बिहीबार, वैशाख १३, २०८१

फ्रान्सको राष्ट्रपति चुनावको पहिलो चरणका आधा दर्जन मुख्य प्रभाव

नेपालप्लस संवाददाता / फ्रान्स२०७८ चैत २८ गते २०:१०

आइतवार फ्रान्समा भएको राष्ट्पतीय निर्वाचनमा अघिल्ला वर्षहरुमा झैं मतदान नगर्नेहरुको संख्या उल्लेखय रह्यो भने सन् २०१७ कै निर्वाचनका केहि प्रवृत्ति दोहोरिएका छन् ।

राष्ट्रपति एमानुएल माख्रोंले यो दौड जितुन भनेर उनलाई मन पराउनेहरु पनि निकै छन् ।  तर उनले दक्षिणपन्थी नेतृ मारिन ल पेनसित कडा चुनौतीको सामना गर्नु परेको छ ।

युरोपको दोस्रो ठूलो अर्थतन्त्र भएको देश फ्रान्समा राष्ट्रपति चुनावको पहिलो चरणबाट छ वटा प्रमुख महत्वपूर्ण संकेत देखिन्छ ।

माख्रों र ल पेनकै पुनरागमन तर कडा प्रतिस्पर्धा

फेरि एक पटक एमानुएल माख्रोंले २४ अप्रिलमा राष्ट्रपति पदको दौडमा अति दक्षिणपन्थी पार्टी नेशनल र्‍यालीकी प्रमुख नेतृ ल पेनको सामना गर्नेछन् । उनले सन् २०१७ को निर्वाचनमापनि ल पेनसितै कडा प्रतिस्पर्धा गरेका थिए ।

माख्रोंले आइतवारको पहिलो चरणको मतदानमा २७ दशमलव ८ प्रतिशत ल्याएर पहिलो स्थानमा रहे ।  ग्रिह मन्त्रालयको तथ्याङ्क अनुसार पेनले २३ दशमलव १ प्रतिशत ल्याएर दोस्रो बनिन् । दोस्रो चरणको निर्वाचनका लागि ति दुई जना छनोट भएका थिए  ।

वामपन्थी उम्मेदवार जँ-लुक मेलँशोंले अन्तिम चरणमा जाने मत ल्याउनन् सकेनन् । उनले २२ दशमलव २ प्रतिशत ल्याएर तेस्रो बने ।

“यदि जादो र कम्युनिष्टहरू हामीसँग सामेल भएका भए हामीले पाँच वर्षसम्म माख्रों वा ल पेनलाई भोग्नुपर्ने थिएन” मेलँशोंका समर्थकले भनेका छन् ।

समाजवादी नेतृ आन हिडाल्गो र पुरातनवादी नेता भ्यालेरी पेक्रेस लगायत धेरै उम्मेद्वारहरूले वर्तमान राष्ट्रपतिसँग आफ्नो मतभेदलाई स्वीकार गर्दै अतिवादलाई रोक्न दोस्रो चरण (अन्तिम चरण) को चुनावमा माख्रोंलाई समर्थन गर्ने बताएका छन् ।

माख्रोंले निर्वाचनपछिको आफ्नो भाषणमा स्वीकार गरे- मलाई थाहा थियो केहिले ल पेनलाई रोक्नको लागि मात्र मलाई मतदान गर्नेछन् । तर वास्तवमा तिनले मेरो एजेण्डालाई समर्थन गर्दैनन् ।

माख्रों र ल पेन दुबै सन् २०१७ मा दोस्रो च्रणको मतदानमा रोकिएका थिए । इपोप ओपिनियनको सर्वेक्षणले यस वर्षको अन्तिम चरण सन् २०१७ को तुलनामा कडा हुने देखाएको  छ ।

माख्रोंले लगभग ५१ प्रतिशत र ल पेनले ४९ प्रतिशत ल्याउने अनुमान देखिएको छ । यद्यपि इप्सोस फ्रान्सको अर्को सर्वेक्षणले माख्रोंले ५४-४६ प्रतिशतको अन्तरले जित्ने संभावना देखाएको छ ।

