शुक्रबार, वैशाख १४, २०८१

जर्मनीका स्वास्थ्यमन्त्रीको अपहरण प्रयास

नेपालप्लस संवाददाता / जर्मनी२०७९ वैशाख १ गते २१:१४

जर्मनीका स्वास्थ्यमन्त्रीलाई अपहरण गर्ने षड्यन्त्रलाई प्रहरीले विफल बनाएको छ ।

प्रहरीले अपहरणका लागि तयार गरिएको एक कलाश्निकोभ राइफल सहित २२ थान भरुवा बन्दुक, सयौं राउण्ड गोली, हजारौं युरो नगद र धेरै सुनका बार र चाँदीका सिक्का बरामद गरेको छ । हाल अपहरणको प्रयास रचिएको आरोपमा १२ जनामाथि अनुसन्धान भइरहेको छ ।

उनीहरूले नक्कली कोविड-१९ खोप र परीक्षण प्रमाणपत्रहरू पनि फेला पारेका छन् ।

जर्मनीका स्वास्थ्य मन्त्रीलाई अपहरण गर्ने र कम्पनीको विद्युत आपूर्ति सुविधा नष्ट गर्ने षड्यन्त्र असफल भएको जर्मन अधिकारीहरूले बताएका हुन् ।

कोब्लेन्ज र राइनल्याण्ड-प्यालाटिनेट राज्यको अपराधिक जाँचबुझ प्रहरी कार्यालयका अभियोजकहरूले अक्टोबरमा सुरु गरिएको अनुसन्धान पछि बुधवार जर्मनीका २० वटा केन्द्रमा छापा मारिएको बताएका छन् ।

संदिग्ध ब्यक्तिहरु टेलिग्राम सन्देश सेवामा “युनाइटेड प्याट्रियट्स” नामक च्याट समूहका सदस्य थिए । तिनले स्वास्थ्य मन्त्रीलाई अपहरण गर्न लागेको उल्लेख गरेका थिए ।

अन्वेषकहरूले संदिग्धहरू कोरोना भाइरस प्रतिबन्धहरू विरुद्धको विरोध आन्दोलन र रेईख नागरिक आन्दोलनसँग सम्बन्धित भएको बताएका छन् । रेईख आन्दोलनकर्ताले दोस्रो विश्वयुद्ध पछिको जर्मन संविधानको वैधानिकता र विस्तारद्वारा वर्तमान सरकारलाई अस्विकार गर्छन् ।

अधिकारीहरूले उक्त समूहको घोषित उद्देश्य बिजुली आपूर्ति सुविधाहरू नष्ट गर्ने र देशभरि लामो समयसम्म अन्धकार बनाउने थियो । उनीहरुको उद्देश्य गृहयुद्ध जस्तै परिस्थितिहरू स्रिजना गर्ने र अन्ततः देशको लोकतान्त्रिक प्रणालीलाई पराजित गर्ने लक्ष्य थियो ।

उक्त समूहले स्वास्थ्य मन्त्री कार्ल लाउटरबाख सहित अन्य चर्चित सार्वजनिक व्यक्तित्वहरूलाई अपहरण गर्ने योजना बनाएको बताइएको छ।

संदिग्ध सबै जर्मन नागरिकहरू हुन् । तिमाथि हिंसाको गम्भीर कार्यको तयारी गरेको र हतियार संवन्धि कानूनहरू उल्लङ्घन गरेको आरोप लगाइएको छ।

जर्मन गृह मन्त्री न्यान्सी फेसरले अनुसन्धानद्वारा गम्भीर आतंकवादी खतरालाई औंल्याएको बताएकि छन् । उनले लाउटरबाक अपहरण योजना लोकतन्त्रलाई परास्त गर्ने कल्पना धम्कीको नयाँ गुण भएको बताएकि हुन् ।

तपाइँको प्रतिक्रिया