटनीतिज्ञहरूले बुचामा मस्कोले “युक्रेनी उत्तेजकता (युक्रेनि प्रोभोकेशन)” भनेर बोलाएको कुरामा छलफल गर्न संयुक्त राष्ट्र सुरक्षा परिषद्को बैठक बोलाउने प्रयासमा दबाब दिने पेस्कोभले बताएका छन् ।

(फ्रंस २४, ए एफपी)

तपाइँको प्रतिक्रिया

फेसबुक