पाँच वर्षअघि माख्रोंले दुई तिहाइ अर्थात् मत ६६ प्रतिशत ल्याएर ल पेनलाई हराएका थिए । लपेनको ३४ प्रतिशत थियो ।

“आगामी दुई हप्ताको अभियान अत्यन्तै कठिन हुने छ । हामीले अहिलेसम्म अनुभव गरेको अभियानको कमीलाई उनीहरूले पूर्ति गर्नुपर्नेछ” युरोपियन काउन्सिल अन फरेन रिलेसनसको पेरिस कार्यालयका प्रमुख तारा वर्माले भनेका छन् ।

जँ लुक मेलँशों तेस्रो

कडा-वामपन्थी नेता भनेर चिनिएका जँ लुक मेलँशोंसन् २०१७ को चुनावको तुलनामा धेरै अंक ल्याएर तेस्रो स्थानमा रहे। सोमवार बिहानको तथ्याङ्कले ला फ्रान्स आँसुमिज (फ्रान्स अनबोड) का उम्मेद्वारले ल पेनको एक दशमलव दुई प्रतिशत मत समेत ल्याएर कुल २१ दशमलव ९५ प्रतिशत ल्याएका हुन् ।

७० वर्षीय फ्रान्सेली सांसद मेलँशोंले पहिलो चरणको चुनावमा सम्भवतः ५ प्रतिशत भन्दा कम मत प्राप्त गर्ने ग्रीन पार्टीका उम्मेद्वार यानिक जादो र १० औं स्थानमा परेका समाजवादी पार्टीका उम्मेदवार एनी हिडाल्गोबाट केही समर्थन प्राप्त गरे ।

“मेलेशोँको पार्टी वास्तवमा उनी आफैंले सिर्जना गरेका हुन् । उनले अब पाँच वर्ष अवधिमा राष्ट्रपतिको लागि उम्मेदवारी नदिने सङ्केत गरेका छन् ।

उनको ठाउँमा पाइला टेक्ने कोही होलान् ? वा उनका समर्थकहरू अन्य राजनीतिक आन्दोलनतिर लाग्लान् ? यो वामपन्थी एक प्रकारको कट्टरपन्थी पुनर्संरचनाको प्रक्रियामा छ र यसको अन्त्य कहाँ गएर हुन्छ भनेर भविष्यवाणी गर्न गाह्रो छ।

फ्रान्सको परम्परागत र राईटिस्ट पार्टी ध्वस्त

फ्रान्सको परम्परागत वामपन्थी समाजवादी पार्टी र दक्षिणपन्थी रिपब्लिकनले पहिलो चरणमा उनीहरूको सबैभन्दा कम ऐतिहासिक चुनावी परिणामहरू ल्याएका छन् ।  समाजवादी एनी हिडाल्गोले २ प्रतिशत भन्दा कम मत प्राप्त गरिन् भने रूढिवादी पार्टीकी भ्यालेरी पेक्रेसेले पहिलो चरणमा ५ प्रतिशत भन्दा कम भोट प्राप्त गरिन् ।

फ्रान्सका दुई प्रमुख राजनीतिक दलहरू राष्ट्रिय स्तरमा लगभग पूर्ण रूपमा पतन भएको देखिएको छ ।

राष्ट्रपति र संसदीय चुनावमा राष्ट्रिय राजनीतिक शक्तिको रूपमा तिनीहरू सबैभन्दा कमजोर अवस्थामा देखिएका छन् ।

समाजवादी र रिपब्लिकनका साथै ग्रीन र कम्युनिष्टहरूका लागि नतिजाहरू आर्थिक रूपमा विपत्तिजनक समेत छ । किनकि तिनीहरू ५ प्रतिशतको थ्रेसहोल्ड भन्दा तल देखिन्छन् । यसको मतलब उनीहरूको जति अभियानमा खर्च भएको छ त्यो जमानत पैसापनि फिर्ता हुँदैन।

