शुक्रबार, वैशाख १४, २०८१

इयुले युद्ध सुरु भएदेखि रुसी ऊर्जामा ३५ अर्व युरो खर्च, युक्रेनलाई सहायता एक अर्व मात्र

नेपालप्लस संवाददाता / फ्रान्स२०७८ चैत २४ गते ०:२४

युरोपेली युनियन (ईयू) ले युक्रेनलाई विदेशी सहायताको रूपमा पठाएको एक अर्ब यूरोको तुलनामा युद्ध सुरु भएदेखि रुसी ऊर्जाका लागि ३५ अर्ब युरो भुक्तान गरेको छ ।

ईयूका शीर्ष कूटनीतिज्ञ जोसेप बोरेलले ईयुले युक्रेनलाई थप हतियार दिनुपर्ने बताउँदै उक्त रहस्य खोलेका हुन् ।

“युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई हामीले नायक भएको कुरा बताएर मात्रै हुन्न की उहाँलाई लड्नका लागि थप हतियारहरू दिनुपर्छ । युक्रेनीहरूले हामीबाट यही आशा राखेका छन्” बोरेलले बुधवार युरोपेली संसदलाई भने “हामीले के हेरेर बसिराखेका छौं । हामीले यसलाई छिटो गर्नुपर्छ । रुसलाई दबाब दिँदै युक्रेनलाई हतियार दिनुपर्छ । उनीहरूलाई हाम्रो अधिकारमा पर्ने सबै क्षमता प्रयोग गरेर आक्रमणकारी सेनाहरूसँग लड्न मद्दत गर्नुहोस् ।”

“हामीले युक्रेनलाई करिब एक अर्व युरो दिएका छौं। त्यो धेरै जस्तो लाग्नसक्छ । तर एक अर्व युरो त्यो हो जुन हामीले भ्लादिमिर पुटिनलाई दिनहुँ उहाँले हामीलाई उपलब्ध गराउनुभएको ऊर्जाको लागि तिर्दैछौं । युद्ध सुरु भएदेखि हामीले युक्रेनलाई हातहतियार बनाउन दिएको १ बिलियन युरोको तुलनामा उसलाई ३५ अर्व युरो दिएका छौं।”

संवन्धित : रुस-युक्रेन युद्दले विश्वभरिनै खाद्यान्नको मूल्य बढ्ने, सबैभन्दा मारमा गरिब

रुसको तेल, ग्यास र कोइलामाथि ईयूको भारी निर्भरता युक्रेनमा भएको युद्धले खुलासा गरेको छ ।

रूसी जीवाश्म ईन्धनमा कुल प्रतिबन्ध लागू गर्न ईयुलाई आह्वान गरिरहेको छ । त्यो दवाद बढ्दो छ । गत वर्ष ९९ अर्व युरो भन्दा बढी रकम रुसलाई तिरिएको थियो । त्यसले रुसी युद्ध मेसिनलाई कोषको श्रेय दिइएको आरोप लागेको छ ।

तर यो मुद्दा सदस्य राष्ट्रहरू बीच अत्यधिक विभाजनकारी भएको छ जसमा देशनै पिच्छे विभिन्न ऊर्जा मिश्रणका स्वार्थ छन् । त्यसैले रुसी इन्धन पूर्णरुपमा बहिस्कारका लागि असमानता उजागर भैरहेको छ

पोल्याण्ड र बाल्टिक राज्यहरूले यो कदम ईयुको लागि नैतिक कर्तव्य भनिरहेका छन् । तर जर्मन व्यवसायहरूले पूर्णरुपमा प्रतिबन्ध लगाएमा ठूलो मन्दीको चेतावनी दिएका छन् ।

युक्रेनको राजधानी कीभ नजिकैको उपनगर बुचामा नागरिकहरू विरुद्ध अन्धाधुन्ध हत्या भएको रिपोर्ट आएपछि रुसी ईन्धनमा पूर्ण प्रतिबन्ध लगाउनुपर्ने बहस तीव्रताको नयाँ तहमा पुगेको छ ।

युरोपेली आयोगले मंगलबार दिउँसो अनुमोदन गरेको प्रतिबन्धहरूको नयाँ प्याकेजले रूसी कोइलाको आयातमा प्रतिबन्ध लगाउने प्रस्ताव गरेको छ जुन लगभग चार अर्व युरो समेटिन्छ ।

“आज हामीले रुसी कोइलाको अन्त्य गर्यौं । तर त्यो कुल बिलको एकदम सानो अंश हो” बोरेलले भने।

आयोगले तेलसँग सम्बन्धित उपायहरूमा काम गर्ने बताएको छ । त्यसको लागि ईयुले वार्षिक ७० अर्व तिर्छ । तर ग्याँसको कुनै उल्लेख गरेको छैन जसमा ईयुले १६ अर्व यूरो भन्दा बढी खर्च गर्दछ ।

ईयुले पछिल्लो पटक प्रस्ताव गरेका उपायहरूमाथि ईयुका २७ सदस्य राष्ट्रहरूले छलफल गरिरहेका छन् । त्यस प्रस्तावलाई सर्वसम्मतिबाट अनुमोदन गर्नुपर्ने छ ।

संवन्धित :

रुस-युक्रेन युद्धले यूरोपेली क्षेत्रमै मुद्रास्फीति साँढे सात प्रतिशतले वृद्धि

रुस-युक्रेन युद्दले विश्वभरिनै खाद्यान्नको मूल्य बढ्ने, सबैभन्दा मारमा गरिब

रूसी ऊर्जामा युरोपेली निर्भरता कम गर्न अमेरिका र ईयू बिच साझेदारीको घोषणा

 

तपाइँको प्रतिक्रिया