शुक्रबार, वैशाख १४, २०८१

स्पेनको विश्व तेक्वान्दो च्याम्पियनशिपमा नेपाली रेफ्री प्रथम

नेपालप्लस संवाददाता२०७८ चैत २२ गते १०:५३

वर्ल्ड र्‍यान्किङ तेक्वान्दोमा प्रथम बनेका दिपेन्द्र तस्विरमा देब्रेबाट दोस्रो

स्पेनमा भएको विश्वस्तरिय (वर्ल्ड र्यान्किङ) तेक्वान्दो प्रतिपर्धात्मक खेलमा नेपाली रेफ्री दिपेन्द्र ढकाल प्रथम भएका छन् ।

विश्वका ८९ वटा देश सहभागि भएको उक्त प्रतिपर्धामा तेक्वान्दोका नेपाली अन्तर्राष्ट्रिय रेफ्री ढकाल प्रथम भएका हुन् ।

स्पेनको आलेकान्ते शहरमा भएको प्रतिस्पर्धामा बिभिन्न महादेशका रेफ्रीहरु सहभागि थिए । ति सबैलाई उछिनेर ढकाल प्रथम बन्न सफल भएका हुन् ।

खेल समापन भैसकेपछि सोमवार आयोजकका तर्फबाट जुरीले दिपेन्द्रलाई सयौं सहभागिकाबिच प्रथम पुरस्कारको घोषणा गर्दा दिपेन्द्र ढकाल हर्षले गदगद बनेका मात्रै थिएनन् उनी चकित बनेका थिए ।

संवन्धित : विश्वस्तरकै अब्बल श्रेणीको नेपाली रेफ्री बन्ने सपना

पुरस्कार पाएका ढकालले यो पुरस्कारले नेपाल, नेपाली खेलाडी र आफ्ना लागिपनि ठूलो अवशर र चुनौति दुबै थपिदिएको बताउँदै नेपालप्लससित भने “त्यति धेरै देश सहभागि थिए । त्यहाँ त पहिले कुन महादेशको रेफ्री भन्नेहुन्छ । त्यसपछि बल्ल कुन देश । पहिले एशियाबाट भन्ने भयो र त्यसपछि एशियाको नेपाल भनेपछि त महादेश र आफ्नै देशकोलागिपनि ज्यादै खुशिको कुरो रह्यो ।”

विश्वभरिबाट आएका तेक्वान्दोका रेफ्री, आयोजक र खेलकुदका उच्च अधिकारीहरुले दिपेन्द्र प्रथम भएपछि बधाई दिंदै नाम टिपेका थिए ।

“आगामी दिनहरुका खेलमा उनीहरुले अब मलाई सिफारिस गर्ने, सम्मेलनहरुमा सहभागि गराउन र खेलका बिभिन्न तालिमहरुकालागि सहुलियत र सुविधाकालागि निम्तो पाउने ढोका खुलेको छ” ढकालले सुनाए ।

दिपेन्द्र ढकालले यस अघिपनि विश्वका विभिन्न तेक्वान्दो प्रतिस्पर्धामा अन्तर्राष्ट्रिय रेफ्रीको भूमिका निभाएका छन् ।

युरोपेली तेक्वान्दो संघ र विश्व तेक्वान्दो संघले विश्वभरिका लागि रेफ्रीहरु छनौट गर्छ । उनी त्यसैको छनौटमा परेका हुन् । छानिएकालाई यस्तो खेलमा रेफ्रीकोलागि बोलाउँछ । उनीहरुले श्रेणी हेर्छन् । कति खेल खेलायो र कति निस्पक्ष तरिकाले खेलायो भन्ने हेरिन्छ । कारवाहिमा परेको वा नपरेको हेर्छ ।

रेफ्री छान्नु अघि विश्व तेक्वान्दो संघको प्रधान कार्यालयको रेफ्री सूची हेर्छन् । त्यसमा राम्रो देखिएपछि युरोपेली तेक्वान्दोले छनौट गर्छ ।