विधानसभाको चुनाव उनीहरूका लागि नराम्रो देखिएकाले उनीहरूको भौतिक अस्तित्व खतरामा देखिन्छ ।

हाल आएर दुई पार्टी अन्त्य भएको टिप्पणी गर्नेहरुपनि छन् । तिनको भानाईमा फ्रान्सेली राजनीतिको पूर्ण बदलि हुन हुन लागेको देखिन्छ । यो २०१७ मा सुरु भएको थियो । तर अब त्यो दिशामा पुग्न लागेको देखिएको छ ।

ग्रीन पार्टी आफ्नो रेकर्ड बचाउन असमर्थ

सन् २००२ मा ग्रीन पार्टीबाट उम्मेदवार बन्दा नोएल मामेरले ५ दशमलव २५ प्रतिशत भोट जितेका थिए । अहिले त्यो भन्दापनि खस्किएको छ ।

“हाम्रो ग्रहको भविष्य र जलवायु परिवर्तनको बारेमा चिन्तित जो कोहीको लागि वातावरणीय संरक्षण अभिअयनमा मुद्दाहरू उठाएको अपेक्षाकृत अदृश्य भूमिकाको कदर नभएको देखिएको छ । ग्रीन पार्टीले आफ्ना मुद्दा जनतामा स्थापित गर्न नसकेको देखिन्छ । ग्रीन पार्टीका उम्मेद्वार यानिक जादोको एकदमै कमजोर नतिजाहरू पक्कै हाम्रो ग्रह, प्रक्रिति संरक्षण र वातावरणकालागि  पनि निराशाजनक  पाटो हो ।

फ्रान्सेली मतदाताद्वारा दुई नितान्त फरक कार्यक्रमको सामना

फ्रान्समा नयाँ राजनीतिक पार्टीको लाईन देखिएको थियो । ति पुरातनपन्थी र वामपन्थीको बर्चस्व अब समाप्त हुनलागेको देखिन्छ । अब एमानुएल माख्रोंको पक्षमा विश्वव्यापी, उदारवादी, अन्तर्राष्ट्रियतावादी शिविर देखिन्छ भने मरीन ल पेनसँग रूढीवादी र उग्र राष्ट्रवादी शिविर ।

फ्रान्सेली मतदाताहरू यी दुई दिशाहरू बीच छनोट गरिरहेका छन् ।

उम्मेदवारहरूले प्रस्तुत गरेका दुई प्लेटफर्महरूमा युरोपियन र विदेश नीतिमा धेरै फरक दृष्टिकोण छन् । युरोपेली सार्वभौमिकता, नाटो सदस्यता, आप्रवासनका बारेमा फरक फरक एजेण्डा छन् ।

धेरैले फ्रान्सेली मतदाताहरूलाई एमानुएल माख्रोंलाई समर्थन गर्न आह्वान गरेका छन् । ग्रीन पार्टीका प्रवक्ता बाथोले भनेकि छन् “फ्रान्स १५ दिनमा भ्लादिमिर पुटिनको सहयोगी बन्न सक्दैन । फ्रान्सले संस्थागत नस्लवादलाई मान्न र कसैलाई सुम्पन सक्दैन ।”

उनले यो म्याक्रोनलाई भोट नभई फ्रान्सको लागि भोट दिन आग्रह गरिन् ।

फ्रान्सेली चुनावमा बहिष्कार दर उच्च

ग्रिह मन्त्रालयको तथ्याङ्क अनुसार फ्रान्सका मतदाताको अनुपस्थिति दर फेरि २६ दशमलव ३१ रह्यो ।

यद्यपि यो राष्ट्रपति चुनावको पहिलो चरणकालागि किर्तिमान कायमै गरेको बहिष्कार भने होइन । यो सन् १९६५ पछिको मतदाताको उपस्थिति उच्च रहेको रेकर्ड भने हो ।

धेरै युवा फ्रान्सेली मतदाता चुनाव आफुहरू राष्ट्रपति चुनावकोमा विश्वास नगर्ने बताएका थिए।

तपाइँको प्रतिक्रिया