बिहीबार, वैशाख १३, २०८१

फ्रान्सको राष्ट्र्पतीय चुनावमा अन्तिम चरण के होला ?

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ वैशाख ३ गते १७:५९

सन् २०२२ को फ्रान्सेली राष्ट्रपतीय निर्वाचनको पहिलो चरण सकियो, अब के हुन्छ ? फ्रान्सेली संविधान अनुसार पहिलो चरणमा बहुमत विजेता नभएकोले अब अप्रिल २४ मा दोस्रो चरणको निर्वाचन हुनलागेको हो । पहिलो चरणमा के भयो त ?

वर्तमान राष्ट्रपति एमानुयल माख्रोंले आफ्नो सबैभन्दा ठूलो प्रतिद्वन्द्वी मारिन ल पेनसित २३दशमलव एक प्रतिशत मतको तुलनामा २७ दशमलव ८ प्रतिशत मत ल्याएर पहिलो चरणमा विजयी भए । अर्थात् दोस्रो चरणमा यी दुई एकअर्का विरुद्ध लड्ने छन् ।

बाँकी १० उम्मेदवारले के गरे ? तिनीहरू पहिलो चरणबाट बाहिरिएपनि केहि होइनन् भनेर सोच्नु गलत हुने छ । पराजित भएका यि १० उम्मेदवारनै दोस्रो चरणको निर्वाचनका लागि अझ बढी महत्वपूर्ण छन् । तिनको मतनै निर्णायक हुने देखिन्छ ।
बाँकी मतदाताले कसलाई रोज्लान् ?

यस चुनावी नतिजाको चाखलाग्दो पक्ष के हो भने पहिलो चरणको परिणामबाट तेस्रोमा परेका वामपन्थी पार्टी ला फ्रँस आँसुमिजका जँ-लुक मेलँसो आगामी निर्वाचनकालागि महत्वपूर्ण छन् । सामान्यतया यस पार्टीका मतदाताहरूले ल पेनलाई मतदान गर्ने विचार गर्दैछन् भनिहाल्न त हुन्न । तर त्यो सम्भव छ । वामपन्थी भनिएका मेलँशोंको मत ठ्याक्कै कता जान्छ भनेर आँकलन गर्न झनै गाह्रो छ ।

भर्खरै रकँकेत (रिभिक्टोरी) पार्टीको स्थापना गरेका एरिक जेम्मुर चौथो स्थानमा आएका छन् । ल पेनको तुलनामा उनी एकदमै दक्षिणपन्थी, पुरातनवादी हुन् । उनका मतदाताहरूले दोस्रो चरणमा ल पेनलाई भोट दिने छन् ।

त्यसबाहेक धेरै साना पार्टीहरू छन् जो ल पेन भन्दा धेरै सही छन् । वा ति ल पेन जत्तिकै दक्षिणपन्थि, अतिवादी त छैनन् । तर तिनले प्रायः उनलाई भोट दिनेछन् । अहिलेसम्मको स्थिति हेर्दा तिनीहरूले माख्रोंलाई भोट नदिने निस्चित छ ।

यि साना पार्टीहरुले ल पेनलाई मतदान गरेपछि के अझैपनि माख्रोंलेनै नेतृत्व गर्लान् ? उत्तर त्यस्तो होला भन्ने विश्वाश गर्न सकिन्न ।

माख्रोंले चुनाव हार्ने र जित्ने कारण

यदि पहिलो चरणको नतिजाको आधारमा गणना गर्ने हो भने दक्षिणपन्थी मतदाताहरूले ल पेन र वामपन्थी, नरमपन्थी, वातावरणवादी मतदाताहरूले माख्रोंलाई छनौट गर्नेछन् । तर दक्षिणपन्थी जेम्मुर र वामपन्थि मेलँसोंका मतदातासित समाजवादी र मध्यमार्गी दलहरुसित भन्दा मत धेरै छ । वामपन्थी जति सबैले माख्रोंलाई मत दिन्छन् भन्ने पक्का छैन । तर जिम्मुरको सबै मत ल पेनलाई जान्छ ।

तैपनि, पहिलो निर्वाचनका आधारमा भन्ने हो भने ल पेनले ४० प्रतिशत र माख्रोंले ६० प्रतिशत ल्याउने छन् । तर यो त्यति सहज छैन । फ्रान्समा राजनीतिक परिद्रिष्यको बायाँ छेउमा यूरोको ठूलो राजनिति, धेरैमा ठूलो शंकाको बादल छ । मानिसमा युरो बिरोधी भावना बढ्दो छ । युरोपेली युनियनको भावना बिरुद्दपनि देखिएका छन् । जसको मतलब जँ-लुक मेलँसोंको भोट लगभग २० प्रतिशत छ । यसले ठूलो भूमिका खेल्ने निस्चित छ । यसले गर्दा यो चुनाव निकै रोचक बनेको छ । उनका समर्थकको यो भोट कुनैपनि बाटोमा जान सक्छ ।

टेलिभिजन बहस निर्णायक हुनसक्ने

एउटा विषय छ निर्वाचनकालागि निक्कै महत्वपूर्ण र निर्णायक हुनसक्ने । त्यो धेरैले पर्खिरहेका छन्- अप्रिल २० मा हुने टेलिभिजन बहस ।

अमेरिकामा जस्तै फ्रान्समापनि दुई उम्मेद्वारहरूले प्रत्यक्ष टेलिभिजन बहसमा एक अर्काको सामना गर्नेछन् । ल पेन र माख्रोंबिच हुने यो बहस धेरै मतदाताहरूको लागि आफ्नो राष्ट्रपति चयन गर्न निर्णायक कारक हुन सक्छ । फ्रंस १ टिभीबाट दिईने यो बहस निकै लोकप्रिय छ । लाखौं लाख मतदाताले यो बहस कुरेर बस्छन् । यो बहस निकै चुनौतिपूर्ण र अवशरकारुपमापनि लिईन्छ ।

फ्रान्समा नेपालमा झैं पार्टीगत धारणा, कार्यकर्ताको परिचालन र नातागोताले मतदातालाई उति प्रभाव पार्दैन । अन्तिम अवस्थासम्म कसलाई मत दिने भन्ने निस्चित गरेका हुँदैनन् । त्यसैले धेरैलाई मतदान केन्द्रमा नपुग्दासम्म केमा भोट गर्ने भन्ने पनि थाहा हुँदैन ।

यो उम्मेदवारहरुकालागि आँकलन गर्न निक्कै अप्ठेरो भैरहेको विषय हो । यो त्यस्तो विषय हो जुन सबै युरोपेली देशमा यहि अवस्था देखिन्छ । उम्मेदवारहरु मतदाताको यो मनशायले निर्वाचनको आँकलनमा अहिले पीडित छन् ।

‘यो युरोपको लोकतन्त्रलाई मार्ने वा मरेको लोकतन्त्रको उत्पादनको परिणाम हो’ भन्नेहरु धेरै छन् । फ्रान्समैपनि लोकतन्त्रको मोडेल गलत भयो भन्ने जनगुनासो बढ्दो छ । सरकार वा राजनीतिमा विश्वास नहुनेले त झन मतदानमा भागनै नलिनपनि सक्छन् । फ्रान्समा पछिल्लो समयमा मतदानमा भाग नलिनेहरुको संख्या बढीरहेको छ ।

तपाइँको प्रतिक्रिया