तेक्वान्दोको रेफ्री बन्नकोलागि पहिले त खेलाडीनै हुनुपर्छ । खेल्न छोडेपछि राष्ट्रिय रेफ्रीको परिक्षा पास गर्नुपर्छ । त्यसमा ए, बि, सी तिन श्रेणी हुन्छन् । पहिले सि, त्यसपछि बि र ए मा श्रेणी उक्लिदै जान सकिन्छ ।

सन् २०१२ मा राष्ट्रिय रेफ्री बनेका थिए दिपेन्द्र । सन् २०१८ मा चीनको उसी शहरमा अन्तर्राष्ट्रिय रेफ्रेको परिक्षा दिन गए । नेपालबाट ६ जना गएकोमा उनी मात्रै उत्तिर्ण भएका थिए । अन्तर्राष्ट्रिय रेफ्रीको भूमिका त्यहिंबाट शुरु भयो उनको । त्यो पाएपछि त्यहि चीनमा भएको वर्ल्ड मेट्री गेम पहिलो अन्तर्राष्ट्रिय रेफ्री थियो उनको पहिलो ।

त्यसपछि सन् २०२० को जनवरीमा जर्मनीको हेमवर्ग गए रेफ्रीनै बनेर । त्यहाँ युरोपेली मुलुकका सबैजसोगरि ३६ वटा जति देशका थिए । त्यसपछि दक्षिण एशियाली खेल सार्कको गेम खलाए । तत्कालै कोरोना महामारी शुरु भएर केहि समय रोकियो । कोरोना महामारीपछि पेरिस आएका थिए, रेफ्री बन्नकालागि ।

फ्रान्समा २१ वटा खेलको जज गरेका थिए उनले । आठ वटा कक्ष थिए । त्यसमा विहान ७ बजेदेखि साँझसम्मै खेल हुन्थ्यो । एउटा खेलको जम्मा ९ मिनेट समय हुन्छ । त्यसमापनि हरेक तिन मिनेटमा एक मिनेट ‘ब्रेक’ हुन्छ ।

नेपाली सेनाको त्रिभुवन क्ल्ब, नेपाल प्रहरी र शसस्त्र प्रहरी बल तिन वटैको अन्तर्राष्ट्रिय तेक्वान्दो रेफ्री उनी एक जना मात्रै हुन्। ति सबैको खेलमा म रेफ्री गर्छन् ।

अन्तर्राष्ट्रिय रेफ्रीको तेस्रो सर्टिफिकेट लिन पनि ४ डानको प्रमाणपत्र हुनैपर्छ । त्यसमा नेपालको मात्रै भएर हुन्न कि कोरियाकोपनि हुनुपर्छ प्रमाणपत्र ।

काभ्रे जिल्ला पनौतिको कुसादेवी हो उनको घर । उच्च स्तरको रेफ्री बन्ने र सन् २०२४ को पेरिस ओलम्पिकमा रेफ्री बन्ने धोको उनले पहिलेदेखिनै साँचेका हुन् । पेरिसको ओलम्पिक खेलमा रेफ्री बन्ने उनको धोको हाल बनेको प्रथम श्रेणीले थप बल प्रदान गर्ने छ । पेरिसमा रेफ्री बनेपछि उनका संभावना धेरै बढेका थिए । किनकि विश्व तेक्वान्दोको रेफ्रीको चेयरमेन, टेक्निकल डेलिगेट्सनै आएको थियो र उनीहरुले राम्रो दिपेन्द्रको प्रशंसा गरेका थिए । दिपेन्द्रको प्रशंसा गर्दै पेरिसको अखवारले उनका बारेमा आलेखनै प्रकाशित गरेको थियो ।

प्रमाणपत्र

प्रमाणपत्र ग्रहण गर्दै दिपेन्द्र

तपाइँको प्रतिक्रिया