शुक्रबार, चैत १६, २०८०

कुमारित्व प्रमाणित गर्न नाङ्गै नचाउने संस्कृति

नेपालप्लस संवाददाता२०७८ चैत २९ गते १८:२७

Photo source-Photo source: Atqnews via histryofyesterday.com

विश्वको कुनै देशमा यस्तो पनि संस्कृति छ जहाँ केटीहरूलाई आफ्नो कुमारित्व प्रमाणित गर्न नाङ्गै नाच्न लगाइन्छ । र त्यो जनजातिले उनीहरूलाई कुमारित्व रहेको प्रमाणपत्र दिन्छ ।

सोह्रौं शताब्दीमा ओक्रिका जनजातिलाई नाइजेरियामा वाकिरिके मानिसहरू भनेर पनि चिनिन्थ्यो । उनीहरुलाई इरिया फेस्टिवल (पर्व) भनिने चाड मनाउने जाति भनेरपनि चिनिन्छ ।

नाइजेरियाको रिभर्स प्रान्तको एउटा टापुमा बसोबास गर्ने मानिसहरूले इरिया परम्परालाई नारीत्वमा प्रवेश गर्ने अधिकार मान्छन् । समुदायका प्रत्येक किशोरीले आफ्नो कुमारीत्व प्रमाणित गर्न समारोहमा भाग लिनुपर्छ । त्यो नाचपछि किशोरीलाई कुमारीत्व रहेको प्रमाणपत्र दिईन्छ ।

ईरिया महोत्सव

इरिया महोत्सव रिभर्स राज्य नाइजेरियाको ओक्रिका जनजाति द्वारा वार्षिक रूपमा आयोजित एक कार्यक्रम हो । समारोहको क्रममा समुदायमा सहभागीहरूले विशेष नृत्य प्रदर्शन गर्न शहरको चोकमा भेला हुन्छन् । यो नृत्य समारोह सामान्य होइन । किनकि केटीहरूले आफ्नो कम्मर मात्रै छोपेर अर्ध नग्न भएर आउनुपर्छ । तर तिनीहरूका स्तनहरू सबैले हेरुन भनेर नछोपी बउभिनुपर्छ ।

सामान्यतया अक्टोबरदेखि डिसेम्बरसम्म हुने यो समारोहलाई विशेष गरी किशोरीका अभिभावकले गर्वको रुपमा मान्छन् । किनभने त्यहाँ सहभागि सबैलाई कुमारी मानिन्छ । कम्तिमा ति गर्भती छैनन् भन्ने विश्वाश हुन्छ । त्यसलाई केटीहरूको पवित्रता देखाउने तरिका मानिन्छ ।

उत्सवको दिन अघि सबै योग्य सहभागीहरूलाई एउटा विशेष ‘फ्याटनिङ रुम’ (खुवाएर मोटो बनाउने कोठा) मा लगिन्छ जहाँ उनीहरूले अर्को दुई हप्ता तयारीमा बिताउँछन् ।

फ्याटनिङ रुम भनेको यस्तो कोठा हो जहाँ युवतीहरू नारीत्वको लागि तयार हुन्छन् । पुरातन समयमा मोटा महिला प्रजनन र सौन्दर्यको प्रतीक मानिन्थ्यो । जवान केटीहरूलाई सामान्यतया यौवनको समयमा मोटाउने कोठामा लगिन्थ्यो ।

त्यहाँ उनीहरूलाई ओनुनु भनिने आफ्नो विशेष परम्परागत खाना लगातार खुवाउँथे । धेरै पाकेको केरा तरुलसँग मिसाएर बनाइएको हुन्छ । त्यसमा अलिकति ताडको तेल (रातो तेल) मिसाएर ताजा माछामा खुर्सानी हालेको झोलसँग खुवाईन्थ्यो ।

जब केटीहरू समारोहको लागि तयार हुन्छन् तिनीहरूले पर्याप्त तौल बढाएको हुनुपर्छ ताकि तिनीहरूका स्तनहरू स्पष्ट रूपमा अधिक रसीला, भरिला देखिउन् ।

इरिया नृत्य समारोह

Photo source: Edquest via histryofyesterday.com

समारोहको दिन सबै केटीहरूको शरीरमा रंगीन पेन्टले रंगाएर फ्याटिङ कोठाबाट बाहिर निकालिन्छ र शहर, बजारको चोकमा प्रस्तुत गरिन्छ । त्यहाँ सबै समुदायका आफ्ना र बाहिरका मानिसहरू केटीहरूको विश्लेषण गर्न पर्खिरहेका हुन्छन् । स्तन र शरीर संरचनाको आकार विश्लेषण गरिन्छ ।

केटीहरूलाई प्रदर्शनमा राख्दा दर्शकहरूले स्तन ठडिएका र झोलिएका स्तनहरू भएका केटीहरूको लागि ताली बजाउन थाल्छन् ।

कार्यक्रममा उपस्थित केही वृद्ध महिलाहरू पनि हुन्छन् जसलाई जिबेनेरिम भनिन्छ । यी वृद्ध महिलाहरूले सहभागीहरूको निरीक्षण गर्छन् । तिनको काम त्यहाँ सहभागि किशोरीहरु कोहिपनि गर्भवती छैन भनेर सुनिस्चित गर्नु हो ।

इरिया फेस्टिभल अघि वा त्यस समयमा गर्भवती भएको कुनै पनि केटीलाई स्वतः अयोग्य ठहराइन्छ । त्यो सामान्यतया उनको सम्पूर्ण परिवारकालागि लाज र उपहासको विषय बन्छ ।

समारोहको अन्त्यमा केटीहरूलाई उनीहरूको कुमारीत्वको प्रमाणपत्र दिइन्छ किनभने तिनीहरू तबमात्र विवाहको लागि उपयुक्त मानिन्छन् ।

नाइजेरियाको यो पुरातन जनजातिका मानिसहरूको विश्वास के छ भने कुमारी केटीलाई यौन सम्बन्धको बारेमा केही थाहा नभएकोले बिनासंकोच सार्वजनिक रूपमा आफ्नो नग्नता प्रकट गर्न खुला हुनुपर्छ । त्यसैले यो कुरालाई प्रमाणित गर्न जनजातिका सबै परिवारले विश्वासका साथ आफ्ना छोरीहरूलाई महोत्सवमा प्रस्तुत गर्छन् । कुनैपनि परिवारको छोरी भाग लिन असफल भएमा वा कुनै कारणले अयोग्य ठहरिएमा समुदायमा भेदभाव र लाजको सामना गर्नुपर्छ ।

पछिल्ला दिनमा जनजातिका धेरै परिवारहरूले क्रिश्चियन धर्म परिवर्तन गरेका छन् । धेरै परिवारले त्यो नग्न परम्पराको निन्दा गरेका छन् । धेरै किशोरीहरुले नग्न समारोहमा भाग लिन अस्वीकार गरेकाले चाडपर्वमा सहभागीहरू धेरै कम भएका छन् ।

त्यसो त, ओक्रिका जनजातिमा अझै पनि केही समुदाय छन् जसले अझैपनि आफ्नो पुरानो परम्परामा गर्व महसुस गर्छन् । तिनले इरिया परम्परा जीवित राख्न प्रयास गरिरहेका छन् ।

(स्रोत-हिस्ट्री अफ येस्टरडे डट कम)

तपाइँको प्रतिक्रिया