शुक्रबार, चैत १६, २०८०

आफ्नो तर्फ युक्रेनमा महत्वपूर्ण क्षति भोगेको रुसको भनाई

नेपालप्लस संवाददाता२०७८ चैत २४ गते २१:३५

Image Credit-ukrinform.net

रुसी प्रवक्ता दिमित्री पेस्कोभले रुसले युक्रेनमा “महत्वपूर्ण क्षति” बेहोरेको विहिवार बताएका छन् । रुसी सेनाले फर्वरी २४ मा युक्रेनमाथि हमला गरेको थियो जसलाई रुसले ‘विशेष सैन्य अभियान’ भन्दै आएको छ ।

रुसको रक्षा मन्त्रालयले मार्च २५ मा पछिल्लो अद्यावधिक तथ्यांक भन्दै अभियान सुरु भएदेखि यता १ हजार ३ सय ५१ रूसी सैनिक मारिएको र ती हजार ८२५ जना घाइते भएको बताएको थियो ।

रुसले फिनल्याण्ड र स्वीडेन नाटोमा सामेल भएमा ‘पुनः सन्तुलन’ गर्नुपर्ने समेत बताएको छ ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले बिहीवार भने “यदि फिनल्याण्ड र स्वीडेन नाटोमा सामेल भए भने रसियाले आफ्नै उपायहरू अवलम्वन गरेर ‘स्थितिलाई पुन: सन्तुलन’ गर्नुपर्ने छ ।”

नाटोमा जान अनिच्क्षुक रहेका यि दुई देश रुसले युक्रेनमा आक्रमण युक्रेनी सैन्य क्षमता नास गर्न लागेपछि असुरक्षा महसुस गर्दै नाटोमा जान तयार भएका हुन् ।

“यदि दुई देशहरू नाटोमा सामेल हुन्छन् भने हामीले हाम्रो सुरक्षा सुनिश्चित गर्ने सन्दर्भमा हाम्रो पश्चिमी भागलाई अझ परिष्कृत बनाउनु पर्छ” पेस्कोभले बेलायतको स्काई न्यूजलाई भने ।

तपाइँको प्रतिक्रिया

फेसबुक