बुधबार, वैशाख १२, २०८१

चितवन राष्ट्रिय निकुञ्जमा वर्षका अन्तिम तस्विर

नेपालप्लस संवाददाता / चितवन२०७९ वैशाख १ गते १९:५४

आहाल खेलेर पाखा तर्फ निस्किन लाग्दै गरेको गैंडा-फोटो-नेपालप्लस

वि.सं २०७८ को अन्तिम दिन । चितवन राष्ट्रिय निकुञ्जमा हामी जंगली रङको गाडीमा जिवजन्तुको दृष्यावलोकन र प्रकृतीको रसस्वादन गर्न पस्यौं । जंगलकै रङसित मिल्ने गाढा हरियो रङको गाडी थियो, हामीले चढेको । हामीले चक्कर मार्दा दूरीको हिसाबले निकुञ्जको लगभग आधा भाग ओगटिएको थियो । हामीसित असाध्यै धैर्य, जिवजन्तुका पारखी र प्रक्रितिका खसोखास प्रेमी नारायण रिजाल थिए । उनी हाम्रा ब्याख्याता, पथप्रदर्शक र प्रकृतीका ज्ञाता थिए । उनले धेरै मेहनत गरेर हामीलाई जिवजन्तुका अनेक प्रसंग र रसस्वादन गराए । लगभग ११ घण्टा जिवजन्तुको राज्यमा हामीले चुपचाप बितायौं । मौन बसेर तिनको लुकेको क्रियाकलाप नियाल्ने, सुँघ्ने, सुन्ने र बुझ्ने प्रयास गर्‍यौं । करिब ११ घण्टाको मौन, शुन्य, रोमाञ्चक, कौतुहलपूर्ण र कहिल्यै फर्केर नआउने विसं २०७८ को दिन बिताउन केन्द्रिय भूमिका खेले । हामीले प्रकृतीका अनेक छटा चाखेर बितायौं । ति विविध कृयाकलाप मध्ये केहि केहि छानिएका तस्विर यहाँ राखेका छौं । यि तस्विर नेपालप्लसले खिचेका हुन् ।

चित्तलका एक जोडी । भालेका सिङ हुन्छन् र पोथीका हुँदैनन् । फोटो-नेपालप्लस

निकुञ्जमा हात्तीकालागि घाँस काटेर फर्किंदै गरेका माहुत । फोटो-नेपालप्लस

लहरामा लहरिंदै सुगा। फोटो-नेपालप्लस

रुखको थम्बामा बसेर पर पर नियाल्दै गरेको लंगुर (हनुमान) बाँदर। फोटो-नेपालप्लस

गोरेटोको बिचमा सुन्दर प्वाँख देखाएर मायालु पर्खिंदै मुजुर । फोटो-नेपालप्लस

मायालु फकाउने प्रयास स्वरुप आफ्ना सुन्दर प्वाँख फर्लक्कै फर्काएर नाच्दै गरेको मुजुर। मुजुरको यो पछिल्लो भाग हो । फोटो-नेपालप्लस

तालको एउटा ठुटा माथि भिजेका पखेंटा घाम र हावामा सुकाउँदै सर्पे चरा । फोटो-नेपालप्लस

निकुञ्ज भित्रको बाटोमा गाडी देखेर कौतुहलतापूर्व बसिरहेको चित्तल । फोटो-नेपालप्लस

गर्मीमा आहाल बसेको गैंडा । फोटो-नेपालप्लस

निकुञ्जभित्रको सडकमा उभिएर जंगल हेर्न गएको पर्यटकको जीप नियाल्दै गैंडा। फोटो-नेपालप्लस

आफ्नो निकट पुगेका पर्यटक र गाडीबारे बुझ्न वा कौतुहल बनेर नियालीरहेको गैंडा । फोटो-नेपालप्लस

विंसं २०७९ को पहिलो सूर्योदय । यहाँहरु सबैलाई नयाँ वर्षको सुअवशरमा नेपालप्लसको तर्फबाट धेरै धेरै शुभकामना । फोटो-नेपालप्लस

तपाइँको प्रतिक्रिया