बिहीबार, वैशाख १३, २०८१

खुल्यो ग्रिसमा ७५,००० घरलाई बिजुली दिने युरोपकै सबैभन्दा ठूलो सौर्य पार्क

नेपालप्लस संवाददाता२०७८ चैत २४ गते २०:५६

 

Image- Pixabay via balkangreenenergynews.com

ग्रीसका प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले बुधवार बिजुली उत्पादन गर्ने युरोपकै सबैभन्दा ठूलो नयाँ सोलार पार्कको उद्घाटन गरेका छन् । यो युरोपमा दुई-पक्षीय वा दुबै तर्फ प्यानलहरू भएको सबैभन्दा ठूलो प्रणाली हो ।

मित्सोटाकिसले नवीकरणीय ऊर्जा परियोजनाहरू छिटो बनाउने बाचा गरेअनुरुप यो काम गरेको बताएका छन् । देशले प्रदूषण र महँगो आयातित जीवाश्म ईन्धनहरूबाट छुटकारा पाउन खोजेको उनको भनाई छ ।

सोलार पार्कको निर्माता हेलेनिक पेट्रोलियमको बिज्ञप्ती अनुसार ग्रीसले सन् २०३० सम्ममा आफ्नो स्थापित क्षमतालाई नवीकरणीय ऊर्जाबाट करिब १९ गिगावाटमा दोब्बर बनाउने लक्ष्य राखेको छ ।

रुसले युक्रेनमाथि आक्रमण गरेपछि सन् २०२७ सम्ममा हरित ऊर्जाको बिकल्प ल्याएर रुसी ग्यासमाथिको निर्भरता अन्त्य गर्न उनले सोलार प्यानल पार्क शुरु गरेका हुन् । युरोपेली आयोगको नयाँ अभियानको एक हिस्साको रूपमा यसलाई माथिल्लो तहमा परिमार्जन गर्न सकिने बताइएको छ ।

उत्तरी ग्रीक सहर कोजानीमा रहेको २०४ मेगावाटको सोलार पार्क ग्रीसको सबैभन्दा ठूलो तेल रिफाइनर हेलेनिक पेट्रोलियमले निर्माण गरेको हो ।

हेलेनिक पेट्रोलियम बाल्कनमा सबैभन्दा ठूलो तेल कम्पनीहरू मध्ये एक हो । तर यसले आफूलाइ स्वच्छ ऊर्जामा रूपान्तरण गरिरहेको दाबी गरेको छ । यसले ग्रीसमा सबैभन्दा ठूलो सौर्य पार्क स्थापना गरेको छ र ब्याट्री भण्डारण पनि थप्न सक्ने संकेत गरेको छ ।

कति ऊर्जा उत्पादन ?

यो पार्कले ७५,००० घरधुरीलाई बिजुली आपूर्ति गर्नेछ र आगामी हप्ताहरूमा देशको पावर लाईनमा जडान गर्ने छ ।

“यो परियोजनाले सूर्य, हावा, पानीबाट सस्तो र स्वच्छ ऊर्जाको लागि हाम्रो राष्ट्रिय लक्ष्यहरू प्रतिबिम्बित गर्दछ” प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले पार्कको उद्घाटनमा भने ।

युरोपियन युनियन तथ्याङ्क कार्यालयका अनुसार ग्रीसले आफ्नो ऊर्जा खपतको २१ दशमलव ७ प्रतिशतमा नवीकरणीय ऊर्जा प्रयोग गरेर २०२० को लक्ष्य प्राप्त गरेको छ । सन् २०३० सम्ममा ३५ प्रतिशतमा पुर्‍याउने लक्ष्य राखेको छ।

तपाइँको प्रतिक्रिया