शुक्रबार, वैशाख १४, २०८१

उमेर ५० कटेपछि जवान देखिने १८ उपाय

नेपालप्लस संवाददाता२०७८ चैत २६ गते १०:३६

Photo source-india.com

जवान देखिन कसलाई मन लाग्दैन ? झन उमेर अलि बढ्न थालेपछि त यसको रहर झन जाग्दै आउँछ । ५० वर्ष पुगेपछि त झनै जवान देखिन मन लाग्छ । जवान देखिने केहि तरिका पनि छन्न् । केहि अक्किल, तरिका अपनाए ७० वर्ष पुग्दापनि जवान देखिन सकिन्छ ।

(१) आफ्नो कपाल काट्नुहोस् : चटक्क कपाल काट्ने, मिलाउने हो भने जवान देखिन सहयोग हुन्छ । छरालिएको, झ्याङ्ल्याङ्ग परेको कपालले बुढो देखाउन सहयोग गर्छ ।

(२) खाना कम पटक खाने : अधिक खानाले अर्थात् खाएको खायै गर्दा तपाईंको कोशिकाहरूलाई थकित बनाउँछ र तपाईंको कोशिकाहरूले कोलाजेन र पाचनमा ध्यान केन्द्रित गर्न सक्दैनन् । त्यसैले थोरै पटक खाएको राम्रो हुन्छ ।

(३) खाना खाँदा टन्न खानुहोस् । बोसोले तपाइँको चाउरिपनलाई लुकाउँछ।

(५) कम वा बढी सेक्स- यो अलि सोच्नुपर्ने छ । यदि सेक्सले तपाईंलाई खुसी बनाउँछ भने यसले तपाईंलाई जवान देखिन मद्दत गर्न सक्छ। यदि सेक्सले तपाईलाई थकित पार्छ भने तपाईलाई निद्रा लाग्न सक्छ । जसले तपाईलाई बूढो देखाउँछ । किनकि सेक्सले बढी थकित पारेर आएको निन्द्रा प्राक्रितिक होइन जसले बुढो देखाउन सहयोग गर्छ । यस्तो पार्टनर छान्नुहोस् जसले तपाईंलाई थकाउने छैन । तर विषाक्त पदार्थहरू र सन्तुष्टिलाई पुरा गर्न पर्याप्त रूपमा शरिरका छिद्रहरू खोलिदिन्छ ।

(६) साईकल चलाउने, नदगुर्ने- साईकल चलाउने गर्नुस् । नदौडिनुस् । दौडले पोस्ट-कोलेजन गराउँछ अर्थात् घुँडाले काम गर्दैन । तर भिडभाडमा भने नचलाउनुस् । यदि तपाईंले पुठ्ठा, कम्मर भाँच्नु भयो भने सजिलै वा छिटो सन्चो हुन्न ।

(७) भारोत्तोलन (वेट लिफ्टिङ)- आफ्नो तौल आफै किन्न खोजेजस्तो हो यो । यसले तपाईलाई राम्रो गर्दैन । अनावश्यक रुपमा मांशपेशीलाई तन्काउने, सास्ति दिने गर्छ । टाउकोलाईपनि थकित पार्छ । त्यसो हुँदा जवान होइन झन बुढो देखाउँछ ।

(८)कपाललाई मेशिन लगाएर सुकाउन बन्द गर्नुहोस । त्यसले कपाल झार्छ । कपाल झर्न थालेपछि छिटो बुढो देखिनुहुने छ ।

(९) आफ्नो उमेर बारे झूट बोल्नुहोस् । ५० पछाडिबाट गणना सुरु गर्नुहोस् । तपाईं ६० वर्षको हुँदा तपाईं ४० वर्षको हुनुहुनेछ । यो अस्पष्ट गणित हो, तर आशावादी गणित हो।

(१०) आफूभन्दा साना साथीहरू बनाउनुस् र तिनलाई भेट्नुहोस् ताकि तपाईं आफ्नो उमेर औसत घटाउन सक्नुहुन्छ।

(११) उमेरले साना आफ्ना साथीहरूको छेउमा नबस्नुहोस् । तिनीहरूको अगाडि वा पछाडि उभिनुहोस् । वा तिनीहरूको पछाडिको लाईनमा बस्नुहोस्।

(१२) जिस्किने, ठट्टा गर्ने गर्नुहोस् । यसले सारा कोषहरुलाई रसिलो पार्छ । यसले उमेर जवान राख्न सहयोग गर्छ ।

(१३) दिनको १२ घण्टा पिसाब लागेपनि दिनमा चार लिटर पानी पिउनुहोस् । पानी ७० प्रतिशत रोगको औषधी हो । प्राक्रितिक औषधी । पानी बिकारी चिजहरु फाल्छ ।

(१४) तपाईलाई सागसब्जी धेरै चाहिन्छ । तपाईले १२ घण्टा पिसाब गर्दा तपाईको मिनरल्स बाहिर जान्छ । त्यसैले त्यसलाई पूर्ति गर्नुपर्छ । यो सागसब्जी, तरकारीबाट उपलब्ध हुन्छ ।

(१५) कुखुराको फुल खानुहोस्, थोरै तारेको कुखुराको मासु राम्रो हुन्छ । तर धेरै होइन । थोरै यो खाँदा तेल पुग्छ । किनकि हड्डीको लागि तेल चाहिन्छ ।

(१६) आफ्नो बुढो भएको महिला ओंठ लुकाउन फिक्का रङको लिपस्टिक लगाउनुहोस् ।

(१७) जिममा जान छोड्नुहोस् । जीवन छोटो छ, नाच्नुहोस्। दुनोट्स खानुहोस् । महिलालाई मन पर्ने चिज हो यो यसैपनि ।

(१८) बीस वर्षकी कसरी देखिने भन्ने बारे थप लेखहरू नपढ्नुस् । त्यसले दुखि बनाउन सक्छ । दुखि बनाउने चिज नपढेको, नहेरेको र नसोचेको राम्रो हुन्छ । बीस वर्षको हुँदा भोगिसक्नुभयो । र गज्जबको, सफलतापूर्ण कुरो हो तपाईंले त्यो बेला देखिको जिवन बर्बाद नगरि यति लामो समयसम्म टिक्नुभयो। त्यसमा खुशि हुनुस् ।

तपाइँको प्रतिक्रिया

फेसबुक