बुधबार, वैशाख १२, २०८१

दर्जनौं रोगको उपचारकालागि नरिवल पानी

नेपालप्लस संवाददाता२०७८ चैत २७ गते ६:२९

जैविक नरिवल (कोकोस न्यूसिफेरा) पानी प्राकृतिक तरल पदार्थ हो जुन ताजा काटिएको काँचो नरिवलबाट आउँछ । शुद्ध तरल, नरिवलको पानीमा क्यालोरी कम हुन्छ र प्राकृतिक चिनीको धेरै शक्तिशाली स्रोत हो । यसमा इलेक्ट्रोलाइटहरू, जस्तै क्याल्सियम, पोटासियम, म्याग्नेसियम र सोडियम हुन्छ । भिटामिन, खनिज र अन्य पोषक तत्वहरू जस्तै लोरिक एसिड ( अम्ल) पाइन्छ ।

हवाईका मानिसहरु नरिवल स्वर्गको शित हो भन्छन् । यसले धेरै उल्लेखनीय स्वस्थ कामहरू गर्न सक्छ । तपाईंको शरीरलाई पानीको अभाव पूर्ती गर्नदेखि तपाईंको रक्तचाप कम गर्नसम्म । अर्गानिक नरिवलको पानी प्रकृतिको सबैभन्दा स्फूर्तदायी पेय पदार्थहरू मध्ये एक हो । नरिवल पानी प्रमाणमा आधारित स्वास्थ्य लाभहरूको एक पावरहाउस हो।

स्वस्थ प्रतिरक्षा प्रणाली

यदि तपाईं बिरामी वा मौसम बदलिको असर शरिरमा महसुस गर्दै हुनुहुन्छ भने शरीरले बान्ता र पखालाबाट तरल पदार्थको ठूलो मात्रा गुमाउन सक्छ । यस्तो अवस्थामा जैविक नरिवलको पानीले तपाईंको हाइड्रेसन स्थितिलाई मद्दत गर्न सक्छ । नियमित पानीले भन्दा राम्रो इलेक्ट्रोलाइटहरू सन्तुलनमा राख्न सक्छ । नरिवलको पानीमा पाइने लौरिक एसिड (राम्रो फ्याट मध्ये एक) स्वस्थ उपपाचन प्रक्रिया (मेटाबोलिज्म) लाई समर्थन गर्दछ । यसमा एन्टिफङ्गल, एन्टिब्याक्टेरियल र एन्टिभाइरल गुणहरू हुन्छन्, जसले शरीरको प्रतिरक्षा प्रणालीलाई बढाउँछ।

२००९ मा पेप्टिडेट्समा प्रकाशित एक अध्ययनका अन्वेषकहरूले नरिवलको पानीबाट पृथक तीन नयाँ एन्टिमाइक्रोबियल पेप्टाइड्सको संरचनात्मक गुण भेट्टार अध्ययन गरे जुन ग्राम-पोजेटिभ र ग्राम-नेगेटिभ भनिने जिवाणु विरुद्ध प्रभावकारी साबित भएको छ ।

नरिवलको पानीमा प्लान्ट साइटोकाइन भनिने तत्वहरू हुन्छन् । धेरै सानो प्रोटिनको एक श्रेणी हो त्यो जसले शरीरमा प्रतिरक्षा कोशिकाहरूसँग मिलेर काम गर्न, संक्रमण र विकारहरूबिरुद्द प्रतिक्रिया दिन्छ।
………………

चिनी सन्तुलन

नरिवलको पानीमा इलेक्ट्रोलाइट्सको सन्तुलन मानव रगतमा जस्तै लगभग समान हुन्छ । यति नजिक कि नरिवल पानी मात्र प्राकृतिक, गैर-रक्त पदार्थ हो जुन मानव रक्तप्रवाहमा सुरक्षित रूपमा घुलमिल गराउन सकिन्छ ।

“जीवनको तरल पदार्थ” को रूपमा तयार गरिएको नरिवलको पानी यति राम्रो हुन्छ कि यो दोस्रो विश्वयुद्धको समयमा मानव रक्त प्लाज्मा प्रतिस्थापन गर्न प्रयोग गरिएको थियो । सन् २००० मा अमेरिकन जर्नल अफ इमर्जेन्सी मेडिसिनमा प्रकाशित एक रिपोर्टले विश्वको दुर्गम क्षेत्रहरूमा जहाँ चिकित्सा आपूर्तिहरू सजिलै उपलब्ध छैनन् त्यहाँ उच्च हाइड्रेशन र गम्भीर बिरामीहरूको पुनरुत्थानको लागि नरिवल पानी र नरिवल प्रयोग गरेको उल्लेख गरेको थियो थियो।

नरिवलको पानीमा अपेक्षाकृत मात्रामा क्लोराइड हुन्छ जसले शरीरलाई यसको पीएच स्तर (शरिरमा कति अम्ल छ भनेर जाँचिने माध्यम) र तरल पदार्थ सन्तुलनमा राख्न मद्दत गर्छ । शरीरलाई होमियोस्टेसिस (उच्च कार्यको लागि उपयुक्त वातावरण) कायम राख्न धेरै महत्त्वपूर्ण छ। विशेष रूपमा, होमियोस्टेसिस भनेको शरीरको आन्तरिक अवस्थाहरू – जस्तै तापक्रम र रगतमा चिनीको मात्रा हो जुन एकदम सन्तुलनमा राख्न र त्यसको निगरानी कायम राख्ने शरीरको प्रवृत्ति हो।
…………………

मुत्र रोगमा फाईदा

नरिवलको पानीले रक्तचाप कम गर्छ । नियमित नरिवल पानी पिउनाले रक्तचाप कम गर्न मद्दत गर्छ । २००५ मा वेस्ट इन्डियन मेडिकल जर्नलमा प्रकाशित एक अध्ययनले उच्च रक्तचाप भएका ७१ प्रतिशत स्वयंसेवकहरूले दुई हप्ताको लागि दिनमा दुई पटक नरिवलको पानी पिएपछि सुधार देखे । २९ प्रतिशत नरिवल पानी पिउनेहरुले आफ्नो डायस्टोलिक रक्तचाप नियन्त्रणमा महत्त्वपूर्ण कमी आएको पाए ।

नरिवलको पानीले उच्च रक्तचाप कम गर्न मद्दत गर्नुको एउटा कारण यसमा हुने उच्च पोटासियम तत्व हो । एक कप अर्गानिक नरिवलको पानीमा मध्यम आकारको केरा भन्दा बढी पोटासियम हुन्छ । पोटासियमयुक्त आहारहरूले रक्तचाप कम गर्छ । मुटुको उच्च धड्कनलाई घटाएर, सुरक्षा गरेर मुटुको स्वास्थ्यलाई सहयोग गर्न सक्छ ।

नरिवलको पानीले कोलेस्ट्रोलको स्तर कम गर्न र उच्च बोसोयुक्त आहारको नकारात्मक प्रभावलाई कम गर्न मद्दत गर्छ । सन् २००८ मा फूड एण्ड केमिकल टक्सिकोलजीमा प्रकाशित एक तुलनात्मक अध्ययनले नरिवलको पानीले लोभास्टाटिन जस्ता बोसो युक्त अम्ल (लिपिड) घटाउने औषधिको तुलनामा राम्रो कोलेस्ट्रोल घटाउने प्रभाव नदेखिने उल्लेख गरेको छ । नरिवलको पानीले लिपिड घटाउने औषधिको विपरीत साइड इफेक्ट पनि गर्दैन ।

यो पानी गुलियो भए तापनि मधुमेह भएका मानिसहरूका लागि स्वस्थ पेय पदार्थ हो । २०१२ मा फूड एन्ड फङ्शनमा प्रकाशित एक अध्ययनले नरिवलको पानीमा एन्टिअक्सिडेन्टहरू सहित धेरै जैविक रूपमा सक्रिय यौगिकहरूको चिकित्सीय क्षमता देखाएको छ जसले हाइपरग्लाइसेमिया (उच्च रक्त ग्लुकोज वा रक्त चिनी) र मधुमेहसँग जोडिएको अक्सिडेटिभ तनाव कम गर्न सक्छ ।
…………………

