शुक्रबार, चैत १६, २०८०

फिनल्याण्ड वा स्वीडेन नाटोमा सामेल भए सैन्य निर्माण गर्ने रुसद्वारा धम्की

नेपालप्लस संवाददाता२०७९ वैशाख १ गते २०:३६

Image Credit-topwar.ru

युरोपेली युनियनभित्रका देश स्विडेन र फिनल्याण्ड उत्तर एटलान्टिक सन्धि संगठन (नाटो) मा सामेल भएमा रुसले आफ्नो सैनिक सक्रियतालाई बलियो पार्ने चेतावनी दिएको छ ।

यदि फिनल्याण्ड वा स्वीडेन उत्तर एटलान्टिक सन्धि संगठन (नाटो) मा सामेल भएमा बाल्टिक सागरमा आफ्नो सेनालाई बलियो बनाउनुपर्ने प्रतिक्रिया रुसको सुरक्षा परिषदका उप-अध्यक्षले दिएका हुन् ।

रुसको सुरक्षा परिषदका उप अध्यक्ष दिमित्री मेदवेदेवले बिहीवार टेलिग्राम पोस्टमा लेखेका छन् “यदि फिनल्याण्ड र स्विडेनले पश्चिमी सैन्य गठबन्धनमा सामेल भएमा बाल्टिक क्षेत्र आणविक मुक्तको स्थिति हुनेछैन ।”

पूर्व रुसी राष्ट्रपति र प्रधानमन्त्रीले भनेका छन्- यसको अर्थ फिनल्याण्डको खाडीमा महत्वपूर्ण नौसैनिक बलहरु तैनाथ गर्नुका साथै थप स्थल र हवाई रक्षा गरिने छ ।

उनका अनुसार फिनल्याण्ड वा स्वीडेन नाटोमा सामेल हुनु भनेको रूससँगको गठबन्धनको भूमि सीमानाको लम्बाइ दोब्बर भन्दा बढी हुनु हो ।

फिनल्याण्ड र स्वीडेन दुबै नाटो गठबन्धनमा सामेल हुनबाट पछि हटेका थिए । युक्रेनको युद्धले त्यसलाई परिवर्तन गरेको छ। फिनल्याण्ड र रुसले १,३४० किलोमिटर लामो भूमि सीमा साझेदारी गर्दछन् ।

युक्रेनमाथि रुसले सैन्य हमला गरेपछि आफ्नो सुरक्षामाथि खतराको महसुस गर्दै फिनल्याण्ड र स्विडेनले नाटोमा सामेल हुन चाहेको प्रतिक्रिया दिंदै आएका छन् । यस अघि तिनले नाटोमा सामेल हुन अनिच्क्षा प्रकट गर्दै आएका थिए ।

फिनल्याण्डका प्रधानमन्त्री सान्ना मार्टिनले युक्रेनको युद्धले सबै कुरा परिवर्तन भएको बताउँदै एक हप्तामा नेटो सदस्यताका लागि आवेदन दिने कि नदिने भन्ने निर्णय गर्ने बताइन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक