बिहीबार, वैशाख २०, २०८१

एनआरएनए सचिवालय बैठकका प्रमुख एजेण्डा : संरक्षक परिषद, मेडिया कमिटी र मनोनितको सिफारिस

नेपालप्लस संवाददाता २०७८ चैत २३ गते २२:२०

एनआरएनएको महाधिवेशनपछि पहिलो पटक अप्रिल ९, शनीवारका दिन बस्न लागेको अन्तर्राष्ट्रिय कार्यकारी
सचिवालय (आइएस) बैठकमा मुल रुपमा तीन एजेण्डा प्रस्तुत गर्न भित्रि गृहकार्य शुरु भएको छ ।

मुख्य एजेण्डामा संघमा योगदान गरेका बढीमा २१ जनालाई मनोनित गर्ने, मेडिया कमिटी निर्माण गर्ने, संरक्षक समिति चयनका लागि सिफारिस गर्ने छन् ।

यसबाहेक महाधिवेशनको समिक्षा र नयाँ कार्य समितिले घोषणा गरेको पशुपति क्षेत्र विकास कोषमा कम्तीमा १०० कोठा सहितको सुविधा सम्पन्न श्रद्धाश्रम (वृद्धाश्रम) निर्माण गर्ने छन् ।

एनआरएनएको विधानको धारा २२ को १४ अनुसार कम्तिमा सात महिला सहित २१ जना मनोनयनकालागि सिफारिस गर्नुपर्ने छ । यसमा कसकसलाई मनोनित गर्ने भन्ने तीन जना अध्यक्षका समुहबिच आफ्ना आफ्ना तर्फबाट नाम सिफारिस गर्नसक्ने देखिएको छ ।

कुल आचार्यले डा. यादव पण्डित, विश्व आदर्ष पण्डित, मन केसी, पत्रकार भगिरथ योगीलगायतको नाम सिफारिस गर्ने चर्चा छ ।

यता डा. बद्रि केसीको समुहले टिबी कार्की, डा. अम्बिका प्रसाद अधिकारी, एकनाथ खतिवडा, डा. सन्जिव सापकोटा, नरेश कोइरालाको नाम सिफारिस गर्ने चर्चा छ । केहिले संस्थापक महासचिव भिम उदासको नामपनि लिएका छन् । तर उनी संस्थापक महासचिव भैसकेकाले यसमा बस्लान भनेर नपत्याउनेहरुपनि छन् ।

कम्तिमा सात जना महिला हुनुपर्ने वैधानिक प्रावधानले गर्दा सात जना महिलाको तुलनामा एनआरएनएमा योगदान गरेका अन्य पुरुषहरुको तीन पक्षका आकांक्षीहरुले चाहेको जस्तो नाम सिफारिस हुन गलफत्ती पर्ने संभावना देखिन्छ ।

महिलाहरुमा पुनम गुरुङ, जानकी रिमालको नाम चर्चामा छ । तर महिलाका पक्षमा खासै कुनै पक्षलेपनि यकिन गरिसकेको छैन ।

त्यस्तै, एनआरएनए विधानको परिच्छेद ६ को धारा १६ अनुसार एक जना प्रमुख संरक्षकसहित पाँच जना संरक्षक रहेको संरक्षक परिषद गठन गर्ने प्रावधान छ ।

यो पाँच जनाको संरक्षक परिषदमा प्रमुख संरक्षक संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोलाई प्रस्ताव गरिने छ । चार संरक्षकहरुमा जीवा लामिछाने, एनआरएनएका निवर्तमान अध्यक्ष कुमार पन्त, पूर्व अध्यक्ष भवन भट्ट र राम प्रताप थापाको नाम सिफारिस गरिंदै छ ।

तर जीवा लामिछाने र डा. उपेन्द्र महतोले भने प्रमुख संरक्षक बस्ने इच्क्षा देखाएका छैनन् । र कुमार पन्तको नाम सिफारिस गर्ने बुझिएको छ । एनआरएनए महाधिवेशनको संवोधनमै जीवा लामिछानेले नयाँ समितिलाई संरक्षक परिषदको अधिकार कटौति गर्न सुझाव दिएको र डा. उपेन्द्र महतोले ‘पुरानाले संस्था बिगारेका हुन्, नयाँलाई जिम्मेवारीमा ल्याउनुपर्छ’ भन्ने अभिब्यक्ति दिएका थिए । त्यसैले उनीहरुलेनै प्रमुख संरक्षकमा नबस्ने सुझाव दिने संभावना छ ।

एनआरएनएमा अति महत्वपूर्ण मानिएको तर सधैं झारा टार्न बन्ने गरेको मेडिया कमिटी (मेडिया टास्क फोर्स) पनि सिफारिस हुने भएको छ ।

मेडिया कमिटी (मेडिया टास्क फोर्स) प्रवक्ताको छायाँमा रहने भएकाले अब बन्न लागेको मेडिया कमिटीपनि खासै ओजनदार हुने आशा अभियन्ताहरुलेनै गरेका छैनन् ।

अहिलेका प्रवक्ता दुबै जना मेडियाको खासै ज्ञान नभएका र अझ एक जना त अति विवादित भएकाले स्वच्छ छबी बनाएका पत्रकार त्यस्तो कमिटीमा बसेर काम गर्लान् भन्ने सकारात्मक अवस्था पनि देखिन्न । तरपनि एनआरएनएको मेडिया कमिटीमा नाम लेखाउन चाहनेको लर्को बाक्लै छ ।

यहि कमिटीमा आफ्ना आफ्ना तर्फबाट चुनावी प्रचार गरेका, मेडियाको न्युनतम मापदण्डपनि पालना नगरेका र हाकाहाकी आफ्नो गुटको अन्धधुन्ध प्रचार त अर्को पक्षलाई खुइल्याउने गरि कलम चलाएकाहरु फेरिपनि मेडिया कमिटीमा रहने लक्षण छ ।

(दोस्रो पटक संपादन गरिएको-संपादक)

तपाइँको प्रतिक्रिया

फेसबुक