मस्तिष्कलाई फाईदा

नरिवलको पानीले मस्तिष्क बिग्रनबाट बच्न मद्दत गर्छ । तपाईको उमेर बढ्दै जाँदा देखा पर्ने स्मरण, निर्णय क्षमता, सचेतता गिरावटलाई रोक्न सक्छ । २०१९ मा जर्नल अफ एजिङ रिसर्चमा गरिएको एक अध्ययनले नछिप्पिएको नरिवलको पानीले एस्ट्रोजेन रिसेप्टर्स (एस्ट्राडियोल) को नियन्त्रण मार्फत अल्जाइमर रोगसँग सम्बन्धित केही खराबी, लक्षणहरुलाई परिवर्तन गरिदिएर कम गर्छ ।
………………

पाचन स्वास्थ्यमा सुधार

अर्गानिक नरिवलको पानीमा म्याग्नेसियम हुन्छ । यस्तो खनिज जसले खाएका वस्तुहरुलाई चलायमान राख्छ । कब्जियत रोक्न मद्दत गर्दछ । शिकागोमा रहेको आहाराविद म्यागी माइकलसिजकले पर्याप्त हाइड्रेशन, सामान्यतया, आन्द्राका चालहरू सक्रिय राख्न धेरै महत्त्वपूर्ण भएको नेचुरल न्युजलाई बताएका छन् ।

ट्रपिकल एण्ड जियोग्राफिकल मेडिसिनमा प्रकाशित एक अध्ययनको नतिजाले हल्का पखाला वा ग्यास्ट्रोएन्टेराइटिस भएकालाई सुधार गर्ने उल्लेख गरेको छ । रिपोर्टमा राम्ररी पोषण नभएका बच्चाहरूको लागि ग्लुकोजको समस्या समाधानको गर्न नछिप्पिएको नरिवलको पानी अति लाभदायक हुने उल्लेख छ ।
…………………

मृगौला स्वास्थ्यमा सुधार

सन् २०१८ मा बायोमेड रिसर्च इन्टरनेशनलमा प्रकाशित एक अध्ययनका अनुसार नरिवलको पानी पिसाबको पथ्थरी हुनेलाई रोक्न एक अप्रत्याशित स्रोत हो जसले क्याल्सियम लवणको पिसाब गर्न कम गराउने क्रमलाई रोक्न मद्दत गर्छ वा क्रिस्टल र मृगौलाको पत्थरी बन्ने प्रक्रियालाई रोक्छ ।

शोधकर्ताहरूले नरिवलको पानीले मृगौलाको पत्थरी नभएका व्यक्तिहरूमा पोटासियम, क्लोराइड र साइट्रेटको पिसाब बढाउँछ भन्ने पत्ता लगाए । मुत्र प्रणालीलाई खुला गराउँछ र पत्थरी हुने सम्भावना कम हुन्छ ।
…………………

मुखको स्वास्थमा फाइदा

२०१७ मा इन्टरनेशनल सोसाइटी अफ प्रिभेन्टिभ एन्ड कम्युनिटी डेन्टीस्ट्रीको जर्नलमा प्रकाशित एक अध्ययनले नरिवलको पानीको एन्टिमाइक्रोबियल गुण यसको उच्च लौरिक सामग्रीको कारण हो जुन मुखको घाउ जस्तै केहि मौखिक संक्रमणहरूको लागि औषधीको रूपमा प्रयोग गरिन्छ भन्ने प्रकाशित गरेको छ । केही अध्ययनहरूले नरिवलमा पाइने सुक्रोज मोनोलोरेट र ग्लाइकोलिपिड कम्पोनेन्ट भनिने तत्वहरूमा एन्टी क्याभिटी गुणहरू रहेको रिपोर्ट गरेको छ।
…………

स्वस्थ एरोबिक ऊर्जा प्रणाली

नरिवल पानी पनि एक उत्कृष्ट खेलकुद र ऊर्जा पेय विकल्प हो । अध्ययनहरूले खेलकुद गर्दा दिईने पेय र अन्य ऊर्जा पेयहरू धेरै अस्वस्थ हुन्छन् भन्ने देखाएका छन् । किनभने तिनीहरूमा उच्च मात्रामा परिष्कृत चिनी र अन्य वस्तु मिश्रित हुन्छन् । स्फूर्तदायी भए पनि, यस्ता मीठो पेयपदार्थ लामो समयसम्म तपाईंको स्वास्थ्यको लागि हानिकारक हुन सक्छन् । यसको विपरित, नरिवलको पानी तपाईंको शरीरको लागि अत्यन्त सुरक्षित र राम्रो हुन्छ । खेल्दा नाश भएको शक्ति आर्जन गर्न नरिवलको पानीले सहयोग गर्छ ।

नियमित रूपमा व्यायाम गर्ने व्यक्तिहरू, खेलाडीहरू सहित सबैलाई पसिना बगेर जाँदा नुनको मात्रा कम हुने समस्या समाधानको रूपमा नरिवलको पानी पिउन प्रोत्साहित गरिन्छ । नरिवलको पानीले तरल पदार्थ र खनिजहरूलाई प्रतिस्थापन गर्छ जुन शरीरले ब्यायमका गतिविधिहरूमा गुमाउँछ । यसलाई प्राक्रितिक खेल पेयको रूपमा सोच्न सकिन्छ ।
…………………

माशंपेशी बलियो राख्न

जैविक नरिवल पानीमा इलेक्ट्रोलाइट्सले तरल पदार्थको सन्तुलन विनियमित गर्न, पानीको अभाव रोक्न र मांसपेशीको नियमित कार्य सुनिश्चित गर्न मद्दत गर्न सक्छ । एक कप नरिवलको पानीमा ५८ मिलिग्राम क्याल्सियम हुन्छ । क्याल्सियम स्वस्थ हड्डी र दाँत स्वस्थ राख्न आवश्यक हुनुका साथै मांसपेशीहरूलाई राम्रोसँग काम गर्न मद्दत गर्छ ।

एक कप नरिवलको पानीले तपाईंलाई ६० मिलिग्राम म्याग्नेसियम पनि दिन्छ जुन एकेडेमी अफ न्यूट्रिशन एण्ड डाइटेटिक्सले प्रत्येक दिन सिफारिस गरेको ४०० मिलिग्रामको महत्त्वपूर्ण अंश हो ।

तपाईंको शरीरलाई मांसपेशी आराम, ऊर्जा उत्पादन, हड्डी बलियो राख्न, हृदयको काम नियमित गराउन र स्नायु प्रणाली स्वास्थ्यको लागि म्याग्नेसियम चाहिन्छ । यो नरिवलको पानीले उपलब्ध गराउँछ ।
…………………

स्वस्थ छाला र कपाल हुर्काउन उत्तम

उचित हाइड्रेशनको कमीले छालालाई सुख्खा, बढि कडा र छाला उप्किने बनाउँछ । अर्गानिक नरिवलको पानी पिउनाले तपाईंको दैनिक हाइड्रेसन आवश्यकताहरूमा योगदान पुर्‍याउन सक्छ। नरिवलको पानीमा बी भिटामिन रिबोफ्लेभिन (बि २), नियासिन (बि ३), प्यान्टोथेनिक एसिड (बि ५), फोलिक एसिड (बि ९), बायोटिन (बि ७), थायामिन (बि १) र एस्कर्बिक एसिड वा भिटामिन सीको मात्रा हुन्छ ।

नरिवलको पानीमा भिटामिन सी कम भए पनि यसको अन्य पोषक तत्व जैविक उपलब्धता बढाउन पर्याप्त हुन्छ । नरिवलको पानीमा पाइने भिटामिन सीले छालामा पाइने प्रोटीन (कोलाजेन) बनाउन मद्दत गर्छ जसले तपाईंको छालालाई लचिलो र बलियो बनाउँछ।
………………

वजन व्यवस्थापन

नरिवलको पानीमा प्रशस्त मात्रामा फाइबर हुने भएकाले खाना खाईरहने लोभ र अत्याधिक खानेकुरालाई रोक्न सक्छ । पहिले नै चर्चा गरिएझैं, नरिवलको पानीले तपाईको रगतमा चिनीको स्तर कायम राख्न र राम्रो पाचनमा मद्दत गर्न सक्छ ।

Sources include:

ArabNews.com

ScienceDirect.com 2

VeryWellMind.com

ScienceDirect.com 3

HealthyFellow.com

ScienceDirect.com 4

Pubs.RSC.org

Hindawi.com 1

EuropePMC.org

Hindawi.com 2

JISPCD.org

BCBSTNews.com

Healthline.com

TheActiveTimes.com

India.com

Brighteon.com

naturalnews.com

तपाइँको प्रतिक्रिया

फेसबुक